भर्खरै :

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङसित अफ्रिकी देशका राष्ट्रपतिहरूको भेटवार्ता

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङसित अफ्रिकी देशका राष्ट्रपतिहरूको भेटवार्ता

पेइचिङ, १७ भदौ (सीआरआई) । सेप्टेबर २ का दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङसित चीन अफ्रिका सहयोग मञ्चको पेइचिङ शिखर सम्मेलनमा भाग लिनुभएका दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाले भेटवार्ता गर्नुभएको छ । सो अवसरमा राष्ट्राध्यक्ष सीले यस वर्ष जन गणतन्त्र चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सव र नयाँ दक्षिण अफ्रिका स्थापना भएको ३० औँ वार्षिकोत्सव भएको तथा अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तित हुँदै गएको पृष्ठिभूमिमा यी दुबै राष्ट्रहरूले आधुनिकीकरण खोज्ने कार्यभार, चीन र अफ्रिका सहयोगलाई प्रवद्र्धन गर्ने कल्पना, विश्वव्यापी व्यवस्थापनलाई पूर्णता दिलाउने इच्छा परिवर्तन नभएकोमा जोड दिनुभयो । नयाँ युगको यात्रामा चीन र दक्षिण अफ्रिकाले आपसी सहयोगलाई मजबुत बनाउनु नै दुबै राष्ट्रहरूका जनताको संयुक्त कल्पनासित अनुकूल छ भन्दै राष्ट्राध्यक्ष सीले दुवै राष्ट्रहरूबीचको सम्बन्धलाई नयाँ युगमा चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धसम्म उकास्ने निर्णय प्रस्ताव गर्नुभएको छ ।
सी चिनफिङद्वारा गिनीका राष्ट्रपति डोम्बोयासँग भेटवार्ता
सोही दिन साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन–अफ्रिका सहयोग मञ्चको पेइचिङ शिखर सम्मेलनमा भाग लिन चीनमा रहनुभएका गिनीका राष्ट्रपति डुम्बुयासँग पेइचिङको जनबृहत् सभाहलमा भेट गर्नुभयो ।
सी चिनफिङले जन गणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको उप–सहारा अफ्रिकाको गिनी पहिलो देश रहेको भन्दै आगामी महिना दुई देशबिच दौत्य सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव मनाउने स्मरण गराउनुभयो । विगत ६५ वर्षमा दुवै पक्षले आपसी सम्मान र पारस्परिक हितलाई निरन्तरता दिएका छन् ।
राष्ट्रपति डुम्बुयाले चीन–अफ्रिका सहयोग मञ्चको पेइचिङ शिखर सम्मेलनमा भाग लिन चीन आउन पाउनु ठुलो सम्मान भएको बताउनुभयो । चीन–अफ्रिका सहयोग शिखर सम्मेलनको यो मञ्च सफल हुने र पूर्वाधार, ऊर्जा र खानी, यातायात, पर्यटन र अन्य क्षेत्रमा सहयोगलाई बढावा दिने गिनीको विश्वास छ ।
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र सेशेल्सका राष्ट्रपतिबिचमा भेटवार्ता
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन–अफ्रिका सहयोग मञ्चको पेइचिङ शिखर सम्मेलनमा भाग लिन चीनमा रहनुभएका सेशेल्सका राष्ट्रपति राम कारवानसँग पेइचिङको जनबृहत् सभाभवनमा भेट गर्नुभयो । सो अवसरमा दुई राष्ट्र प्रमुखले चीन–सेशेल्स सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने घोषणा गर्नुभएको छ ।
सी चिनफिङद्वारा इरिट्रियाका राष्ट्रपति इसियाससँग भेटवार्ता
त्यस्तै सोही दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पेइचिङको जनबृहत् सभाहलमा चीन–अफ्रिका सहयोग मञ्चको पेइचिङ शिखर सम्मेलनमा भाग लिन चीनमा रहेका इरिट्रियाका राष्ट्रपति इसाईससँग भेटवार्ता गर्नुभयो ।
सी चिनफिङले दौत्य सम्बन्ध स्थापना भएको ३० वर्षदेखि चीन र इरिट्रियाले एकअर्कालाई स्वतन्त्र परराष्ट्र नीति अपनाउने र राष्ट्रिय सार्वभौमसत्ता र मर्यादाको रक्षा गर्न दृढतापूर्वक जोड दिएको बताउनुभयो । उहाँले चीन इरिट्रियासँग राजनीतिक पारस्परिक विश्वासलाई गहिरो बनाउन, व्यावहारिक सहयोग प्रवद्र्धन गर्न र साझा विकास हासिल गर्न इच्छुक उल्लेख गर्नुभयो ।
प्रत्युत्तरमा इसियासले भन्नुभयो, “चीन बढ्दो रूपमा विश्वव्यापी शासन परिवर्तनको नेतृत्व गर्ने प्रमुख शक्ति बनेको छ । इरिट्रिया–चीन सम्बन्धको गहिरो इतिहास, बलियो मित्रता र राम्रो सहयोग रहेको छ । इरिट्रिया दृढताका साथ एक चीन नीतिको पालना गर्दछ ।
अफ्रिका–चीन सहयोगले अफ्रिकासँगको अन्तर्राष्ट्रिय सहयोगमा महत्वपूर्ण भूमिका खेल्छ । इरिट्रियाले चीन–अफ्रिका सहयोग शिखर सम्मेलनको यो मञ्च सफलताको कामना गर्दछ ।”
चिनियाँ राष्ट्राध्यक्ष र कोमोरोसका राष्ट्रपतिबिच भेटवार्ता
त्यसअघि सोही दिन बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभाभवनमा चीन अफ्रिका सहयोग मञ्चको पेइचिङ शिखर सम्मेलनमा भाग लिनुभएका कोमोरोसका राष्ट्रपति अजालीसँग भेटवार्ता गर्नुभएको छ । सो अवसरमा राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार चीन कोमोरोससँग दौत्य सम्बन्ध स्थापना भएको पहिलो राष्ट्र हो । आउने वर्ष यी दुवै राष्ट्रबिचले दौत्य सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव मनाउँदै छन् । चीनले यस शिखर सम्मेलनको अवसरमा कोमोरोससँग आर्थिक तथा व्यापारिक लगानी, पूर्वाधार प्रबन्ध, जलवायु परिवर्तन आदि क्षेत्रको प्रभावकारी सहयोगलाई विस्तार गर्दै दुवै राष्ट्रबिचको सम्बन्धको विकासमा नयाँ प्रवद्र्धन शक्ति पु¥याउने आशा गरेको छ ।
राष्ट्रपति अजालीले चीनद्वारा राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको समर्थन दिँदै चीनले आफ्नो राष्ट्रको एकीकरणलाई साकार तुल्याउनेमा समर्थन दिँदै जाने विचार व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *