नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
प्योङयाङ, ६ सेप्टेम्बर (केसीएनए) । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको राष्ट्रिय रक्षा मन्त्रालयको सार्वजनिक सूचना कार्यालयका प्रमुखले सेप्टेम्बर ६ का दिन कोरियाली प्रायःद्वीपको तनावपूर्ण स्थितिलाई लिएर एक प्रेस विज्ञप्ति जारी गर्नुभयो ।
“तनाव बढाउने शत्रु शक्तिहरू भारी जिम्मेवारीबाट कहिल्यै पन्छिन सक्दैनन्” भन्ने निष्कर्ष रहेको विज्ञप्तिमा भनिएको छ :
संरा अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायःद्वीपमा सैन्य तनावलाई अधिकतम बनाउँदै एकपछि अर्को उत्तेजक संयुक्त सैन्य अभ्यास गरिरहेका छन् ।
शत्रु सेनाहरूले गएको अगस्ट १९ देखि २९ सम्म विभिन्न किसिमका २०० भन्दा बढी लडाकुहरू, रासायनिक, जैविक, रेडियोएक्टिभ र आणविक आक्रमणको सामना गर्ने अमेरिकी सेनाको एकाइ र अमेरिकी उपग्रहका रूपमा देशका सेनालाई परिचालन गरेर कथित संयुक्त राष्ट्र सङघको कमान्डमा अहिलेसम्मकै ठुलो संयुक्त सैन्य अभ्यास उल्जी फ्रीडम शिल्डको आयोजना गरे । तिनीहरूले अगस्ट २६ बाट साङयोङ नामको संयुक्त अवतरण अभ्यासलाई उन्मादपूर्वक मञ्चन गरिरहेका छन् ।
डिभिजन स्तरका सेना, ४० वटा युद्धपोत र विभिन्न प्रकारका ८० वटा सैन्य विमान र सशस्त्र सवारीसाधनको संलग्नता भएको साङयोङ युद्धअभ्यास प्रजग कोरियाको पवित्र भूभागमा खुला आक्रमण गर्नमा लक्षित रहेको थियो र अत्यन्त लापरवाह र खतरनाक सैन्य उत्तेजनापूर्ण कदम थियो ।
यसैबिच, अगस्टको सुरूमा दक्षिण कोरियाली सैन्य गुण्डाहरूले प्रजग कोरियाको दक्षिणी सिमानाबाट पाँच किलोमिटर टाढा क्षेत्रमा ट्याङ्कहरू र अन्य आपत्तिजनक सैन्य उपकरणहरू तैनाथ गरे र ब्रिगेड–स्तरीय फिल्ड मोबाइल युद्धअभ्यास गरेर गम्भीर उत्तेजनापूर्ण दुष्कार्य गरेका थिए ।
विगत दुई महिनादेखि संरा अमेरिका र दक्षिण कोरियाका सैन्य गुण्डाहरूले उत्तेजक युद्ध अभ्यासका सबै प्रकारबाट प्रजग कोरियालाई जमीनी, समुद्री र हवाई माध्यमबाट निशाना बनाएका छन् । ती युद्ध अभ्यासमा प्रजग कोरियाको पछाडिको भागमा घुसपैठ गर्ने उद्देश्यले विशेष अपरेसन अभ्यास र ‘साना युनिट मोबाइल लात् फायरिङ अभ्यास’ पनि गरिएका थिए । ती दुष्कार्यमा संरा अमेरिकाको पहिलो आर्मर्ड डिभिजन र कठपुतली दक्षिण कोरियाली सेनाको प्रथम आर्मर्ड ब्रिगेड समावेश रहेका थिए ।
यस वर्षको सुरूदेखि नै छोटो छोटो समयको अन्तरालमा संरा अमेरिका र दक्षिण कोरियाद्वारा प्रजग कोरियाविरूद्ध भइरहेका उत्तेजनापूर्ण सैन्य र युद्धअभ्यासले कोरियाली प्रायःद्वीपमा बढ्दो तनावको स्रोत के हो ? सुरक्षा अस्थिरताबाट आउँछ ? र कालो बादल कहाँ छ भनेर स्पष्ट पार्छ ।
कोरियाली प्रायःद्वीप जस्तो तनावग्रस्त कुनै क्षेत्र पृथ्वीमा कतै छैन, जहाँ स्वतन्त्रता ढाल, संयुक्त युद्ध अभ्यास, संयुक्त हवाई घुसपैठ अभ्यास, आइरन मेसजस्ता विभिन्न साङ्केतिक नामहरूमा एक सार्वभौम राज्यलाई लक्षित गरी संयुक्त सैन्य अभ्यासहरू क्रमशः मञ्चन भइरहेका छन् ।
कोरियाली प्रायःद्वीप विश्वको सबैभन्दा तनावपूर्ण ठाउँमध्ये एक रहेको छ र युद्धविरामको अवस्थामा रहेको यस क्षेत्रमा त्यस्ता धम्कीपूर्ण कार्यहरूको सञ्चयले सैन्य तनावलाई मात्र निम्त्याउने र यस क्षेत्रको सुरक्षा वातावरणलाई अपरिवर्तनीय विनाशकारी स्थितिमा पु¥याउनेछ भन्ने सर्वविदित तथ्य हो ।
संरा अमेरिका र यसका पिछलग्गुहरूले एकपक्षीय सैन्य उक्साहटको चरममा झरेर क्षेत्रीय शान्ति र स्थिरतालाई गम्भीररूपमा खतरामा पारिरहेका छन् । यस क्षेत्रका स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरूको शान्तिप्रिय चाहनाको विपरीत तनावको निम्ति उक्साहट गर्ने उनीहरूको दुष्कार्यहरूले छर्लङ्ग पार्छ ।
जबसम्म त्यहाँ संरा अमेरिका र दक्षिण कोरिया, द्वन्द्वकारी संस्थाहरू र शान्ति भङ्ग गर्ने नियत बोकेकाहरू रहनेछन्, उत्तेजनापूर्ण सैन्य अभ्यासहरू जारी रहनेछन्, जसले कोरियाली प्रायःद्वीपलाई निरन्तर अस्थिरताको दलदलमा फसाइराख्नेछ ।
अहिलेको यस्तो अवस्थाले प्रजग कोरियाको रक्षा क्षमताको निरन्तर विकास र अग्रगामी प्रयोग नै अमेरिका र दक्षिण कोरियाले गरिरहेको युद्ध अभ्यासको खतरालाई चितबुझ्दो जवाफ र यस क्षेत्रको अस्थिरतालाई नियन्त्रण गर्ने एक मात्र उपाय हो भनी प्रमाणित गरेको छ ।
संरा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास जति पटक हुन्छ, त्यति नै प्रजग कोरियाले शक्तिशाली आत्मरक्षा शक्तिको प्रयोग गरेर राज्यको सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न आफ्नो इच्छाशक्तिलाई कडा बनाउने छ र यसले बलियो प्रतिरोधको नेतृत्व गर्नेछ । प्रजग कोरियामाथि आक्रमण गर्न खोज्ने शत्रु शक्तिहरूलाई त्रसित र लज्जित बनाउने छ ।
कोरियाली जन सेनाले कोरियाली प्रायःद्वीपमा सुरक्षा वातावरणलाई खतरामा पार्ने संरा अमेरिका र दक्षिण कोरियाको सैन्य चाललाई कदापि बेवास्ता गर्ने र सहने छैन बरू शक्तिशाली कार्यको आधारमा राज्यको सुरक्षा र यस क्षेत्रको शान्तिलाई दृढतापूर्वक सुनिश्चित गर्नेछ ।
तनाव बढाउने शत्रु शक्तिहरू भारी जिम्मेवारीबाट कहिल्यै पन्छिन सक्दैनन् ।
Leave a Reply