भर्खरै :

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन–अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनमा सम्बोधन “विश्व शान्ति, सुरक्षा, समृद्धि र प्रगतिको भविष्यतर्फ अघि बढौँ”

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन–अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनमा सम्बोधन “विश्व शान्ति, सुरक्षा, समृद्धि र प्रगतिको भविष्यतर्फ अघि बढौँ”

पेइचिङ, ५ सेप्टेम्बर । सेप्टेम्बर ५ का दिन बिहान, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पेइचिङमा आयोजित चीन–अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्नुभएको छ ।
सो अवसरमा राष्ट्राध्यक्ष सीले चीन र अफ्रिकाबिचको मित्रता समय, अन्तरिक्ष, पहाड र समुन्द्र पार गर्दै एक पुस्तादेखि अर्को पुस्तासम्म पुगेको उल्लेख गर्नुभयो । उहाँले व्याख्या गर्दै भन्नुभयो, “सन् २००० मा चीन–अफ्रिका सहयोग मञ्चको स्थापना नै चीन–अफ्रिका सम्बन्धको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुङ्गा हो । विगत २४ वर्षमा चीन र अफ्रिकी दाजुभाइ दिदीबहिनीहरूले सत्यनिष्ठा, मित्रता र इमानदारीको भावनामा हातेमालो गर्दै एकअर्कालाई सहयोग गर्दै आएका छौँ । अन्तर्राष्ट्रिय सम्बन्धको उदाहरण प्रस्तुत गरेका छौँ ।”
राष्ट्राध्यक्ष सी चिनफिङले चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अफ्रिकी मुलुकसँगको द्विपक्षीय सम्बन्धलाई रणनीतिक सम्बन्धको स्तरमा उकास्ने र चीन–अफ्रिका सम्बन्धको समग्र स्थितिलाई संयुक्तरूपमा स्तरोन्नति गर्ने विश्वास दिलाउनुभयो ।
राष्ट्राध्यक्ष सीले गर्नुभयो । उहाँले भन्नुभयो, “निष्पक्ष र उचित आधुनिकीकरणलाई बढाउन सँगै काम गर्नुपर्छ, खुला र साझा–जीत आधुनिकीकरणलाई बढाउन सँगै काम गर्नुपर्दछ, जनताको प्राथमिकता आधारित आधुनिकीकरणलाई बढाउन सँगै काम गर्नुपर्छ, विविधता र समावेशिताको आधुनिकीकरणलाई बढाउन सँगै काम गर्नुपर्छ, पर्यावरण मैत्री आधुनिकीकरणलाई बढाउन सँगै काम गर्नुपर्छ र शान्ति तथा सुरक्षाको आधुनिकीकरणलाई बढाउन सँगै काम गर्नुपर्छ ।”
चीन–अफ्रिका सहयोगबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले भन्नुभयो, “आगामी ३ वर्षमा चीन–अफ्रिका सहयोगलाई प्रगाढ बनाउन १० वटा साझेदारीको कार्यान्वयन मिलेर गर्ने इच्छा चीनले लिएको छ । ती १० वटा साझेदारी कार्य यसप्रकार छन्, आधुनिक सभ्यताको पारस्परिक सिकाइका साझेदारी, व्यापार र समृद्धिका साझेदारी, औद्योगिक शृङ्खलाका साझेदारी, कनेक्टिभिटीका साझेदारी, विकासका साझेदारी, स्वास्थ्यका साझेदारी, कृषि प्रवद्र्धनका साझेदारी र जनतालाई फाइदा पु¥याउने साझेदारी, जनता–जनताबिचको आदानप्रदानका साझेदारी, हरित विकासका साझेदारी र सुरक्षा निर्माणका साझेदारी । यसले अफ्रिकासँग मिलेर विश्वव्यापी दक्षिणको आधुनिकीकरणको नेतृत्व गर्न सकिने छ ।
राष्ट्राध्यक्ष सीले अगाडि भन्नुभयो, “सहयात्री भनेको साँचो मित्र हो । आधुनिकीकरणको बाटोमा कोही पनि पछाडि पर्नु हुँदैन र कुनै पनि देश पछाडि पर्नु हुँदैन । हामीले २.८ अर्बभन्दा बढी चिनियाँ र अफ्रिकी जनताको महान् शक्तिलाई एकताबद्ध गरेर आधुनिकीकरणको यात्रामा हातेमालो गरौँ । विश्वव्यापी दक्षिणको आधुनिकीकरणमा सहयोग गर्न चीन–अफ्रिका आधुनिकीकरणको उपयोग गरौँ । मानव विकासको इतिहासमा नयाँ चित्र कोरौँ र संयुक्तरूपमा विश्वलाई शान्ति, सुरक्षा, समृद्धि र प्रगतिको उज्ज्वल भविष्यतर्फ अघि बढाऔँ ।”
आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलर दिने चिनियाँ राष्ट्राध्यक्षको प्रतिबद्धता
महामारीपछिको पेइचिङको सबैभन्दा ठुलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिन फिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले अफ्रिकासँग पूर्वाधार र व्यापारको सहयोगलाई अझ गहिरो बनाउने विचार व्यक्त गर्नुभयो ।
सरकारी सञ्चारमाध्यमका अनुसार ५० भन्दा बढी अफ्रिकी नेता तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस यस साताको चीन–अफ्रिका मञ्चमा सहभागी हुनुहुन्छ ।
अफ्रिकी नेताहरूले पूर्वाधार, कृषि, खानी, व्यापार र ऊर्जामा थप सहयोगका लागि यो साताअघि धेरै सम्झौताहरू सुरक्षित गरिसकेका छन् ।
उहाँले भन्नुभयो, “अफ्रिकी मुलुकहरूसँग उद्योग, कृषि, पूर्वाधार, व्यापार र लगानीको सहयोगलाई गहिरो बनाउन चीन तयार छ । आगामी तीन वर्षमा चिनियाँ सरकार तीन खर्ब ६० अर्ब युआन (५० अर्ब ७९ करोड डलर) को वित्तीय सहयोग उपलब्ध गराउन इच्छुक छ ।”
उहाँका अनुसार उक्त सहयोगको आधाभन्दा धेरै हिस्सा ऋणमा हुनेछ । जसमा ११ अर्ब डलर ‘विभिन्न प्रकारको सहायता’ का साथै १० अर्ब डलर चिनियाँ कम्पनीहरूलाई लगानीका लागि प्रोत्साहित गरिने छ । उहाँले ‘अफ्रिकाका लागि कम्तीमा १० लाख नोकरी सिर्जना गर्न’ सहयोग गर्ने पनि बाचा गर्नुभयो ।
बैठकमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले अफ्रिकी नेताहरूसँग चीन र अफ्रिका महादेशबिच बढ्दो सम्बन्धले ‘नवीकरणीय ऊर्जा क्रान्तिलाई प्रवद्र्धन गर्न सक्ने’ बताउनुभयो । “गरिबी उन्मूलनलगायत चीनको विकासको उल्लेखनीय रेकर्डले अनुभव र विशेषज्ञताको खजाना प्रदान गर्दछ,” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *