भर्खरै :

सी चिनफिङद्वारा संयुक्त राष्ट्र सङ्घका महासचिवसँग भेटवार्ता

सी चिनफिङद्वारा संयुक्त राष्ट्र सङ्घका महासचिवसँग भेटवार्ता

पेइचिङ, ५ सेप्टेम्बर (सीआरआई) । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पेइचिङको जनबृहत आज सभाभवनमा चीन–अफ्रिका सहयोग मञ्चको पेइचिङ शिखर सम्मेलनमा भाग लिन चीनमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेससँग भेट गर्नुभयो ।
सी चिनफिङले चीन–अफ्रिका सम्बन्धको विकासलाई चीनले ठुलो महत्व दिएको कुरा बताउनुभयो । अफ्रिकालगायत विश्वभरका मानिसहरूले सुखी जीवन बिताउन सक्छन् भन्ने आशा राख्दै आफूले मानवजातिको साझा भविष्य भएको समुदाय निर्माण गर्ने प्रस्ताव गरेको भन्दै अफ्रिकालाई शान्ति, स्थायित्व, विकास र पुनरुत्थान प्राप्त गर्न संयुक्त राष्ट्र सङ्घले संयुक्तरूपमा मद्दत गर्ने उहाँले बताउनुभयो । सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको सान्दर्भिक अवस्था र वर्तमान विश्व अवस्थाबारे आफ्नो धारणा प्रस्तुत गर्दै चिनियाँ शैलीको आधुनिकीकरणले विश्वलाई थप नयाँ अवसरहरू प्रदान गर्ने कुरामा जोड दिनुभयो ।
महासचिव गुटेरेसले अफ्रिकासँगको चीनको सहयोगले अफ्रिकालाई शान्ति र विकास हासिल गर्न मद्दत गर्ने बताउनुभयो । चीनको शान्तिपूर्ण विकास सम्पूर्ण मानवजातिको शान्ति र प्रगतिका लागि अनुकूल छ । संयुक्त राष्ट्रसङ्घले विश्वव्यापी शासनलाई अझ न्यायोचित र व्यावहारिक दिशामा प्रवद्र्धन गर्न र मानवजातिको साझा भविष्य भएको समुदाय निर्माण गर्न चीनसँगको सहकार्यलाई सुदृढ गर्न इच्छुक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *