भर्खरै :

हाडजोर्नी तथा नशा रोग तथा आँखा रोगसम्बन्धी स्वास्थ्य शिविर

हाडजोर्नी तथा नशा रोग तथा आँखा रोगसम्बन्धी स्वास्थ्य शिविर

भक्तपुर, २२ भदौ । भक्तपुर नगरपालिका २ नं. वडा कार्यालय ब्यासी, भक्तपुरको आयोजनामा हाडजोर्नी तथा नशा र आँखा रोगसम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य नै ठुलो धन भएको बताउँदै जनता स्वस्थ भए नगर नै स्वस्थ हुने चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “पहिला सरुवा रोगबाट अधिक मानिसको मृत्यु हुन्थ्यो भने अहिले दीर्घ रोग तथा नसर्ने रोगबाट मानिसहरूको अधिक मृत्यु हुने हुने गरेको छ ।”
उहाँले कृषकहरूले बालीमा विषादी प्रयोग गर्दा सावधानी नअपनाउँदा हाल किसानहरू क्यान्सरजस्ता रोगको शिकार बन्नुपरेको चर्चा गर्दै अधिक उत्पादनको लागि जनताको स्वास्थ्यलाई खराब गर्न नहुनेतर्फ ध्यान दिनुपर्ने समेत बताउनुभयो ।
शिविरमा रोग परीक्षण गरी रोगको पहिचान भयो भने समयमै उपचार गर्न सकिने बताउँदै जनतालाई सहज स्वास्थ्य सेवा पु¥याउन ख्वप अस्पतालको स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रममा २ नं वडाका वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भनपाले शिक्षा, स्वास्थ्यलगायत व्यवस्थित आवासको लागि आयोजना सञ्चालन गरिएको चर्चा गर्दै भनपाले दिँदै आइरहेको सेवा तथा सुविधा जनताकै लागि भएको बताउनुभयो ।
शिविर कार्यक्रममा ख्वप अस्पतालका डा. मजेशप्रताप मल्ल, वडा सदस्यद्वय श्यामसुन्दर मातां र मञ्जु लाखाजु, रत्नकाजी नातरीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *