अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
मध्यपुर, २१ भदौ । नेपाल क्रान्तिकारी युवा सङ्घको ३४ औँ स्थापना दिवसको अवसरमा नेक्रायुसङ्घ, मध्यपुर नगर समितिको आयोजना र भक्तपुर चेस क्लवको सहआयोजनामा राष्ट्रव्यापी खुला फिडे ¥यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उद्घाटन शुक्रबार सम्पन्न भयो ।
सो खेलको उद्घाटन नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाई र नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्यले गोटी चाली गर्नुभएको थियो ।
कार्यक्रममा अतिथि गोसाईले प्रायः सबै डिजिटल ड्रग्सको कुलतमा फसिरहेको अवस्थामा चेस खेलले युवा पुस्तालाई स्वस्थ र सिर्जनशील रहन मद्दत पु¥याउने विचार राख्नुभयो ।
चेसले कम लगानीमा समाजमा मैत्रीपूर्ण भावना विकासमा टेवा पु¥याउने विचार व्यक्त गर्दै युवा–विद्यार्थीलाई विकृति र विसङ्गतिबाट टाढा राख्न उत्प्रेरित गर्ने उहाँले प्रस्ट्याउनुभयो ।
उहाँले खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना र परिवेशबारे जानकारी नराखे प्यालेस्टिनमा साम्राज्यवादी अमेरिका र त्यसको कठपुतली इजरायलले गरेको आक्रमणमा जस्तै विद्यालयमा पढ्दापढ्दै तथा अस्पतालमा उपचार गर्दागर्दै सर्वसाधारणले ज्यान गुमाउनुपर्ने सम्भावना रहने बताउनुभयो ।
आफ्नो गुमेको जमिन माग्दा बम बारूद पड्काएर नरसंहार गर्ने अमेरिकी साम्राज्यवाद कायर भएको तथ्य युवा तथा खेलाडीहरूले समयमै बुझेर शान्तिको पक्षमा र अन्यायको विरूद्धमा आवाज बुलन्द गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्यले खेलले युवाहरूलाई सक्रिय र जागरूक बनाउने हुँदा युवाहरू देशको सार्वभौमिकता जोगाउन सचेत हुनुपर्ने कुरा राख्नुभयो ।
नेक्रायुसङ्घ, भक्तपुर जिल्ला समितिका उपाध्यक्ष एवं चेस आर्विटर राजकुमार लघुले युवाहरूमा खेलकुदको माध्यमबाट देशभक्तिपूर्ण भावना जगाउनुपर्ने विचार राख्दै सम्पूर्ण कामदार युवाहरू समाजवादी व्यवस्था स्थापनाको सङ्घर्षमा एकबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल बुद्धिचाल सङ्घका आइए निरञ्जन प्रजापतिले खेलको नियमबारे जानकारी दिनुभएको थियो ।
नेक्रायुसङ्घ, मध्यपुरका उपाध्यक्ष वीरकृष्ण प्रजापतिले स्वागत तथा सुरोज प्रजापतिले सञ्चालन गर्नुभएको सो कार्यक्रम सुरेन्द्र थाको सभापतित्वमा भएको थियो ।
आज सम्पन्न प्रतियोगितामा वर्तमान नेपाल च्याम्पियन राजन सुवेदीलगायत पूर्वनेपाल च्याम्पियनहरु बद्रीलाल नेपाली, नवीन तण्डुकार, पुरुषोत्तम चौलागाई वर्तमान नेसनल जुनियर च्याम्पियन पुरुषोत्तम सिलवाल र राष्ट्रिय खेलाडी निकेन कुसाथा, सुरोज महर्जन, धिरेन राई, विक्रम चोकामी ४ अङ्कसहित अग्रस्थानमा छन् । त्यस्तै राजन पुरी, राहुलचौ प्रधान, कपिलदेव नाथ ३.५ अङ्कसहित पछ्याइरहेका छन् ।
देशभरिबाट १७६ जना सहभागी सो प्रतियोगिता ९ चरणमा दुई दिनसम्म चालु हुने कुरा आयोजक समितिले जानकारी दिएको छ ।
Leave a Reply