डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत
- जेष्ठ ७, २०८२
पेइचिङ, १८ भाद्र (सीआरआई) । सेप्टेम्बर ३ को दिन बिहान, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पेइचिङमा चीन–अफ्रिका सहयोग मञ्च पेइचिङ शिखर सम्मेलनमा भाग लिन चीन आउनुभएका केन्याका राष्ट्रपति विलियम रुटोसँग भेटवार्ता गर्नुभएको छ ।
भेटवार्तामा राष्ट्रपति सीले चीन र केन्याबिचको मित्रताको लामो इतिहास रहेको उल्लेख गर्नुभयो । साथै उहाँले दुवै पक्षले चीन र केन्याबिचको व्यापक रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अझ प्रगाढ बनाउन तीन साझेदारको दिशा प्रस्तुत गर्नुभयो । उहाँले यसरी भन्नुभयो, पहिलो, हामीले मित्रताको उत्तराधिकारी गर्दै आपसी विश्वासको इमानदार साझेदार बन्नुपर्छ । साथै राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न र आफ्नो राष्ट्रिय अवस्थासँग अनुकूल स्वतन्त्र विकासको मार्गको खोजी गर्न एकअर्कालाई दृढतापूर्वक समर्थन गर्नुपर्छ । दोस्रो, हामी इमानदार र नवीन दृष्टिकोण लिएर पारस्परिक लाभकारी तथा साझा–जीत साझेदार हुन आवश्यक छ, उच्च गुणस्तरको बेल्ट एण्ड रोड अवधारणालाई केन्याको दीर्घकालीन योजना २०३० सँग जोड्दै, पूर्वी अफ्रिकामा कनेक्टिभिटी र औद्योगिक विकासको लागि हब निर्माण गर्नुपर्छ र डिजिटल अर्थव्यवस्था, नयाँ ऊर्जा, अर्थव्यवस्था र व्यापार, गरीबी उन्मूलन र कृषि लाभका क्षेत्रमा हुने सहयोगलाई सुदृढ पार्नुपर्छ । तेस्रो, हामीले हाम्रो पारस्परिक विश्वासलाई बलियो बनाउँदै निष्पक्षता र न्याय कायम राख्न रणनीतिक साझेदार बन्नुका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा सम्पर्क र समन्वयलाई सुदृढ बनाउनुपर्छ । जसबाट विश्वव्यापी दक्षिणको साझा हितको संरक्षण गर्न हामी सँगसँगै काम गर्नुपर्छ र क्षेत्रीय शान्ति तथा स्थिरतालाई बढाउन आवश्यक छ ।
सोही भेटवार्तामा केन्याका राष्ट्रपति रुटोले केन्याले यस मञ्च र शिखर सम्मेलनको मौका पारेर केन्या–चीन व्यापक रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको थप विकासलाई बढाउने आशा व्यक्त गर्नुभएको छ ।
उक्त शिखर सम्मेलनका क्रममा, चीन र केन्याले वित्तीय र पूर्वाधारका क्षेत्रमा हुने द्विपक्षीय सहयोगका विभिन्न सम्झौताहरूमा हस्ताक्षर गर्ने बताइएको छ ।
चिनियाँ राष्ट्राध्यक्ष र जिम्बाब्वेका राष्ट्रपतिबिच भेटवार्ता
त्यस्तै मङ्गलबार दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा चीन अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर सम्मेलनमा भाग लिनुभएका जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनगाग्वासँग भेटवार्ता गर्नुभएको छ । सीका अनुसार हाल केही वर्षयता यी दुवै नेताहरूको संयुक्त निर्देशनमा चीन र जिम्बाब्वेबिच राजनीतिक पारस्परिक विश्वास लगातार गहन हुँदै सहयोगात्मक उपलब्धि उल्लेखनीय देखिएको छ । जसले विकासोन्मुख मुलुकहरूबिच एकताबद्ध भएर सहयोग गर्ने नमूना बनेको छ । आउने वर्ष यी दुबै राष्ट्रहरूले आपसी दौत्य सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको स्वागत गर्नेछन् । दुवै पक्षले प्रारम्भिक मैत्रीपूर्ण भावना लिँदै हातमा हात मिलाएर चीन जिम्बाब्वेबिच उच्चस्तरीय साझा भविष्यको समुदाय संयुक्त निर्माण गर्नुपर्छ । जसले आ–आफ्ना राष्ट्रिय विकासको पुनरुत्थानका लागि लगातार प्रवद्र्धन शक्ति सिर्जना गर्नेछ ।
मलावीका राष्ट्रपतिसँग चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको भेटवार्ता
