अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २३ भदौ । सहलह बचत तथा ऋण सहकारी संस्था लि. गोल्मढी, भक्तपुर–७ को आयोजनामा भएको एकहप्ते उद्घोषण तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिका ७ नं. वडाका वडा अध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
तालिममा वडाध्यक्ष कवांले तालिमलाई मेहनतका साथ आफ्नो जीवनमा लागु गर्नुपर्ने बताउनुभयो । उहाँले आफूले सिकेको तालिमलाई अभ्यास गरिरह्यो भने अझ राम्रो हुने र सिकेको सीप निखारिने विचार व्यक्त गर्नुभयो । उहाँले साहित्यको अध्ययनलाई पनि जोड दिनुपर्ने बताउनुभयो ।
सिद्धान्त छोडेको पार्टीले गर्दा नेपाली जनताले दुःख पाइरहेको र आजसम्म सरकारमा गएर शासन गरेका पार्टीहरूले नेपाली जनतालाई विदेश पठाएर देशका नागरिकलाई बेच्ने काम गरिरहेको उहाँले बताउनुभयो । वि.सं.२०४५ सालको भक्तपुर काण्डलाई स्मरण गर्दै नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न षड्यन्त्र गर्ने निरङ्कुश पञ्चायती व्यवस्था अन्ततः आफै अन्त्य भएको बताउनुभयो ।
सहलह बचत तथा ऋण सहकारी संस्था लि.का सल्लाहकार शिवनारायण ग्वाछाले निरन्तर गरिरहने प्रयासले आफूमा हुने डर हट्दै जाने बताउनुभयो ।
प्रशिक्षक किरण सुवालले प्रशिक्षार्थीहरूले एक हप्तामा धेरै प्रगति गरेको र एक हप्तासम्म आफूले सिकेको तालिमलाई निरन्तरता दिनुपर्ने बतानुभयो ।
सहलह बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्याम तजलेले वर्तमान समयमा बचत गर्दा र ऋण कारोबार गर्दा चिनेको मान्छे र समुदायभित्रका सहकारीमा मात्र गर्नुपर्ने बताउनुभयो ।
भदौ १४ गतेदेखि सुरु भएको तालिम भदौ २१ गतेसम्म भएको थियो । समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रम शनिबार भएको थियो । एक हप्तासम्म भएको उद्घोषण तालिममा किरण सुवाल, रामेश्वर मचामसी र धनेशराज राजोपाध्यायले तालिम दिनुभएको थियो ।
संस्थाका उपाध्यक्ष तथा आयोजक युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक एण्डिज ग्वाछाको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक समितिका सदस्य गंगाराम मचामसीले स्वागत मन्तव्य गर्नुभएको थियो भने युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका सदस्य रमेश मचामसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्रशिक्षार्थीहरू रविना कपाली, केशरीमैँया ग्वाछा, रोशनी मचामसी, सुन्दर ग्वाछा, सुनिता प्रधान, सर्मिला न्याइच्याईं, जयप्रसाद ग्वाछा, सोनी लागे, रजल ग्वाछा र चण्डेश्वरी ग्वाछाले बिचबिचमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्रशिक्षार्थीहरू अनिल सुकुपायो, रहनशिला बासुकला, कल्पना तचामो, दीपिका कवां र लक्ष्मीकेशरी सितिखूले तालिमको अनुभव सुनाउनुभएको थियो ।
Leave a Reply