नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
तपाईँलाई अमेरिकी प्रजातन्त्रको बारेमा कसैलाई भेटेर झट्ट केही बताउनुअघि तपाईँले संयुक्त राज्य अमेरिकाभित्र टाढासम्मको यात्रा गर्नुपर्दैन । तपाईँले कुनै अमेरिकी व्यक्तिबाट ‘अमेरिका संसारको ज्योतिको पुञ्ज’ जस्ता वाक्यांशहरू सुन्नुभएको हुनुपर्छ किनभने त्यस व्यक्तिले विश्वभरि अमेरिकी हुनुको आनन्द उठाउन अमेरिकी प्रतिष्ठाको कुरा गर्छ । यस्तो मनोवृत्ति अमेरिकी ‘अपवादवाद’ को लामो समयदेखि चलेको मिथकसँग मेल खान्छ ।
तर, के अमेरिकी प्रजातन्त्रको त्यो छवि आशाको चिन्हको रूपमा वास्तविकतामा खडा छ ? के संरा अमेरिकालाई लाखौँ अमेरिकीहरूले विश्वास गरेजस्तै उच्च सम्मानित अवस्थामा राखिएको छ ? यस वर्षको एउटा ग्यालप सर्वेक्षणले संरा अमेरिका विश्वका शीर्ष २० सबैभन्दा खुसी देशहरूमा नपरेको देखाएको छ । सायद अमेरिकी ‘अपवादवाद’ को दावीलाई पत्यार गर्नुअघि पर्याप्त सावधानी चाहिन्छ ।
ठुला र साना राष्ट्रहरूद्वारा संरा अमेरिकालाई किन त्यसरी निगरानी गरिन्छ ? सायद यसको व्याख्या गर्ने सबैभन्दा राम्रो तरिका यो हो ः यदि अमेरिकी राष्ट्रपति पदका उम्मेद्वारहरू एकअर्काको लागि यस्तो अवहेलनापूर्ण शब्दहरू प्रयोग गर्छन् भने, तिनीहरूले स्वदेशी र विदेशी जनतासामु कस्तो छवि प्रस्तुत गर्दैछन् ? त्यस्तो अनादर वा अपमानको नमुना सेप्टेम्बर १० मा पूर्ण प्रदर्शन हुनेछ । त्यस साँझ, रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेद्वार कमला ह्यारिसले आफ्नो पहिलो बहस गर्नेछन् । आफू र अरूको निम्ति पनि आदर सम्मान वास्तवमै मूल्यवान भएको समाजमा, राष्ट्रपति उम्मेद्वारहरूले राष्ट्रको सबैभन्दा महत्वपूर्ण मुद्दाहरूमा उदारतापूर्वक छलफल गर्ने अपेक्षा गरिन्छ, एकअर्कालाई शाब्दिकरूपमा आक्रमण नगर्ने र निश्चितरूपमा दुवै माइक्रोफोनहरू खुला रहनुपर्छ कि पर्दैन भन्ने कुरामा झगडा गर्दैनन् । तिनीहरूमध्ये जो सुकै निर्वाचित भएपनि कुनै फरक पर्दैन ।
यद्यपि, के तर्क भइरहेको छ भने ह्यारिस र डेमोक्र्याटहरू विशेषगरी चिन्तित छन् भने ट्रम्पले नियमितरूपमा र जानाजानी तिनलाई अपमान गर्दैछन् । उनले विगतमा पनि त्यसो गरेका थिए र ह्यारिस र उनको चरित्रमाथि ट्रम्पको प्रलयपूर्ण आक्रमणको शिष्टताको अपमान हो । तर, ह्यारिसले ट्रम्पलाई पनि आलोचना गरेका छन्, एक बिन्दुमा ह्यारिसले ट्रम्प ह्वाइट हाउसमा फर्केमा उनले अमेरिकी संविधानलाई नष्ट गर्ने दाबी गरेकी थिइन् ।
चुनाव आउन करिब दुई महिना बाँकी रहँदा उम्मेदवार र दलहरूबिचको वैमनश्य तीव्र बन्दै गएको चुनावी माइकमा (चुनाव प्रचार कार्यक्रमहरूमा) भएको झगडाले देखाएको छ । दुई पक्षले एकअर्कामाथि मौखिक विस्फोटक हमला सुरु गर्दा र विवादले ठुला हेडलाइनहरू निम्त्याउने मिडिया वातावरणमा मौखिक हमलाहरू दैनिक समाचार चक्रमा हावी हुन थालेपछि नीतिगत मतभेदहरूका प्रश्नहरू पछाडि पुछारमामात्र उल्लेख गरिएका छन् ।
संरा अमेरिकाको प्रजातन्त्रमा सकारात्मक उज्यालो नदेखाउने त्यस्ता कार्यहरूले अमेरिकी जनतालाई यो सङ्केत दिइरहेको छ : यदि ट्रम्प र ह्यारिसलाई एकअर्काको अपमान र अनादर गरेकोमा जिम्मेवार ठहर गरिएन भने, तपाईँले पनि अरूसँग व्यवहार गर्दा त्यसरी नै काम गर्न सहज महसुस गर्नुपर्छ ।
सायद अझ महत्वपूर्ण कुरा, यस्तो अपरिपक्वताले ध्रुवीकरणको आगोमा घ्यु–तेल थप्ने कार्य गर्छ । संसारभरका मानिसहरूलाई राम्ररी थाहा छ कि लाखौँलाख अमेरिकीहरू आफ्नै इको चेम्बरमा फर्किएका छन् । उनीहरूले आफ्नो स्थिति र कदमलाई मात्र समर्थन गर्ने मिडिया उपभोग गर्छन् । तिनीहरूले साथीहरूको समूह कायम राख्छन् जुन तिनीहरूको प्राथमिकताहरूसँग मेल खान्छ । उनीहरूले उनीहरूसँग असहमत व्यक्तिहरूलाई दमन गर्न सामाजिक सञ्जाल प्रयोग गर्छन् र उनीहरू प्रायः यस्तो भाषा प्रयोग गर्छन्, जुन भाषा उनीहरू सानो छँदा प्रयोग गरेको भए उनीहरू कक्षाबाट निलम्बन हुने वा स्कूलबाट निष्कासन हुने थिए ।
यसलाई एक कदम अगाडि बढाउँदै ध्रुवीकरणले अमेरिकीहरूले राजनीतिक प्रक्रियामा वास्तविक प्रभाव नपार्ने कुराको पनि ग्यारेन्टी दिन्छ । सीमा सुरक्षा र अन्य देशसँगको सम्बन्धजस्ता विषयमा गम्भीर संवादमा लाग्नुकोसट्टा आफूलाई मनपर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जे देख्छन् त्यसलाई तथ्यका रूपमा स्वीकार्छन् । त्यस्ता अन्धो स्वीकृतिको प्रभावस्वरूप गलत नीतिहरू हटाउनुपर्नेमा लामो समयपछि पनि कायम रहन्छ र गलत धारणाहरू अझै बढ्दै जाने हुन्छन् र तिनीहरूलाई नै ढुङ्गामा कुँदिएका अक्षरको रूपमा स्वीकार गरिन्छन् ।
अमेरिकीहरूको आफ्नो देशप्रतिको दृष्टिकोणको बारेमा हालैको प्यू सेन्टरको सर्वेक्षणको यो कथनलाई विचार गर्न जरुरी छ ः ह्यारिस र ट्रम्प समर्थकहरूबिचको केही फराकिलो अन्तरहरू दशकौँदेखि अमेरिकीहरूलाई विभाजित गर्ने मुद्दाहरू जस्तै समाजमा बन्दुकको भूमिका र नश्लीय भेदभाव आदिमा छन् । तीबाहेक ह्यारिस र ट्रम्पलाई समर्थन गर्ने मतदाताहरू आप्रवासन, लैङ्गिक पहिचान र समाजले विवाह र बच्चा जन्माउने कुरामा एकदमै फरक धारणा राख्छन् ।
तपाईँले सोच्नुहोला कि प्रजातन्त्र जति बलियो र स्वस्थ हुन्छ देशका नागरिकहरूले उत्तिकै विश्वास गर्छन् र त्यहाँ यी विषयहरू र अन्य विषयमा पनि निरन्तर इमानदार छलफल हुनेछ । तर, ठीक उल्टो भइरहेको छ । धेरै अमेरिकीहरू धेरै भ्रममा छन्; उनीहरू अमेरिकीहरू सही छन् र राष्ट्रको राम्रो प्रतिनिधित्व गर्छन् भन्ने कुरामा विश्वस्त छन् र उनीहरूले अर्को पक्षलाई नैतिकरूपमा दिवालिया र देशलाई बर्बाद गर्न कटिबद्धरूपमा देख्छन् ।
दुःखको कुरा, यस्तो अहङ्कारले अन्तर्राष्ट्रिय समुदायलाई संरा अमेरिका एकजुट छैन र त्यसले विश्वभर वास्तविक परिवर्तन ल्याउन आवश्यक नैतिक र वैचारिक नेतृत्व प्रदान गर्न सक्दैन भन्ने प्रमाण दिन्छ ।
(सम्पादकको नोट : एन्थोनी मोरेट्टी सीजीटीएनका लागि एक विशेष टिप्पणीकार हुनुका साथै संरा अमेरिकाको रोबर्ट मोरिस विश्वविद्यालयको सञ्चार र सङ्गठनात्मक नेतृत्व विभागमा एक सहायक प्राध्यापक हुनुहुन्छ ।)
– सीजीटीएन अनलाइनबाट
अनुवाद : आरोही
Leave a Reply