भर्खरै :

परिवर्तनको निम्ति जनता सङ्गठित हुनु जरुरी

परिवर्तनको निम्ति जनता सङ्गठित हुनु जरुरी

भदौ, २१ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ भनपा वडा नं. १ को आयोजनामा बिहीबार भक्तपुर काण्डको विरोध एवं भत्र्सना कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले इमानको राजनीति गरिरहेको नेमकिपालाई पञ्चायती राज्यस्तरबाट षड्यन्त्र गरी समूल नष्ट गर्ने कुत्सित प्रयास गरिएको बताउनुभयो ।
देश र जनताको हितमा निःस्वार्थरूपमा राजनीति गर्दै आएको पार्टीलाई समूल नष्ट गर्न रचिएको पञ्चायती षड्यन्त्रकै कारण पञ्चायती व्यवस्था अन्त्य भएको उल्लेख गर्दै उहाँले नेमकिपाले देश जोगाउन र बहुसङ्ख्यक जनताको हितको निम्ति आवाज उठाइरहेको बताउनुभयो ।
शासकहरूले कुनै पनि बेला फेरि षड्यन्त्र गर्न सक्ने हुँदा जनता जहिल्यै चनाखो र सचेत हुनुपर्ने आवश्यकताबारे उहाँले चर्चा गर्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले पार्टीले कम्युनिस्टको सिद्धान्त र विचार बस्ती बस्तीमा पु¥याएर परिवर्तनको निम्ति जनतालाई सचेत पार्दै आइरहेको बताउनुभयो ।
नेक्रामसङ्घ नगर समिति भक्तपुरका सचिव मञ्चु लाखाले भक्तपुर काण्डले भक्तपुरका दिदीबहिनीहरूलाई सक्रिय बनाएको र भक्तपुर काण्डको विरोधमा सक्रिय भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा वडा नं. १ पार्टी समितिका अध्यक्ष कृष्णबहादुर दुगुजु, वडा सदस्य सूर्यप्रसाद श्रेष्ठ, कल्पना शिल्पकार, चम्पा खत्री, एन्जेल श्रेष्ठ, शिवलक्ष्मी दुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व बिकुलक्ष्मी कोजुले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *