अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, भदौ २१ । नेपाल मजदुर किसान पार्टी ताथलीका पुराना कार्यकर्ता अमरबहादुर न्हेम्हाफुकीको ७७ वर्षको उमेरमा बिहीबार निधन भयो । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजु र नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष गोविन्द दुवालले पार्टीको झन्डा ओढाएर मृतक न्हेम्हाफुकीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडोलस्थित आफ्नै घरमा लड्दा उहाँको खुट्टाको हड्डी भाँचिएको पाटन अस्पतालमा २२ दिन उपचारपछि भदौ २० गते अपरान्ह २ः३० बजे उहाँको निधन भयो ।
२०२५ सालदेखि नै किसानहरूको पक्षमा लाग्नुभएका न्हेम्हाफुकी पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी किसान सङ्घका पुराना कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ लामो समय नेपाल क्रान्तिकारी किसान सङ्घ ताथलीको अध्यक्ष हुनुभयो । उहाँले पार्टीको निर्देशनमा स्थानीय देवी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रही गरिब जनताका छोरा–छोरीलाई शिक्षा दिने काममा सहयोग गर्नुभएको थियो ।
मृतक न्हेम्हाफुकीका एक श्रीमति, चार छोरा र दुई छोरी हुनुहुन्छ ।
Leave a Reply