उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
भक्तपुर, २४ भदौ । भक्तपुर नगरपालिका ८ नं. वडा कार्यालयमा बालबालिका र विद्यार्थीलाई सही र सन्तुलित पोषणबारे जानकारी दिने उद्देश्यले बृहत् पोषण प्रदर्शन भयो ।
प्रदर्शनमा ख्वप अस्पतालका नर्सहरूले पोषणबारे स्थानीयवासीलाई जानकारी दिनुभयो । उहाँहरूले बालबालिकालाई कुपोषणबाट बचाउन पोषणयुक्त खानेकुरा खुवाउनुपर्ने जानकारी दिनुभयो ।
प्रदर्शनीमा किशोेर अवस्थामा के गर्ने, गर्भवती र सुत्केरी अवस्थामा के–कस्तो गर्नुपर्छ देखाइएको छ । गर्भवती महिलाले गर्भ जाँच गर्ने, थप खाना खाने, टीडी खोप लगाउने, सरसफाइ, आइरन चक्की खाने, पूर्वतयारी गर्ने, आयोडिन नुन खाने र पारिवारिक सहयोग गर्ने आदि जानकारीमूलक तस्बिरहरू देखाइएको छ ।
नारायणकेशरीका अनुसार यस्तो प्रदर्शनी सबै ठाउँमा देखाउनुपर्छ । राजु गाइजुका अनुसार पोषण प्रदर्शन शिक्षामूलक र उपयोगी छ ।
प्रदर्शनीमा स्थानीय बालबालिका, महिला र विभिन्न विद्यालयबाट विद्यार्थीहरूको सहभागिता थियो ।
Leave a Reply