त्यस्तै मङ्गलबार बिहानै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा चीन–अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनमा भाग लिन चीन आउनुभएका मलावीका राष्ट्रपति चकवेरासँग भेटवार्ता गर्नुभएको छ ।
सो अवसरमा दुवै देशका राष्ट्रप्रमुखले चीन–मलावी सम्बन्धलाई रणनीतिक साझेदारी सम्बन्धमा उकास्ने घोषणा पनि गर्नुभएको छ ।
सोही क्रममा, चिनियाँ राष्ट्राध्यक्ष सीले चीन र मलावीबिच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबिचको सम्बन्ध सुदृढ राजनीतिक पारस्परिक विश्वास तथा पारस्परिक लाभप्रद सहयोगका फलदायी परिणाममा निरन्तर र स्वस्थ रूपमा विकसित भइरहेको पुष्टि गर्नुभयो । चीन–अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनका परिणामहरूको कार्यान्वयनलाई अघि बढाउँदै चीन र मलावीबिचको मित्रता र सहयोगलाई नयाँ प्रारम्भिक बिन्दुमा पुर्याउने, दुई देशको साझा विकासलाई बढाउने र दुई देशका जनताका लागि हित कल्याण सिर्जना गर्न चीन इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले जनाउनुभयो ।
सोही अवधिमा मलावीका राष्ट्रपति चकवेराले आपसी सम्बन्धबारे चर्चा गर्दै भन्नुभयो, मलावीले चीनलाई आफ्नो सबैभन्दा इमानदार मित्रको रूपमा लिएको छ । मलावीले चीन–अफ्रिका सहयोग मञ्चको संयन्त्रको सुदृढीकरणलाई समर्थन गर्दछ र यस फोरम तथा शिखर सम्मेलनको मौका पारेर बेल्ट एण्ड रोड अवधारणामार्फत क्षेत्रीय कनेक्टिभिटीलाई सुदृढ गर्नुका साथै मलावी र चीनबिच मैत्रीपूर्ण र पारस्परिक लाभकारी सहयोगलाई प्रगाढ बनाउन तत्पर रहेको छ ।
सो शिखर सम्मेलनका क्रममा चीन र मलावीले चीनमा बदामको निर्यात, मिडिया र विकास सहयोगका क्षेत्रमा हुने द्विपक्षीय सहयोगका सम्झौताहरूमा हस्ताक्षर गर्ने जनाइएको छ ।
चाडका राष्ट्रपतिसँग सी चिनफिङको भेटवार्ता
मङ्गलबार बिहानै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा चीन–अफ्रिका सहयोग मञ्च (एफओसीएसी) शिखर सम्मेलनमा भाग लिन आउनुभएका चाडका राष्ट्रपति मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्नुभएको छ । भेटमा दुवै देशका राष्ट्रप्रमुखले चीन–चाड सम्बन्धलाई रणनीतिक साझेदारी सम्बन्धमा उकास्ने घोषणा गर्नुभएको छ ।
सो अवसरमा राष्ट्राध्यक्ष सीले चीन र चाड दुवै मुलुकले बेल्ट एण्ड रोड अवधारणा र चीन–अफ्रिका सहयोग मञ्चको प्रारूपभित्र रहेर पारस्परिक लाभप्रद सहयोगलाई सक्रियताका साथ अघि बढाउँदै फलदायी परिणाम हासिल गरिरहेको उल्लेख गर्नुभयो। दुई पक्षबिचको व्यावहारिक सहयोगले दुई देशका जनताको हित–कल्याणलाई बढाउँदैआएको पनि जनाइएको छ । चीन–अफ्रिका मित्रता र सहयोगको भावनालाई कायम राख्न, विकास रणनीतिको तालमेललाई मजबुत बनाउन र चीन–चाड सम्बन्धमा नयाँ प्रगतिलाई हासिल गर्न सँगै मिलेर काम गर्न चीन तयार रहेको पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभयो ।
सो क्रममा चाडका राष्ट्रपति मोहम्मदले चीनको विकास उपलब्धिको प्रशंसा गर्दै राष्ट्राध्यक्ष सी चिनफिङले अघि सार्नुभएका प्रमुख विचार र पहलहरूको सराहना गर्नुभयो । साथै उहाँले चीनको दिगो विकासले चाड, अफ्रिका र विश्वको विकासका लागि थप अवसरहरू ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो ।
शिखर सम्मेलनको क्रममा चीन र चाडले विश्व विकास प्रस्ताव, मानव संसाधन विकास तथा सहयोग, चीनमा बदाम र तिलको निर्यात र मिडिया क्षेत्रमा द्विपक्षीय सहयोगका सम्झौताहरूमा हस्ताक्षर गर्ने जनाइएको छ ।
Leave a Reply