अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १४ भदौ । निरङ्कुश पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान पार्टीविरुद्ध रचेको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को भत्र्सना गर्दै नेपाल कर्मचारी समाज, भक्तपुर जिल्ला समितिले शुक्रबार एक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भन्नुभयो, “नेमकिपाको उद्देश्य देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने हो । यसकारण, प्रतिक्रियावादीहरू नेमकिपाविरूद्ध षड्यन्त्र गर्दै छन् ।”
“२०३५ साल भदौ १५ गते भारत प्रवासमा अध्यक्ष नारायणमान बिजुक्छेँलाई पार्टीभित्र घुसेका प्रतिक्रियावादीहरूले गोली प्रहार गरी हत्या गर्ने प्रयास गरेका थिए । २०४५ भदौ ९ गते तत्कालीन सरकारले नेमकिपाका नेता र कार्यकर्ताविरूद्ध झूटा ज्यान मुद्दा दर्ता गरी अध्यक्ष बिजुक्छेँको फासीको माग गर्दै तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरू सडकमा ओर्लेका थिए”, उहाँले थप्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “सन् १९३३ मा हिटलर जर्मनीको सत्तामा आएपछि त्यहाँको संसद् भवनमा आगो लगाउन दिएको सरकारले कम्युनिस्टहरूलाई आरोप लगाई दमन र धरपकड गरेको थियो ।”
“पार्टीको नाममा कम्युनिस्ट जोडिँदैमा तिनका नेताहरू कम्युनिस्ट हुँदैनन् । पुष्पलाल श्रेष्ठले स्थापना गर्नुभएको पार्टीका उत्तराधिकारी दाबी गरेका संसद्वादी कम्युनिस्टहरूको एउटै उद्देश्य पुँजीवादी सरकारको भागबन्डामा केन्द्रित भएको छ । नेमकिपा प्रतिक्रियावादीहरूको षड्यन्त्रविरूद्ध देशको सार्वभौमिकता रक्षा र नेपाली जनताको स्वाभिमानको पक्षमा आवाज उठाइरहने छ ।”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले आजको भक्तपुरको उपलब्धिको पृष्ठभूमिमा पुरानो पुस्ताको ठुलो त्याग, तपस्या एवम् बलिदानको इतिहास रहेको भनाइ राख्नुभयो ।
उहाँले इतिहासको पाङ्ग्रालाई अगाडि बढाउने जिम्मेवारी वर्तमान पुस्ताले नै लिनुपर्ने भन्दै भक्तपुर काण्डको इतिहासबारे नयाँ पुस्ताबिच भइरहेको कार्यक्रम सान्दर्भिक भएको चर्चा गर्नुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले नेमकिपाविरुद्ध षडयन्त्र गरेकै कारण पञ्चायती व्यवस्थाको अन्त्य छिटो भएको धारणा राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष काजीबहादुर पञ्चको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका सचिव लक्ष्मीप्रसाद सुवाल र सदस्य सवीन्द्र प्रजापतिले भक्तपुर काण्डको विरोध र भत्र्सना गर्नुपर्नाका कारणहरूबारे बताउनुभएको थियो ।
Leave a Reply