अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २३ भदौ । चवालीसौँ नेपालभाषा सहित्य तःमुंज्याको आयोजनामा सहकारी समाजका सहकारीकर्मीहरूको भेला भक्तपुर साकोसको सभाहलमा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा वडा ९ नं वडाध्यक्ष रवीन्द्र ज्याख्वले सहकारी सिद्धान्तविपरीत ब्याजको लोभ र फरक मनसायले राखेको निक्षेप फसेको जनसमुदायको आवाज नगरपालिकामा आएकोले बाहिरबाट आएका मानिसले सञ्चालित सहकारीहरूको गतिविधिहरू नियाल्नुपर्ने बताउनुभयो ।
उहाँले तःमुंज्या पनि वर्गसङ्घर्षको थलो भएको बताउनुभयो ।
उहाँले जनताको सहयोगले जनताको बिचमा हुर्केको तःमुंज्याले जनताको आवाज उठाइरहेको बताउँदै तःमुंज्या कामदार जनताको विश्वविद्यालय भएको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाले देश भरिबाट १२०० वटा सहकारीले बचत फिर्ता नगरेको, १५० वटा समस्याग्रस्त भएको बताउँदै शासक दलका नेता कार्यकर्ताहरूले सहकारी डुवाइरहेको बताउनुभयो । उहाँले अहिले ५० करोड माथिको सहकारीलाई राष्ट्र बैङ्कअन्तर्गत राख्ने सहकारी सिद्धान्त मूल्यमान्यता समाप्त पार्ने काम हुने बताउनुभयो ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष नातिभाइ ह्योम्बा, सांस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापति र भक्तपुर साकोसका निवर्तमान अध्यक्ष बलराम प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply