भर्खरै :

आत्मनिर्भर नेपाल निर्माणका लागि स्वाभिमानी इन्जिनियर

आत्मनिर्भर नेपाल निर्माणका लागि स्वाभिमानी इन्जिनियर

चौतिसौँ केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचनमा सम्पूर्ण देशभक्त इन्जिनियर एवम् आर्किटेक्ट मित्रहरूमा इन्जिनियर समाज नेपालको हार्दिक अभिवादन !
हाम्रा प्रतिबद्धताहरू
राष्ट्रिय विषयहरू
– नेपालका स्वाभिमानी इन्जिनियरहरूको नेतृत्वमा देशको विकास अगाडि बढाउने ।
– ठुलठुला आयोजनामा भइरहेको ढिलासुस्ती एवम् अनियमिताको दोषीमाथि कारबाही गराउन आवाज उठाउने ।
– भ्रष्टाचारीलाई मृत्युदण्डसमेतको सजाय हुने र भ्रष्टाचारीलाई कारबाही हदम्याद नहुने कानुनी व्यवस्थाको लागि सम्पूर्ण इन्जिनियरिङ समुदायलाई सचेत पार्ने ।
– दक्षिण एसियाली ऊर्जा हब स्थापनाको नाममा नेपालका सम्पूर्ण नदीनाला एवम् ऊर्जाका सबै स्रोतहरूमाथि भारतीय एकाधिकार पुँजीको नियन्त्रण हुने कानुनी व्यवस्था र सन्धि—सम्झौता खारेज गराउन आवाज उठाउने ।
– नेपालीको लगानीमै ठुला जलाशययुक्त जलविद्युत् तथा ट्रान्समिसन लाइनको निर्माणलाई जोड दिने एवम् उत्पादित बिजुली देशभित्रका उद्योग एवम् यातायात सञ्चालन र घरायसी उपयोग गर्न सस्तोमा वितरण गरी इन्धन आयातमा भइरहेको व्यापार घाटा घटाउन सरकारलाई ताकेता गर्ने ।
– वातावरणमैत्री सवारीसाधनको आयातमा करछुट एवम् विशेष अनुदान दिन र सडक सञ्जाललाई विद्युतीय सवारी साधनमैत्री बनाउन जोड दिने ।
– नेपाल सरकारको स्वामित्वमा रहेका सार्वजनिक कम्पनी, संस्थान तथा प्राधिकरणहरूलाई विज्ञान प्रविधि तथा सूचना प्रविधिको क्षेत्रहरूमा अनिवार्यरूपमा खोज तथा अनुसन्धानमूलक कार्य गराउन जोड दिने ।
– बढ्दो सडक तथा हवाई दुर्घटनालाई न्यूनीकरण गर्न सम्बन्धित निकायलाई सक्षम बनाउन सहयोग गर्ने ।
– सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा दर्ता गर्ने र गराउनेलाई कारबाही गरी पुनः सार्वजनिक गराउन आवाज उठाउने ।
– सम्पदा क्षेत्र मासेर बनाइएका अनियमित भवन संरचना हटाउन जोड दिने  ।
– एकीकृत बस्तीमार्फत देशको सन्तुलित विकास गर्ने तथा देशको भौगोलिक अवस्थाअनुसार सुरुङमार्ग, केवलकार तथा पोडवे (एयमधबथ) को निर्माणमा जोड दिने ।
– देशभरि व्यवस्थित सहरको विकास र सङ्घीय राजधानीलाई उपत्यकाबाहिर दाङमा सारी देशको सन्तुलित विकास गर्न जोड दिने ।
– ऐतिहासिक सम्पदाहरूको संरक्षण एवम् पुनःनिर्माण मौलिकरूपमा गर्न जोड दिने ।
– बजेटको सुनिश्चितता नभए पनि नयाँ नयाँ योजनाहरू घोषणा गरी अलपत्र बनाउने कार्य नगर्न र गुणस्तरीय निर्माणको लागि साना योजना स्थानीय उपभोक्ता समितिले र ठुला आयोजना सरकारी निकाय आफैले अमानतबाट सम्पन्न गर्न जोड दिने ।
– आयोजनाहरूको म्याद थप र निर्माणमा भइरहेको अनियमितता र भ्रष्टाचार रोक्न आवाज उठाउने ।
– निजी तथा सरकारी निर्माण कार्यहरूको प्राविधिक गुणस्तर लेखापरीक्षण (टेक्निकल अडिट) गर्न जोड दिने ।
– मानव जातिको साझा हितसँग जोडिएको मित्रराष्ट्र चीनले सुरु गरेको द्यभति ७ च्यबम क्ष्लष्तष्बतष्खभ ९द्यच्क्ष्० अवधारणलाई नेपालको आर्थिक एवम् प्राविधिक विकाससँग जोड्न आवाज उठाउने ।
– संरा अमेरिकी सरकारको नीति तथा कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता खारेज गरी देशको सार्वभौमिकता रक्षा गर्न आवाज उठाउने ।
– नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १९४७ को गोर्खाभर्ती सम्झौता र नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल—भारत शान्ति तथा मैत्री सम्झौतालगायत असमान सन्धिहरू खारेज गर्न आवाज उठाउने ।
– ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू नष्ट हुने गरी आयोजना सञ्चालन नगर्न जोड दिने ।

पेसागत हकहित सम्बन्धमा
– निजामती सेवातर्फ सूचना प्रविधि क्षेत्रमा कार्यरत इन्जिनियरहरूको छुट्टै सेवा समूह गठन एवम् नियमित वृत्ति विकासको लागि आवश्यक व्यवस्था गराउन जोड दिने ।
– देशलाई आवश्यक सबैखाले सूचना प्रविधि प्रणाली तथा भौतिक पूर्वाधारहरूको डिजाइनलगायत आवश्यक सफ्टवेयर विकासको काम ठेक्कापट्टा र परामर्शदाताबाट नभई राज्यको सम्बन्धित निकायले आवश्यकताअनुसार थप जनशक्ति व्यवस्था गरीे आफै विकास गर्न जोड दिने ।
– स्वार्थ समूहको निर्देशनमा इन्जिनियरहरूलाई जथाभावी सरूवा गराउने कार्य रोक्न र कार्यसम्पादन सम्झौताको मूल्याङ्कनको आधारमा बिनापक्षपात नयाँ आयोजनाको जिम्मा दिलाउन जोड दिने ।
– इन्जिनियरहरूमाथि हुने साङ्घातिक हमला एवम् आयोजना क्षेत्रमा अराजकता फैलाउने गतिविधिमाथि रोक लगाउन जोड दिने ।
– कार्यक्षेत्रमा आउने विविध समस्याहरूको सुनुवाइ एवम् पेसागत मर्यादाप्रति अडिग रहन इन्जिनियरहरूको मनोबल बढ्ने कार्यक्रमहरू तथा इन्जिनियर्स हेल्पलाइन सञ्चालन गर्ने ।
– निजी तथा सरकारी संस्थामा कार्यरत इन्जिनियरहरूलाई प्रत्येक वर्ष अनिवार्यरूपमा विषयगत तालिमको व्यवस्था गराउन जोड दिने ।
– इन्जिनियरहरूको पेसागत मर्यादालाई उच्च सम्मान दिलाउन भ्रष्ट इन्जिनियरहरूको एसोसियसनको सदस्यता खारेज गर्ने ।
– स्थानीय तहलगायत पूर्वाधार निर्माणको कार्य गर्ने निकायहरूलाई आवश्यक विभिन्न विषयका इन्जिनियरिङ जनशक्तिको दरबन्दी थप गर्न जोड दिने ।
– इन्जिनियरहरूको व्यक्तित्व विकास तथा सीप अभिवृद्धिका लागि एसोसियनबाट नियमित कार्यक्रमहरू गर्ने र इन्जिनियर भवनलाई देशकै प्राज्ञिक जनशक्तिको केन्द्रको रूपमा विकास गर्ने ।

