कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?
- आश्विन २६, २०८१
गोदावरी (कैलाली), २७ भदौ । चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा बर्सेनि जीर्ण बन्दै गइरहेको छ । विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक गर्भा दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो ।
सरोकार भएका वाला निकायले संरक्षणमा चासो नदिँदा ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार दिन प्रतिदिन खण्डहरमा परिणत हुँदै गएको स्थानीय बताउँछन् ।
राणाकालीन दरबार जीर्ण हुँदै जाँदा पानी चुहिएर पर्खाल भत्किसकेको स्थानीय प्रेम गुरूङले बताउनुभयो । लामो समयदेखि भवन प्रयोगविहीन बनेपछि भत्किँदै गएको भन्दै दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन सुरू भएको उहाँले जानकारी दिनुभयो ।
ऐतिहासिक दरबारको संरक्षण गर्नसके पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना रहेको गुरूङले उल्लेख गर्नुभयो । “राणाकालमा निकै चहलपहल हुने गर्भा दरबारमा २०३२ सालपछि सुनसान बन्दै गएको छ । उक्त दरबारमा २०३३ सालपछि कोही पनि बास नबसेका यहाँका ज्येष्ठ नागरिकहरू बताउनुहुन्छ”, उहाँले भन्नुभयो ।
हावापानी, मौसम र भौगोलिकरूपमा उपयुक्त स्थान भएकाले राणाशासकले गर्भालाई रोजेको हुनसक्ने स्थानीयको बुझाइ छ । परम्परागत इँटामा मासको गाह्रो लगाएर निर्माण गरिएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका छन् । दस रोपनी क्षेत्रफलमा फैलिएको उक्त दरबार तीन खण्ड र तीन तले छ । तत्कालीन राणा शासकले सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुइँतले सुरूङसमेत बनाएको छ । सुरूङ अहिले पुरिएर छ ।
राणा शासक पोत उठाउन खैराला दरबारबाट डोटी बर्छेनको च्युरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैँनी, तेलेको जल्फुमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेका जानकारीहरू बताउँछन् ।
ऐतिहासिक महत्व बोकेको दरबारको मर्मतसम्भारका लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा रू. ६० लाख, आ.व. २०७६÷७७ मा रू. ५० लाख बजेट विनियोजन गरेको थियो ।
बजेट विनियोजन गरे पनि प्राविधिक कठिनाइका कारण बजेट कार्यान्वयन हुन नसकेको पूर्वमुख्मन्त्री दीर्घ सोडारीले बताउनुभयो । उहाँले सो दरबार पुरातत्व विभागअन्तर्गत पर्ने भएकाले आफू मन्त्री हुँदा दरबार संरक्षणको लागि विभागको टोली ल्याएर स्थलगत अवलोकन गराएको जानकारी दिनुभयो ।
सोडारीले भन्नुभयो, “पुरातत्व विभागले दरबारको मर्मतसम्भारका लागि के गर्दै छ भन्ने कुराको सोधखोज भने गरिएको छैन ।”
चुरे गाउँपालिकाले गर्भा दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा राखेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । गर्भा दरबार संरक्षण गरी पर्यटन प्रवद्र्धनको योजना बनाइएको उहाँले उल्लेख गर्नुभयो । पालिकासँग पर्याप्त बजेट नहुँदा प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिएको भन्दै बजेट सुनिश्चित भएपछि योजना कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो ।
Leave a Reply