भर्खरै :

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा महत्वपूर्ण निर्देशन

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा महत्वपूर्ण निर्देशन

पेइचिङ, अगस्ट ३१ (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले हालै महत्वपूर्ण निर्देशन दिनुभएको छ ।
उहाँले जोड दिनुभएअनुसार, पार्टी अनुशासन सिकाइ र शिक्षाले सकारात्मक नतिजा हासिल गरेको छ । पार्टी अनुशासन सिकाइ र शिक्षाको नतिजालाई उच्च गुणस्तरीय विकासको सशक्त प्रेरक शक्तिमा परिणत गर्नुपर्छ ।
सी चिनफिङका महत्वपूर्ण निर्देशनहरू सुनाउन र पार्टी अनुशासनको अध्ययन र शिक्षाको सार खिच्न केन्द्रीय पार्टी निर्माण नेतृत्व समूहले अगष्ट ३० मा एक बैठकको आयोजना गरेको छ ।
सेप्टेम्बर १ मा ‘छ्यु श’ पत्रिकाको १७ औँ अङ्कमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङको ‘नैतिक, बौद्धिक, शारीरिक, सौन्दर्य, श्रम क्षमता विकास गर्ने समाजवादी निर्माणकर्ता र उत्तराधिकार उत्पादन’ शीर्षकको महत्वपूर्ण लेख प्रकाशित हुँदै छ ।
सो लेखले शिक्षा प्रणाली र संयन्त्रलाई सुधार गर्नुपर्ने साथै समाजवादी निर्माता र उत्तराधिकार पुस्ताको निरन्तर उत्पादन गर्न आवश्यक रहेको कुरामा जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *