अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २२ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घको आयोजनामा आदर्श आजादमा ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम गरियो ।
२०४५ साल भदौ ९ गते नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले निर्दलीय पञ्चायती व्यवस्थाले रचेको भक्तपुर काण्डको विरोधमा सो कार्यक्रम गरिएको हो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय प्रतिनिधि रोशनमैया सुवालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा आदर्श आजादका प्राचार्य एवम् तत्कालीन राजबन्दी श्रीकृष्ण किसी, सहायक प्राचार्य एवम् नेक्राशिसङ्घका केन्द्रीय सदस्य चक्रबहादुर चाकतु, नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिका प्रतिनिधि एवम् एकाइ अध्यक्ष शिवराम बोहजूले आ–आफ्नो अनुभव आदानप्रदान गर्नुभयो ।
निरङ्कुश र तानाशाही पञ्चायती राज्यसत्ताले निर्दोष भक्तपुरवासीप्रति गरेको दमन, चरम यातना र ज्यादतीको विरोधमा भक्तपुरवासी र न्यायप्रेमी जनता, पत्रकार, वकिलहरू एकजुट भई लागेको चर्चा गर्दै उहाँहरुले अन्याय–अत्याचारको विरुद्धमा सदा लाग्नुपर्ने र नयाँ पुस्ता पनि सदा सचेत रहनुपर्ने चर्चा गर्नुभयो ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष सुभद्रा दुवालको सभापतित्वमा भएको थियो ।
Leave a Reply