पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
भक्तपुर, २ असोज । वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ का सामान्य कानुन विषयका विद्यार्थीहरूको आयोजनामा बुधबार एक समारोहबिच संविधान दिवस मनाइएको छ ।
कार्यक्रममा कानुन अध्ययन समाजका प्रतिनिधि एवम् अधिवक्ता विकल प्रजापतिले संविधानका हरेक पक्षमा हेर्नुपर्नेमा संवैधानिक अङ्गका मुख्य पदाधिकारीहरूले नै नहेर्दा देश दुर्घटनामा परेको बताउनुभयो । उहाँले विद्यार्थीहरू नै देशका मुख्य अङ्गमा पुग्नुको विकल्प नभएको बताउँदै अहिलेबाटै संविधानका हरेक पक्षमा अध्ययन गर्नुपर्ने औँल्याउनुभयो । संविधान पालना गर्नु सबैको कर्तव्य भएको बताउँदै उहाँले संविधानप्रदत्त मौलिक हक अधिकारको कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।
अधिवक्ता एवं शिक्षक पुरुषोत्तम ग्वाछाले संविधानका विविध पक्षमा विद्यार्थीहरूले ज्ञान हासिल गर्नुपर्ने बताउँदै सही ठाउँमा पुगी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
अधिवक्ता एवं शिक्षक प्रेम प्रजापतिले संविधानका मौलिक हकअन्तर्गत सूचनाको हक कार्यान्वयनमा ल्याउन राज्य आफै बाधक भइरहेको बताउनुभयो । उहाँले संविधानमा रहेका हक अधिकारको सहीरूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै देशको मूल कानुन संविधानको कार्यान्वयन गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बताउनुभयो ।
अधिवक्ता एवं शिक्षक राजन लाखाले कानुनका विद्यार्थी स्वनियममा बस्नुपर्ने बताउँदै यो कार्यक्रमले विद्यार्थीहरूका लागि नयाँ ज्ञान दिन सार्थक भएको बताउनुभयो ।
अधिवक्ता एवं शिक्षक प्रजापति खनालले देशभक्ति गीत गाउँदै संविधान दिवसको शुभकामना दिनुभयो । कक्षा १२ का विद्यार्थी रघुनन्दर महत्तोको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरूले संविधानका विभिन्न पक्षका बारेमा बताएका थिए ।
Leave a Reply