पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
नेपालको पछिल्लो तथ्याङ्कअनुसार करिब ६ प्रतिशत किशोरी अति मोटोपनको सिकार भएका छन् । यी किशोरी दाम्पत्य जीवनमा प्रवेश गर्दा उनीहरूमा गर्भावस्थामा समस्या देखिन सक्ने सम्भावना बढी छ ।
३० वर्षीया मीना (नाम परिवर्तन) ८० किलोकी थिइन् । उचाइअनुसार उनी ५३ किलोमात्र हुनुपथ्र्याे । २३ वर्षको उमेरमा विवाह भए पनि ७ वर्षसम्म गर्भ रहेन । जाँच गर्दा कलेजोमा बोसो जमेको देखियो । चिकित्सकले उनलाई २०–३० किलो घटाए मात्र गर्भ रहने सम्भावना हुन्छ भनेका थिए । एक वर्षमा उनले चिनी, पत्रु खाना, धेरै बोसो भएको, कोल्ड ड्रिङ्क त्यागिन् । साथै योग गरेर २० किलो घटाउन सफल पनि भइन् । त्यो बेला उनी चिकित्सककै निगरानीमा थिइन् । तौल घटेपछि उनलाई भ¥याङ उक्लन–ओर्लन पनि सजिलो भयो । महिनावारी पनि समय समयमा हुन थाल्यो । पहिले कहिले २ महिना त कहिले ३ महिनामा हुन्थ्यो । पाठेघर जाँच गर्दा पानीको फोकाजस्तो देखिएको थियो, जब तौल घटाइन्, ‘सिस्ट’ पनि कम हुँदै गयो । अन्ततः उनको प्राकृतिक तरिकाले गर्भ रहन गयो । कलेजोमा जमेको बोसो पनि कम भयो । उनी र उनका श्रीमान् एकदम खुसी भएका थिए । “चिकित्सकको सल्लाहले तौल घटाएपछि, मेरो सम्पूर्ण स्वास्थ्यमा नै सकारात्मक असर पर्यो,” मीनाले भनेकी थिइन् ।
मीनाजस्ता कतिपय होलान्, जसले किशोर अवस्थामा नै मोटो हुँदा धेरै वास्ता गर्दैनन् । तिनलाई पछि अनेक समस्या आइपर्ने सम्भावना हुन्छ । गर्भ नरहेपछि आधुनिक प्रविधि प्रयोग गरेर गर्भवती हुनुपर्यो भने सबैलाई सहज हुँदैन । सबै युवतीमा मीनाको जस्तै सुखदरूपमा गर्भ नरहन पनि सक्छ ।
नेपाली महिलाको सरदर आयु झन्डै ७४ वर्ष पुगेको छ । यो जनस्वास्थका दृष्टिकोणले सफलता हो । तर, पछिल्लो सरकारी तथ्याङ्कले देखाउँछ, ३५ प्रतिशत नेपाली महिला मोटोपनको सिकार भएका छन् ।
त्यस्ता महिला प्रायः ठुला सहर (काठमाडौँ, वीरगन्ज, विराटनगर, नेपालगन्ज) का ५३ प्रतिशत छन् भने ग्रामीण गरिब परिवारका २० प्रतिशत । ३५ प्रतिशत महिला मोटोपनको सिकार हुनु र अस्पतालमा जाँच गर्न आएका ५७ प्रतिशत महिलाको कलेजोमा बोसो जमेको देखिनुले नेपाली महिलाको स्वास्थ्य खराब छ भन्ने देखिन्छ ।
मोटोपनसँगै मधुमेह, मुटु, मिर्गौला र कलेजोमा समस्या देखिएको छ । आर्थिकरूपमा सबल महिला मात्र होइन कतिपय ठाउँमा आर्थिकरूपमा अक्षम महिलामा पनि कलेजोमा समस्या देखिन सक्छ । कलेजोमा बोसो जम्नुको प्रमुख कारणमध्ये मोटोपन, भोजन, शारीरिक निष्क्रियता, विभिन्न किसिमका औषधि पनि हुन सक्छन्, भारतका प्रसिद्ध कलेजो विज्ञ डा. एसके सरिन भन्छन्, “जसरी मुटु खराब हुँदा अनेक समस्या पर्छ, त्यसैगरी कलेजोको स्वास्थ्यले सम्पूर्ण स्वास्थ्यको झलक देखाएको हुन्छ ।”
कलेजो स्वस्थ राख्न के गर्न सकिन्छ भनेर उनले किताबसमेत लेखेका छन् । उनी लेख्छन्, “पहिले पहिले ग्रिक समुदायमा मुटु, फोक्सो होइन कलेजो शरीरको एक अति महत्वपूर्ण अङ्ग भनेर त्यसलाई पूजासमेत गर्ने चलन रहेछ । कुनै अङ्गलाई पूजा गर्नुको मतलब त्यसको महत्व कति छ भनेर दर्साउँछ ।” उनको अनुभवले भन्छ, महिला र पुरुषको कम्मर ३५ सेमि, ३८ सेमिभन्दा बढी छ भने त्यस्ता व्यक्तिमा कलेजोको समस्या हुन सक्ने सम्भावना बढी हुन्छ ।
कलेजोमा बोसो जम्ने प्रमुख कारण ‘रक्सी’ हो । तर, रक्सी नखाने व्यक्तिमा पनि कलेजोमा बोसो जम्ने समस्या देखिन्छ । यसको प्रमुख कारण नै पत्रु खाना, धेरै गुलियो, चिल्लो, तारेको खाना हो । कतिपय भन्छन्, “व्यायाम पर्याप्त गरेपछि जे जति खाए पनि हुन्छ ।” यो गलत हो । फिनल्यान्डका सामी इनकिनेन विश्व प्रसिद्ध ‘टाकिया’ कम्पनीका मालिक थिए ।
अमेरिका गएर उनले व्यापार सुरु गरे । अर्बौं सम्पत्ति भए । उनी एक दिनमा ५ घण्टा व्यायम गर्थे तर ३८ वर्षको नहुँदै उनमा स्वास्थ्य समस्या देखियो । रगत जाँच गर्दा उनमा चिनीको मात्रा धेरै देखियो । मधुमेह भइसकेको थिएन । उनी त खेलाडीले पिउने इनर्जी ड्रिङ्क प्रयोग गर्दा रहेछन् । यसको अर्थ व्यायाम गरेर, खेल खेलेर मात्र हुँदैन, स्वस्थकर भोजनको पनि त्यति नै महत्व रहन्छ ।
अनेक किसिमका पत्रु खाना खाने, कोल्ड ड्रिङ्क लिनेहरूलाई कलेजो र मुटुमा समस्या पर्न जान्छ । त्यसैले मुटु, मिर्गौला र कलेजो स्वस्थ राख्न के गर्न सकिन्छ भनेर ठाउँठाउँमा छलफल गर्ने बेला भएको छैन र ?
Leave a Reply