अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २७ भदौ । भनपा वडा नं. २ महिला तथा स्वास्थ्य समितिको आयोजनामा ‘भक्तपुर काण्ड’ को भत्र्सनास्वरूप बिहीबार विरोध कार्यक्रम भयो ।
कार्यक्रममा पूर्व वडाध्यक्ष रवीन्द्र खर्बुजाले भक्तपुरको काण्डबारे बताउँदै नेमकिपाले देश र जनताको लागि गरेको सङ्घर्षले तिरमिराएका पञ्चहरूले पार्टीलाई समूल नष्ट गर्न भक्तपुर काण्डको षड्यन्त्र गरेको बताउनुभयो ।
“साम्राज्यवादी अमेरिकाकै कारण इजरायल र प्यालेस्टिनको युद्ध, रूस–युक्रेन युद्ध भएको र अमेरिकाकै स्वार्थमा एमसीसी पारित भएको विषयमा नेपालका कुनै पनि शासक दलहरूले विरोध नगरेको चर्चा गर्दै शासक पार्टीहरू सत्तालिप्सामा केन्द्रित रहँदा जनताले दुःख पाइरहेको छ”, उहाँले भन्नुभयो ।
वडा अध्यक्ष हरिप्रसाद बासुकलाले नेमकिपाबाट जितेका भनपाका जनप्रतिनिधिहरूले निःस्वार्थरूपमा जनताको सेवा गरिरहेकाले अन्य राजनीतिक दलहरूलाई आँखाको कसिङ्गर भइरहेको चर्चा गर्दै भक्तपुर काण्डजस्तो षड्यन्त्र आउँदा दिनमा पनि हुनसक्ने भएकोले सचेत हुनु जरूरी छ भन्नुभयो ।
समितिका संयोजक मञ्जु लाखको सभापतित्वमा सम्पन्न कार्यक्रममा रत्नकाजी नातरी, गणेशप्रसाद सुवाल, जगतेश्वरी खर्बुजा, भक्तिमाया कोजु, पूर्णकुमारी लघु, बबीमैयाँ कवां, सर्मिला मानन्धरलगायतले भक्तपुुर काण्डबारे बोल्नुभएको थियो ।
Leave a Reply