पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
भक्तपुर, २ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालसँग भेट गरी ख्वप कलेजमा नयाँ शैक्षिक कार्यक्रम र कोटा थपको लागि आग्रह गर्नुभयो ।
प्रमुख प्रजापतिले ख्वप कलेजले प्रक्रियाअनुसार वर्षाैँ पहिलेदेखि बीएससी सीएसआइटी कार्यक्रम थपको लागि माग गर्दै आए पनि अहिलेसम्म प्राप्त नभएको सम्बन्धमा उपकुलपतिको ध्यानाकर्षण गर्नुभयो ।
उहाँले भनपाले विभिन्न कलेजहरू सञ्चालन गरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउँदै नयाँ कार्यक्रमको लागि त्रिविबाट पटकपटक अनुगमनसमेत भइसक्दा पनि स्वीकृति प्राप्त नहुँदा धेरै विद्यार्थीहरू नयाँ विषय अध्ययन गर्नबाट वञ्चित हुनुपरेको स्पष्ट पार्नुभयो ।
बीबीएममा निश्चित कोटा निर्धारण गरेकोमा विद्यार्थीहरूको चाहनाअनुसार भर्ना गर्न नपाएको हुँदा कोटा थपको लागि पनि उहाँले आग्रह गर्नुभयो ।
सो क्रममा उपकुलपति प्रा.डा बरालले भनपाले शिक्षाबारे गरिरहेको कार्यबारे आफू जानकार भएको हुँदा स्थानीय सरकारले गरेको काममा आफ्नोतर्फबाट सहयोग हुने विश्वास दिलाउनुभयो ।
उहाँले ख्वप कलेजले माग गरेका विषयहरूमा कार्य समितिमा बसेर प्रक्रिया अगाडि बढाउने र छिट्टै निर्णय गर्ने वचन दिनुभयो ।
सो क्रममा भाजुपोखरीको डील सम्बन्धमा भक्तपुर कलेजसँग विवादबारे पनि छलफल भयो ।
भाजुपोखरी र भक्तपुर क्याम्पस दुवै सरकारी नै भएको हुँदा सम्पदाको सुन्दरता र मौलिकतामा आँच नपुग्ने गरी डील खाली गर्नु आवश्यक रहेको प्रमुख प्रजापति भन्नुभयो ।
यस सम्बन्धमा नपा, कलेज र त्रिवि प्रतिनिधिहरू बसेर सहमति गर्ने भएको छ ।
छलफलमा विश्वविद्यालयको तर्फबाट रजिस्टार प्रा.डा. केदार रिजाल, रेक्टर प्रा.डा खड्ग केसी र भनपा वडा नं. १ का वडाध्यक्ष श्याम खत्री र ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठको उपस्थिति थियो ।
Leave a Reply