भर्खरै :

‘तेस्रो विश्वयुद्धको खतराको घण्टी’ ले समयको शान्तिपूर्ण विकासको प्रवृत्तिलाई उल्टाउन सक्दैन

‘तेस्रो विश्वयुद्धको खतराको घण्टी’ ले समयको शान्तिपूर्ण विकासको प्रवृत्तिलाई उल्टाउन सक्दैन

विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय गरम मुद्दाहरूको चर्चा हुँदा भन्ने गरिन्छ, ‘तेस्रो विश्वयुद्धको खतराको घण्टी’ बारम्बार बजिरहेको छ । जस्तैः ‘तेस्रो विश्वयुद्धको सङ्घारमा छ’ र ‘तेस्रो विश्वयुद्धको लागि पूर्णतया तयार हुन आवश्यक छ ।’ यो खतराको घण्टीले संसारभरको अशान्त अवस्थाको बारेमा मानिसमा थप चिन्ता बढाएको छ ।
नजिकबाट अवलोकन गर्दा, यी खतराको घण्टीपछाडि विभिन्न कारणहरू देख्न सकिन्छ । कसै–कसैलाई स्थिति बिग्रने वा नियन्त्रणबाहिर जाने चिन्ता छ । उदाहरणको लागिः– युक्रेन सङ्कट र प्यालेस्टिन–इजरायल द्वन्द्वको नयाँ चरणको बिचमा सम्बन्धित देशहरू विशेषगरी प्रमुख शक्ति राष्ट्रहरूबिच राजनीतिक र युद्धक्षेत्रको गतिरोधलाई कसरी सम्बोधन गर्ने भन्नेमा सहमतिको अभाव छ, जबकि केही देशहरूले आफूविरुद्ध उठेका प्रश्नको जवाफ दिन आतङ्कको नीति अपनाएका छन् । यसैबिच, केही देशहरूले ‘तेस्रो विश्वयुद्धको खतराको घण्टी’ सँग आफ्नो सुरक्षा नीति समायोजनको लागि ‘उचित स्पष्टीकरण’ खोज्ने प्रयास गर्दै छन् । निस्सन्देह, सायद केही मानिसहरूले यसलाई जनमतलाई उक्साउने उपकरणको रूपमा प्रयोग गर्दैछन् ।
तिनीहरूका कारणहरू वा उद्देश्यहरू जेसुकै भए पनि, दुई विश्वयुद्धले सम्पूर्ण मानव जातिमा परेको असरलाई बिर्सिएको छैन र आजको संसारमा शान्ति, विकास र जीत–जीत सहयोगको अवरुद्ध प्रवृत्तिलाई कम मूल्याङ्कन गरिएको छ ।
पहिलो, सारा विश्वलाई राम्रोसँग थाहा छ कि तेस्रो विश्वयुद्धले मानव सभ्यतालाई निश्चितरूपमा ठुलो क्षति पु¥याउनेछ । आणविक हतियारहरूको उदय र विकासको साथ, आणविक युद्धलाई सामान्यतया तेस्रो विश्वयुद्धको निम्ति अपरिहार्य रूप मानिन्छ । आणविक युद्धको जोखिमको बारेमा विश्वव्यापी चिन्ता पनि बढ्दै गएको छ । तर, जनवरी ३, २०२२ का दिन आणविक युद्ध रोक्न र हतियारका दौडहरू रोक्न पाँच आणविक–हतियार राष्ट्रका नेताहरूको संयुक्त वक्तव्यमा राखिएको अडान ‘आणविक युद्ध जित्न सकिँदैन र कहिल्यै लड्नु हुँदैन’ भनी दृढ अडान व्यक्त गरिएको थियो ।
चीनले जुलाई २०२४ मा पेस गरेको आणविक हतियार पहल कार्यपत्रको पहिलो प्रयोग नगर्ने पाँचवटा आणविक हतियार राष्ट्रहरूलाई वार्ता र निष्कर्ष निकाल्न ‘आणविक हतियारको आपसी पहिलो प्रयोग नगर्ने’ वा एक सान्दर्भिक राजनीतिक भनाइ जारी राख्न वकालत गर्दछ । यसमा धेरै देशहरूले पनि समर्थन गरेका छन् । विश्वले आणविक युद्धको ठुलो क्षतिको स्पष्ट बुझाइराखेको छ र मानव सभ्यताको विकास र निरन्तरतालाई दृढतापूर्वक सुरक्षित गर्ने साझा मूल्यविरुद्ध कुनै पनि चुनौती सह्य छैन ।
