अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
पुँजीवादी व्यवस्थामा पुँजीपतिवर्गको प्रतिनिधित्व हुन्छ । सङ्घीय लोकतान्त्रिक व्यवस्था पुँजीवादी व्यवस्था भएकोले यसले बहुमत जनताको हित हेर्दैन; गर्दैन । यसकारण, देशमा रहेका सबै कम्युनिस्टहरू पुँजीवादी व्यवस्थाको अन्त्य गरी समाजवादी व्यवस्था स्थापना गर्न लाग्नुपर्छ । समाजवादको सन्देश या समाजवादी व्यवस्थाको अवधारणा गाउँ–गाउँ र बस्ती–बस्तीमा पु¥याउने काम कम्युनिस्ट पार्टीको हो† कम्युनिस्ट पार्टीमा रहेका नेता तथा कार्यकर्ताको हो । समाजवादी व्यवस्था स्थापना गर्न लाग्नुपर्ने कम्युनिस्टहरू आज सत्ताको होडबाजीमा छन्† भागबन्डामा अल्झिएका छन् । देश जोगाउन र बनाउन जुट्नुपर्ने शासक दलका नेता तथा कार्यकर्ताहरू विदेशी शक्तिको दबाबमा पछि लागेर नेपाल र नेपालीको हित र स्वार्थभन्दा विदेशीहरूको हितमा लाग्दै छन् । नेपाल र नेपाली जनताको अहितमा लाग्ने यो सरकार सीमा अतिक्रमणको विरोध गर्दैन ।
राजनीति गर्नुको अर्थ अराजकता फैलाउनु होइन; न त ध्वंस मच्चाउनु हो । राजनीति मोलमोलाइ गरेर सरकारमा जाने भर्याङ्ग पनि होइन । डलर या विदेशीको भरमा निर्वाचन जित्नु पनि होइन । राजनीति इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने माध्यम हो । निजीकरणका पक्षधरहरू समाजवादी हुँदैनन् । हँसिया–हथौडा अङ्कित झन्डा बोक्दैमा, माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ त्सेतुङको नाउँ झुन्ड्याउँदैमा कुनै पार्टी र पार्टीका नेता तथा कार्यकर्ताहरू कम्युनिस्ट हुँदैनन् । आज कम्युनिस्ट पार्टीभित्र कम्युनिस्ट पार्टीको बदनाम गराउन संशोधनवादी र अराजकतावादीहरू पस्दै छन् । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको बाटो छोडी सत्तामा फसेपछि उनीहरूमा कसरी क्रान्तिकारी भावना हुन्छ ? पुँजीवाद आज चरम आर्थिक सङ्कटमा फसिरहेको छ । अतः आज संसारमा जनताले समाजवादको आवश्यकता महसुस गर्दै छन् ।
एक्काइसौँ शताब्दी समाजवादको विजयको शताब्दी हुने विचार राजनीतिज्ञहरूले व्यक्त गर्न थालेका छन् । विश्वमा साम्राज्यवादी, पुँजीवादी र विस्तारवादी देशहरूले आतङ्क मच्चाइरहेको, आक्रमण गरी धनजनको क्षति पु¥याएर हतियार बेचिरहेको, देश देश जुधाएर आफू सधैँ संसारकै सबभन्दा शक्तिशाली देश बनाइरहेको र राष्ट्र प्रमुखहरूको हत्या गर्दै आतङ्क मच्चाइरहेको हुँदा संसारका न्यायप्रेमी जनताले समाजवादको आवश्यकता महसुस गर्न थालेका हुन् । अतः संसारलाई आतङ्कित पार्ने साम्राज्यवाद तथा प्रभुत्ववादको पराजय अवश्यम्भावी छ । अन्तर्राष्ट्रिय समुदायमा भूमण्डलीकरण, खुलापन र उदारीकरणको नाममा साम्राज्यवादी शक्तिहरूले विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व व्यापार सङ्गठनलाई आफ्नो ज्यावल बनाइरहेका छन् । बहुराष्ट्रिय कम्पनीहरूको तेस्रो देश र कमजोर देशहरूमाथि आक्रमण, हस्तक्षेप र प्रभुत्व जमाउँदै छन् । प्रजग कोरिया र क्युवाजस्ता समाजवादी देशमा दशकौँदेखि आर्थिक नाकाबन्दी गरेर मानवताविरोधी अपराध गरिरहेका छन् । उनीहरूले भेनेजुयला, अन्य ल्याटिन अमेरिकी र अफ्रिकी मुलुकहरूमा पनि हस्तक्षेप गर्दै छन् । जनताले स्वाधीन र सार्वभौम देशमा भइरहेको आक्रमण, हस्तक्षेप र थिचोमिचोको विरोध गर्दै छन् ।
नेमकिपाको उद्देश्य नेपालमा समाजवाद स्थापना गर्नु हो; मजदुर र किसानहरूको हितमा शासन व्यवस्था ल्याउनु हो । व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको व्यवस्था हुने समाजवाद बहुमत जनताको आवश्यकता हो । जनताका यी आवश्यकता पूरा गर्न देशमा समाजवादी गणतन्त्रको आवश्यकता छ । पच्छिमी पुँजीवादी व्यवस्था र प्रजातन्त्रले बेरोजगारी, आर्थिक असमानता, सामाजिक विभेद, जातीय तथा वर्गीय भेदभावको समाधान दिन सकेन । अमेरिकाजस्ता साम्राज्यवादी देशका कारण विश्व आक्रान्त छ । विश्वका जनता शान्त र विकास चाहन्छन् । यसकारण, विश्वमा आतङ्क मच्चाउने, अतिक्रमण गर्ने साम्राज्यवादी र विस्तारवादी देशहरूको हैकमको विरोधमा शान्तिप्रेमी जनता उठ्नुपर्छ; समाजवादी विचार जनतामाझ लगेर यो एक्काइसौँ शताब्दीको युगलाई समाजवादी युगमा परिणत गर्नेतर्फ समाजवादी प्रचार अभियान गाउँ–गाउँ र बस्ती–बस्तीमा पु¥याउनुपर्छ ।
Leave a Reply