उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
भक्तपुर, २७ भदौ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले आत्महत्या रोकथाम विश्वमा नै चुनौतीको रूपमा रहेको बताउँदै आत्महत्या रोकथामका उपायहरूबारे समुदायमा विविध गतिविधिहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा स्वास्थ्य स्वयम्सेविकाहरूको सहभागितामा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले आत्महत्या रोकथाममा स्वास्थ्य स्वयम्सेविकाहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले मानसिक र शारीरिक स्वस्थको लागि नियमित खानपान र स्वस्थ जीवनशैली अपनाउनुपर्ने बताउनुभयो ।
सामाजिक विकृति न्युनीकरणले पनि आत्महत्याका घटनाहरूमा कमी आउने बताउँदै उहाँले आत्महत्या रोकथामका लागि सामुदायिक क्रियाकलापमा सहभागिता बढाउनुपर्ने बताउनुभयो ।
रोग लाग्न नदिने उपायहरू अपनाउनुपर्ने बताउँदै उहाँले नियमित स्वास्थ्य जाँच गर्न सके सम्भावित रोगहरूबाट बच्न सकिन्छ भन्नुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले आत्महत्या गम्भीर र संवेदनशील समस्या भएको हुँदा आत्महत्याको कारण समयमै पहिचान गरी आवश्यक परामर्श लिनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नपाका स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासिवाले स्वास्थ्य स्वयम्सेविकाहरू समाजसँग नजिक बसेर काम गर्ने सामाजिक कार्यकर्ता भएको हुँदा आत्महत्याबारे जनचेतना जगाउन स्वास्थ्य स्वयम्सेविकाहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
हे.अ. कमलकेशरी राजचलले आत्महत्याको कारण र रोकथामका उपायबारे प्रस्तुतीकरण देखाउँदै आत्महत्या रोकथाममा समुदायको भूमिका आवश्यक भएको बताउनुभयो ।
Leave a Reply