यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ३ असोज । ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लि.को दोस्रो साधारणसभाबाट निर्वाचित अध्यक्ष ज्ञानेन्द्र महर्जनलगायतको पद बहाली कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सार्वजनिक यातायातको साधन सञ्चालन गर्नेहरूले सडक यात्रुलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै चालक र परिचालकको स्वास्थ्य र गाडीको अवस्थाबारे बरोबर परीक्षण गराई दुर्घटनाबाट बचाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सार्वजनिक यातायातका गाडी रोक्दा कार, जीप, बाइकलगायतलाई अप्ठेरो नहुने गरी रोक्नुपर्ने उल्लेख गर्दै सांसद सुवालले जनता र जनप्रतिनिधि मिलेर समस्याबारे सरकारको ध्यानाकर्षण गराउने र सरकारले जनताको समस्या सम्बोधन गर्नुपर्ने औँल्याउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेतृत्वसँग त्याग, तपस्या र बलिदानको भावना हुनु जरूरी हुन्छ । नेतृत्व बिग्रिए कतिपय सहकारी संस्था र देश बिग्रिएजस्तै यातायात प्रा.लि. पनि बिग्रिनेछ । ३–४ पटक मन्त्री भएकाले आफ्नो पुस्तकमा मन्त्री पद भ्रष्टाचारको पर्याय बनेको उल्लेख गरे । विदेशमा सम्पत्ति राख्ने, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने, सुन तस्कर, स्काउटको जग्गा र भवन कब्जा गर्ने, बाँसबारीको सरकारी जग्गा कब्जा गर्ने, ललिता निवास र गिरिबन्धुको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने, वाइडबडी जहाज खरिद, स्टिकर छपाइ, गोकर्ण रिसोर्टको सरकारी जग्गा बहाल, बालमन्दिरको सरकारी जग्गा बहाल, तारा गाउँ विकास समितिको १५०० रोपनी जग्गा होटल हाइयाटलाई बिक्रीलगायतमा भएको भ्रष्टाचारमा प्रधानमन्त्री र मन्त्रीहरू मुछिएको सार्वजनिक भइरहेको छ ।
यातायात सेवाका व्यवसायीहरू इमानदार र देशभक्त हुनुपर्ने उल्लेख गर्दैै सांसद सुवालले नयाँ कार्य समितिबाट यात्रुहरूको थप सेवा हुने अपेक्षा राख्नुभयो ।
कार्यक्रममा निर्वाचन अधिकृतहरू किरण न्यौपाने, रामप्रसाद प्रजापति, निर्वाचित अध्यक्ष ज्ञानेन्द्र महर्जन, निवर्तमान अध्यक्ष राजु लोहला, रामकाजी भुजुलगायतले मन्तव्य राख्नुभएको थियो ।
यात्रु लाई पहिलो स्थानमा राखेर सेबा दिए पनि ट्रफिकले पैसा खान लाई दुखमा झन दुख दिन्छ , अब दसै आउदै छ सपै चौकि ट्रफिक लाई दक्षिणा दिएर ठिक ।