दोस्रो, ऐतिहासिक प्रवृतिहरूको अपरिहार्यता र ऐतिहासिक घटनाहरूको आकस्मिकताबिचको भिन्नता छुट्याउन आवश्यक छ । पहिलो दुई विश्वयुद्ध सुरु हुनुअघिको इतिहासलाई तुलना गर्दा ती समय र वर्तमान अवस्थामा तेस्रो विश्वयुद्धका तथाकथित सङ्केतहरूबिच केही सूक्ष्म समानताहरू पहिचान गर्न सकिन्छ । इतिहासबाट छुटेका क्षेत्रीय विवादहरूको सामयिक वृद्धि, राजनीतिक र सुरक्षा समन्वय संयन्त्रको कमजोर प्रभावकारिता र प्रमुख शक्तिहरूबिच आपसी विश्वासको कमी समानखाले घटनाक्रम हुन् ।
तर, आर्थिक आधुनिकीकरणको खोजीसँगै मानव समाजले पनि अपेक्षाकृत स्थिर अन्तर्राष्ट्रिय सुरक्षा ढाँचा निर्माण गर्ने प्रयास गरिरहेको छ । दुइटा विश्वयुद्धको गहिरो पाश्र्व प्रभावका कारण विश्वभरका देशहरूले पीडादायी पाठ सिकेर संयुक्त राष्ट्रसङ्घमा केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली, संयुक्त राष्ट्र सङ्घको बडापत्रका उद्देश्य र सिद्धान्तहरू तथा अन्तर्राष्ट्रिय कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरू स्थापना गरेका छन् । यी मानवतालाई अर्को विनाशकारी गल्ती दोहो¥याउनबाट रोक्नको लागि महत्वपूर्ण भएका छन् । यद्यपि, बारम्बार क्षेत्रीय द्वन्द्वहरूले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न संयुक्त राष्ट्रको भूमिकासामु केही चुनौतीहरू खडा गरेको भए तापनि बहुसङ्ख्यक देशहरूले अझै यसलाई सबैभन्दा आधिकारिक र प्रतिनिधि सामूहिक सुरक्षा संयन्त्रको रूपमा मान्दछन् ।
अन्तमा, विकासलाई प्राथमिकता दिने सहमतिलाई ‘तेस्रो विश्वयुद्धको खतराको घण्टी’ ले डग्मगाउने छैन । साङ्घाई सहयोग सङ्गठन र ब्रिक्स संयन्त्रजस्ता सङ्गठनहरूको निरन्तर विस्तारले विकासशील देशहरू र ग्लोबल साउथको ठुलो बहुमत विकास र सुरक्षामा विश्वव्यापी एजेन्डाको ध्यानप्रति असन्तुष्ट रहेको सङ्केत गर्दछ । तिनीहरू रणनीतिक स्वायत्तताको आवश्यकताको बारेमा बढ्दो रूपमा सचेत छन् र ‘तेस्रो विश्वयुद्धको खतराको घण्टी’ को तर्कमा आधारित पक्षहरू छनोट गर्नुको सट्टा वास्तविक बहुपक्षीय संयन्त्रहरूमार्फत विकास सहयोगमा पुनः केन्द्रित गर्न खोजिरहेका छन् ।
शान्ति, विकास, सुरक्षा र सुशासनमा रहेका कमजोरीबिचको आन्तरिक सम्बन्धलाई परिवर्तन गर्न अन्तर्राष्ट्रिय समुदायले शान्ति र विकासको ऐतिहासिक प्रवृत्तिसँग तालमेल गर्नुपर्छ ।
(लेखक साङ्घाई इन्स्टिच्युट फर इन्टरनेसनल स्टडीजको इन्स्टिच्युट फर ग्लोबल गभर्नेन्स स्टडीजका उपनिर्देशक र रिसर्च फेलो हुनुहुन्छ ।)

– ग्लोबल टाइम्स अनलाइनबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *