नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
हालै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले भ्रमणमा रहँदा अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोङ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचार्ड मार्लेससँग २ जोड २ मन्त्रीस्तरीय बैठक गरेका थिए । बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा दुई देश मिलेर अस्ट्रेलियाको सैन्य अखडाको स्तरोन्नतिमा सहयोग गर्नेलगायत रक्षा सहकार्यलाई सुदृढ गर्ने प्रावधान उल्लेख छ ।
वास्तवमा, अष्ट्रेलियाका सैन्य अखडाहरू स्तरवृद्धि गर्न अमेरिकी समर्थनले पहिले नै ध्यान आकर्षित गरेको थियो । २०२४ को जूनमा अमेरिकी नौसेनाले इन्डो–प्यासिफिक क्षेत्रमा विभिन्न आधारभूत संरचनाहरूको लागि निर्माण टेन्डर जारी ग¥यो । हिन्द महासागरमा रहेको अस्ट्रेलियाको बाह्य क्षेत्र, कोकोस टापुहरू, फिलिपिन्स, टिमोर–लेस्टे र पपुवा न्यु गिनीसँगै प्यासिफिक डिटेरेन्स इनिसिएटिभ (पीडीई) अन्तर्गत सम्भावित परियोजना स्थानहरूको सूचीमा समावेश गरिएको थियो । यस पहलको उद्देश्य हिन्द र प्रशान्त महासागरहरूमा ‘चीनको प्रतिकार’ गर्न अमेरिकी रक्षा बल र पूर्वाधारलाई बलियो बनाउनु हो ।
कोकोस टापुहरूको कुल क्षेत्रफल १४.२ वर्ग किलोमिटर छ । केवल पश्चिम टापु र होम आइल्यान्डहरूमा मानव बसोबास रहेको छ । कुल जनसङ्ख्या लगभग ६०० जना छ । टापुहरूमा नाजुक पारिस्थितिक वातावरण र सीमित भार क्षमताको छ । तिनीहरू अष्ट्रेलियाको मुख्य भूमिबाट २६०० किलोमिटर टाढा अवस्थित छन् र ठूलो सैन्य आधार निर्माणको लागि उपयुक्त छैनन् ।
प्रमुख सैन्य प्रतिस्पर्धा र इतिहासभरि रणनीतिक खेलको समयमा, यी टापुहरू धेरै हदसम्म अज्ञात रहे । तिनीहरूलाई सैन्य आधारमा परिणत गर्ने अमेरिकी सेनाको हालको योजनाले चीनसँगको तीव्र प्रतिस्पर्धालाई कार्यान्वयन गर्न संरा अमेरिकाले बढ्दो हतास उपायहरू प्रयोग गरिरहेको स्पष्टरूपमा सङ्केत गर्दछ ।
यी टापुहरूको तथाकथित रणनीतिक महत्व धेरै हदसम्म बनावटी छ । केही विश्लेषकहरू दाबी गर्छन् कि कोकोस टापुहरू डिएगो गार्सियाको अमेरिकी नौसेनिक अखडाभन्दा, चीनको आधा तेल ढुवानीको लागि चोकपोइन्ट मलाक्काको जलडमरूको नजिक छ । वास्तवमा, टापुहरू सुन्डा स्ट्रेटबाट १,००० किलोमिटरभन्दा बढी र मलाक्का स्ट्रेटको हिन्द महासागरको बाहिरी किनाराबाट लगभग २,००० किलोमिटर टाढा छन् ।
यी जलडमरूका तटीय राज्यहरू, विशेषगरी मलेसिया र इन्डोनेसिया कुनै पक्ष छनोट गर्न इच्छुक छैनन् र यस क्षेत्रको अद्वितीय र जटिल भूराजनीतिक वातावरणलाई ध्यानमा राख्दै, चिनियाँ जहाजहरूलाई अनुगमन वा अवरोध गर्ने अमेरिकी सेनाको प्रयास सैद्धान्तिकरूपमा गलत मान्छन् । यी जलडमरूहरूमध्ये – दक्षिण चीन सागर र हिन्द महासागर दुवै छेउमा हुन आवश्यक छ । कोकोस टापुहरूमा अमेरिकी नौसेनाको व्यापक–क्षेत्र निगरानी विमान तैनाथ गर्नाले यी जलडमरुहरूमा प्रवेश गर्ने र बाहिर निस्कने जहाजहरू अनुगमन गर्न मुस्किलले अनुमति दिन सक्छ । यद्यपि, यसका लागि महँगो लजिस्टिक सपोर्टसहित ठुला–ठुला एयर स्टेसनहरू र सहायक सुविधाहरूको निर्माण आवश्यक हुनेछ । यी ढुवानी लेनहरू र वरपरका समुद्री क्षेत्रहरूलाई प्रभावकारीरूपमा नाकाबन्दी गर्न ठुलो मात्रामा नौसेना र वायु सेनाको उपस्थिति आवश्यक पर्दछ ।
कोकोस टापुले यसलाई समर्थन गर्न सम्भवतः असक्षम हुनेछ । यद्यपि, कोकोस टापुहरूको महत्वमा यस्ता अतिरञ्जित कथाहरू अमेरिकी सेनाका लागि राजनीतिकरूपमा फाइदाजनक हुन सक्छन् । संरा अमेरिका र चीनबिचको प्रतिस्पर्धा तीव्र हुँदै जाँदा कुनै पनि सिद्धान्त वा सम्भावना जसले सम्भावित रूपमा चीनको विरोध गर्ने प्रयासलाई समर्थन गर्न सक्छ, तिनमाथि पेन्टागनको गम्भीर ध्यानाकर्षण हुन्छ । संरा अमेरिकाको लागि पहिलो र दोस्रो टापु र तिनीहरूको वरपरका क्षेत्रहरूमा मुख्य टापुहरूमा सेनाहरू राखेर नाकाबन्दी नेटवर्क स्थापना गर्नाले चीनको ‘समुद्री वृद्धि’ लाई रोक्न मद्दत गर्न सक्छ । यस रणनीतिक परिप्रेक्ष्यमा एसिया–प्रशान्तमा अवस्थित सैन्य अखडाहरूलाई सुदृढ गर्दै अमेरिकी सेनाले पनि सक्रियरूपमा नयाँ फर्वार्ड बेस (अग्रमोर्चाका आधार) हरू खोज्न थालेको छ ।
ठुलो शक्ति प्रतिस्पर्धा र निरपेक्ष राष्ट्रिय सुरक्षामा सुनिश्चितताद्वारा सञ्चालित, संरा अमेरिकाले लगभग हरेक व्यवहारिक टापुलाई अगाडिको आधारमा रूपान्तरण गर्ने लक्ष्य राख्दै दक्षिणपूर्वी एसिया, दक्षिण एसिया र दक्षिण प्रशान्तमा चीनसँग प्रतिस्पर्धा बढाउँदै छ । जापान र दक्षिण कोरियामा अवस्थित अमेरिकी सैन्य अखडाहरूभन्दा फरक, यी सम्भावित नयाँ चौकीहरू, तिनीहरूको रणनीतिक महत्वको बाबजुद, प्रायः कमजोर पूर्वाधार र सीमित आत्मनिर्भरताका साथ चुनौतीहरूको सामना गर्दै छन् ।
पेन्टागनको परिकल्पित रणनीति कार्यान्वयन गर्न ठुलो र दिगो लगानी चाहिन्छ, जुन राम्रो वित्तपोषित अमेरिकी सेनाका लागि पनि चुनौती रहेको छ । संलग्न भौगोलिक लागतहरूलाई ध्यानमा राख्दै, प्यासिफिक डिटेरेन्स इनिसिएटिभअन्तर्गत छुट्याइएको बजेट प्रारम्भिक ‘उद्यम पुँजी’ लगानी मात्र हो । हाल, कोकोस टापुहरूअन्तर्गत निर्माण परियोजनाहरूका लागि मात्र विचाराधीन छन् र यो अत्यधिक अनिश्चित छ कि यी परियोजनाहरू सफल हुनेछन् ।
मुख्य विषय यो हो कि अमेरिकी सेनासँग पहिले नै विश्वव्यापी आधारहरूको व्यापक सञ्जाल (नेटवर्क) छ । त्यतिमात्र होइन यी विदेशी आधारहरू कायम राख्नको लागि आर्थिक र सामाजिक लागत बढ्दै गएको छ । यी सम्भावित नयाँ अखडाको लागि अमेरिकी सेनाले परियोजना निर्माणलाई समर्थन गर्ने क्षेत्रहरूलाई आर्थिक सहायता प्रदान गर्न आवश्यक छ ।
चीनविरुद्ध अमेरिकाले सुरु गरेको रणनीतिक प्रतिस्पर्धा र सैन्य प्रतिद्वन्द्वी बढ्दो लागत–दक्षता प्रतिस्पर्धात्मक बन्न थालेको छ । कोकोस टापुजस्ता दुर्गम क्षेत्रमा सैन्य आधार निर्माण गर्नु यो लागत–दक्षता सिद्धान्तको विरोधाभास हो । तथापि, ‘राजनीतिक शुद्धता’ र रणनीतिद्वारा सञ्चालित, अमेरिकी सेना नयाँ थप अखडाहरू बनाउन अथकरूपमा लागिरहन्छ । संरा अमेरिकाको सैन्य बजेट विश्वमा सबैभन्दा ठुलो भए तापनि थप सैन्य अखडा थप्दा वाशिङटनको रणनीतिक चिन्ता कम हुन सक्दैन ।
(लेखक साउथ चाइना सी स्ट्रेटेजिक सिचुएसन प्रोबिङ इनिसिएटिभ (SCSPI) का निर्देशक हुनुहुन्छ ।)
ग्लोबल टाइम्स अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply