वाग्मती प्रदेश स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण होस्
- भाद्र १७, २०८१
कमरेड अध्यक्षज्यू,
नेपाल मजदुर किसान पार्टी
विषयः पार्टी कार्यकर्ताले जनताको काम गराउनु प¥यो ।
नेपाल मजदुर किसान पार्टीका सम्पूर्ण कार्यक्रम गतिविधिहरू अहिलेको सन्दर्भमा १०० मा ९० प्रतिशत ठिक छन् । तर, नेमकिपाको राजनीतिक केन्द्रीय स्तरमा वा राजधानीमा मात्र केन्द्रीत भयो । त्यसबाहेक अन्य जिल्लामा किन काम भएन र किन पछाडि परेको हो । त्यसलाई आत्मसमीक्षा र मूल्याङ्कन गरी हाम्रो दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकालाई मजदुर किसान पार्टीले नमुना पालिका बनाउनुपर्ने भयो । आदरणीय कमरेड रोहित ज्यूलाई म यसै पत्रबाट जानकारी गराउन चाहन्छु स्वीकार्नु होला । दैलेखको डुङ्गेश्वर पालिकामा नेपाल मजदुर किसान पार्टीको सैद्धान्तिक मत मात्र (३२००–३६००) छ । बाँकी मतहरू जसरी आकाशमा उडने बाजले जमिनमा खेलेका चल्लाहरूलाई जुनबेला चाहे त्यतिबेला नै लाने गर्दछ, त्यसरी नै हाम्रा देशका जल्दाबल्दा युवा शक्ति र वृद्ध शक्तिहरूलाई एक गिलास रक्सी र एकसरो लुगा एवम् एक ब्याग चामलको साथै जागिर मिलाइदिम्ला भनी आश्वासन दिएर (काङ्ग्रेस, एमाले, राप्रपाजस्ता शक्तिले) लाने गरेको अध्यक्षज्यूलाई अवगत यसै पत्रबाट गराउँदछु ।
त्यसकारण एकचोटि हाम्रो गाउँपालिकाका नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्यहरू र दैलेख जिल्लाका कामरेड संयोजकले आफ्ना अभिभारा पूरा गराउनुप¥यो कामरेड स्वर्गीय मणिराम तिवारीलाई सम्पूर्ण मजदुर किसान पार्टीका साथीहरू र मेरो तर्फबाट सलाम चढाउँछु । उहाँ र हाम्रो घर छिमेकी नै हो ।
बाँकी छलफल भेट गर्ने वाचा गर्दै नमस्कार कमरेड अध्यक्षज्यू !
नेमकिपाका एक कामरेड
शेरबहादुर हिरोजक
डुङ्गेश्वर गाउँपालिका
वडा नं. ६ – दैलेख
(नेमकिपाका काठमाडौँ उपत्यकामा बस्ने साथीहरूले शेरबहादुर हिरोजकसँग सम्पर्क राखेर छलफल गर्नु भएमा पत्र लेखकको मनसाय बुझ्न सजिलो हुने थियो – सम्पर्क नम्बर – ९८०३८८५९४४ – एक कामरेड – पार्टी कार्यालय – गोल्मढी)
Leave a Reply