इन्जिनियरिङ शिक्षा
– इन्जिनियरिङ शिक्षामा भइरहेको अराजकता तथा मनोमानी शुल्क निर्धारण रोक्न र उत्पादन श्रमसित जोडिएको आधुनिक इन्जिनियरिङ शिक्षाका लागि विश्वविद्यालयलाई खोज तथा अनुसन्धानमूलक कार्यमा थप बजेट व्यवस्थापन गराउन पहल गर्ने ।
– इन्जिनियरिङ अध्ययन संस्थानहरूमा अवैज्ञानिक तवरले गरेका शुल्क वृद्धिका कारण हुने शैक्षिक हडताल तथा प्राध्यापक एवम् कर्मचारीहरूको आन्दोलनका कारण विद्यार्थीहरूको पढाइ समेत अवरूद्घ भएकोले विद्यार्थीहरूको पढाइलाई असर पुग्ने गरी गतिविधिहरू नगर्न सम्बन्धित निकायलाई सचेत गराउने ।
– उच्च शिक्षा हासिल गर्न इच्छुक इन्जिनियरहरूलाई स्थानीय तह, प्रदेश सरकार वा केन्द्र सरकारले पर्याप्त छात्रवृत्ति तथा सहुलियत ब्याजमा ऋणको व्यवस्था गराउन जोड दिने ।
– विश्वविद्यालयका पाठ्यक्रमहरूमा देशको भूगोल, स्वदेशी परियोजनाहरू, प्रचलित कानुनी व्यवस्था एवं नैतिक आचरणसम्बन्धी जानकारीमूलक अध्ययन सामग्री राख्न जोड दिने ।
– देशलाई अत्यावश्यक नयाँ नयाँ विषयका इन्जिनियरहरूको सङ्ख्या यकिन गर्ने र विश्वविद्यालयले अनिवार्य ती विषयहरूको अध्यापन गर्नुपर्ने नीति बनाउन जोड दिने ।
– विकास निर्माणका कार्यहरूमा इन्जिनियरिङ शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई पारिश्रमिक सहित इन्टर्नशीप गराउन जोड दिने ।
– इन्जिनियरिङ पाठ्यक्रमलाई उत्पादन श्रमसित जोड्ने गरी परिमार्जनहरू गर्न विश्वविद्यालयहरूसँग आवश्यक संवाद र सहकार्य गर्ने ।
– इन्जिनियरिङ विषयका परीक्षा उत्तरपुस्तिका परीक्षणमा बेवास्ताहरू भएकोले निश्चित मापदण्ड र मार्गनिर्देशिकाभित्र रहेर उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने व्यवस्था बनाउन विश्वविद्यालयहरूसँग संवाद र सहकार्य गर्ने ।
– शिक्षण संस्थामा शैक्षिक क्यालेन्डर निर्माण गरी कडाइका साथ लागु गराउन विशेष जोडदिने ।

३४ औँ केन्द्रीय कार्यकारिणी समितिका उम्मेदवारहरू
ई. राजेन्द्रप्रसाद हाडा – अध्यक्ष
ई. प्रा. डा. मन्जिप शाक्य – उपाध्यक्ष
ई. डा. अनिता प्रजापति – महासचिव
ई. दीपेन्द्रबहादुर शाही – उपमहासचिव
ई. सुस्मिता थापा – कोषाध्यक्ष
ई. सद्धाम बाला – सहकोषाध्यक्ष
ई. सुरेश कवां – सदस्य
ई. शिवप्रसाद महतो
ई. प्रदिपकुमार साह
ई. श्यामसुन्दर बासुकला
ई. अमितशङ्कर रञ्जित
ई. जितेन्द्र प्रजापति
ई. विनोदबहादुर शाही
आ. प्रमिला शिल्पकार
ई. मेनसन लाखेमरु
आ. रविता शिल्पकार
आ. सुशम्ना श्रेष्ठ
ई. राकेश ग्वाछा

तेस्रो वाग्मती प्रदेश कार्यकारिणी समितिका उम्मेदवारहरू
ई. योगेश बज्रचार्य – वाग्मती प्रदेश प्रतिनिधि केन्द्रीय सदस्य
ई. प्रा. डा. चन्द्रकिरण कवां – सभापति
ई. अमोद उलक – उपसभापति
आ. सरिता धुख्वा – सचिव
ई. बिनय चौरेल – सहसचिव
आ. निरु शिल्पकार – कोषाध्यक्ष
ई. बिजयराम कोजू – सदस्य
ई. रमेश प्रजापति – सदस्य
ई. रमेश सुवाल
ई. विकिङ ख्याजू
ई. विजय जति
ई. विकास चवाल
ई. राम नकर्मी
ई. अमित प्रजापति
ई. राकेश सुवाल
ई. चन्द्रकृष्ण प्रजापति

Leave a Reply

Your email address will not be published. Required fields are marked *