चे, फिडेलको संस्मरणमा – १५
- कार्तिक ७, २०८२
जेनेभा, ३ असोज (एएफपी) । कोभिड महामारीबाट सिकेका पाठहरूले अफ्रिकामा हाल फैलिरहेको एमपक्स महामारीको सामना गर्न विश्वलाई तयार पारेको ‘गाभी’ खोप सञ्जालले जनाएको छ ।
“कोभिड सङ्क्रमणले मङ्खवपूर्ण शिक्षा सिकायो र ती शिक्षाहरू अहिले काम लागिरहेका छन्”, गाभीकी प्रमुख सानिया निश्तारले भन्नुभयो ।
“कोभिड महामारी फैलिएको समयका ती सिकाइहरू विशेष उपकरणमा परिणत भए जुन अहिले प्रयोगमा आउँदैछन्”, पाकिस्तानका पूर्व स्वास्थ्यमन्त्रीले यस हप्ता बताउनुभयो ।
सन् २०२० को सुरुमा फैलिएको कोभिडले विश्वव्यापी स्वास्थ्य सङ्कटको सामना गर्न अन्तर्राष्ट्रिय समुदाय पूर्ण रूपमा तयार नभएको कुरा सिद्ध ग¥यो । यसले विश्वव्यापी खोप असमानतालाई पनि छर्लङ्ग पारेको थियो ।
देशहरू अझै पनि स्वास्थ्य सङ्कटकालको समयमा तयारी सुनिश्चित गर्ने नयाँ महामारी सन्धिमा सहमत हुन सङ्घर्ष गरिरहेका छन् । तर गरिब देशमा खोपको पहुँच बढाउन काम गर्ने गाभी आपत्कालीन अवस्थालाई सम्बोधन गर्न विश्वव्यापी सम्झौताको पर्खाइमा नरहेको निश्तारले बताउनुभयो ।
गाभीले गत जुनमा स्वास्थ्य आपतकालिन समयमा खोपका लागि आवश्यक रकम द्रुत रूपमा उपलब्ध गराउन पाँच सय डलर मिलियनको ‘प्रारम्भिक प्रतिक्रिया कोष’ स्थापना गरेको थियो ।
गाभीले डेनमार्कको औषधि उत्पादन कम्पनी बवेरियन नर्डिकसँग महामारीबाट प्रभावित अफ्रिकी देशका लागि यसको एमभीए–बीएन एमपक्स खोपको पाँच लाख डोज खरिद गर्न सम्झौता गरेसँगै बुधबार कोषको रकम पहिलोपटक प्रयोग भएको घोषणा गरेको छ ।
“हामीले खोप खरिद गर्न प्रारम्भिक प्रतिक्रिया कोषबाट पाँच करोड डलर खर्च गरेका छौँ”, निश्तारले भन्नुभयो ।
पहिले मंकीपक्स भनेर परिचित एमपक्स जनावरहरूद्वारा मानिसमा सर्ने भाइरसका कारण हुन्छ तर नजिकको शारीरिक सम्पर्कबाट पनि मानिसबाट मानिसमा सर्न सक्छ । यसले ज्वरो, मांसपेशी दुख्ने र छालामा ठुला फोकाजस्ता घाउ निम्त्याउँछ र केही अवस्थामा घातक हुन सक्छ ।
विश्व स्वास्थ्य सङ्गठनले गत महिना कङ्गोमा नयाँ क्लेड १ बी भेरियन्टको सङ्क्रमण तीव्र भएपछि एमपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।
जनवरीदेखि अगस्टको बिचमा कङ्गोमा लगभग २२ हजार एमपक्स सङ्क्रमित फेला परेका थिए भने ७०० भन्दा बढीको मृत्यु भएको थियो ।
‘अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ ले महाद्वीपलाई एमपक्स खोपको १ करोड डोज प्राप्त गर्न आह्वान गरेको छ । हालसम्म अफ्रिकामा ३६ लाख खोप प्राप्त भएको छ ।
गभीले गत जूनमा हैजा, इबोला, मेनिन्जाइटिस र पहेँलो ज्वरो विरुद्धको खोपको भण्डारण जस्तै सन् २०२६ देखि एमपक्स खोपको विश्वव्यापी भण्डार निर्माण गर्ने निर्णय गरेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकाका लागि खोप उत्पादन “एक्सेलेरेटर” पनि सुरु गरेको छ ।
“समग्रमा हामी कोभिडको तुलनामा धेरै राम्रो परिदृश्यमा छौँ”, निश्तारले भन्नुभयो ।
Leave a Reply