नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
द्वन्द्व रोकथामलगायतका अन्तर्राष्ट्रिय रूपमा लागु हुने मापदण्डहरूको निर्माणमा चीनको विकसित भूमिकाले विश्वको ध्यान आकर्षित गरेको छ । यसको बढ्दो आर्थिक, राजनीतिक र सैन्य शक्तिको साथ चीन एक प्रमुख शक्ति राष्ट्रको रूपमा उभिएको छ र विद्यमान द्वन्द्व व्यवस्थापन र रोकथाम संरचनाहरूमा परिवर्तनहरू खोजेको छ । चीनको अन्तर्राष्ट्रिय संलग्नताले सार्वभौमसत्ता, गैरहस्तक्षेप र सुरक्षा मापदण्डहरूको पालना र सम्मान गर्दछ ।
हालैका वर्षहरूमा चीनले बहुपक्षीय संरचनाहरू, मुख्यतया संयुक्त राष्ट्र सङ्घको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्धहरूमा द्वन्द्व रोकथामका मापदण्डहरू प्रवद्र्धन गर्न सक्रिय भूमिका खेलेको छ । संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापनामा चीनको बढ्दो योगदान र संयुक्त राष्ट्र सङ्घका अन्य गतिविधिहरूमा चीनको संलग्नताले विश्व मञ्चमा आफ्नो स्थान बढाएको छ ।
चीनले राज्यको सार्वभौमसत्ता र गैरहस्तक्षेपमा आधारित द्वन्द्व रोकथाम सिद्धान्तहरूमा जोड दिन्छ । यो दृष्टिकोणले पश्चिमी देशहरूद्वारा प्रचारित आक्रामक नीतिबाट बिदाइको सङ्केत गर्छ र पश्चिमी सभ्यताका सिद्धान्तमा आधारित परम्परागत ढाँचाहरूलाई चुनौती दिन्छ, जहाँ तथाकथित लोकतन्त्र र मानवअधिकारलाई द्वन्द्व रोक्नको लागि आधारभूत उपायहरूको रूपमा हेरिएको थियो ।
फलस्वरूप, अफ्रिका र दक्षिणपूर्वी एसियाजस्ता क्षेत्रहरूमा, विशेषगरी आफ्नो मामिलामा अन्तर्राष्ट्रिय हस्तक्षेपबाट बच्न र आर्थिक वृद्धिलाई प्राथमिकता दिने देशहरूमा चीनका कार्यहरू झन्झन् लोकप्रिय हुँदै गइरहेका छन् ।
यसबाहेक, चीनले क्षेत्रीय स्तरमा, विशेषगरी एसियामा सङ्गठनहरूमा आफ्नो पदचिह्न गहिरो पार्दै छ । साङ्घाई सहयोग सङ्गठन (एससीओ) र अन्य समान सङ्गठनहरूमा सक्रिय भूमिका खेल्दै चीनले द्वन्द्व रोकथामको आफ्नो दृष्टिकोण फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ जुन विश्वव्यापी दक्षिणी देशहरूले व्यापकरूपमा स्वीकार गरेका छन् ।
चीनको द्वन्द्व रोकथाम रणनीतिहरू पनि यसको आर्थिक नीतिहरूसँग सम्बन्धित छन् । आर्थिक विकास नै द्वन्द्वबाट बच्ने उपाय हो भन्ने चीनको विश्वास छ । यसलाई यसको बेल्ट एन्ड रोड इनिसिएटिभले राम्रोसँग उदाहरण दिएको छ, जहाँ पूर्वाधारहरूलाई व्यापारिक अवसरको रूपमा मात्र नभई अस्थिर क्षेत्रहरूमा स्थायित्व बढाउन मद्दत गर्ने माध्यमको रूपमा पनि हेरिन्छ, किनकि यो व्यापकरूपमा विश्वास गरिन्छ कि आर्थिक विकासको मद्दतले सामाजिक स्थिरता सुरक्षित गर्न सकिन्छ ।
चीनले विश्वभर द्वन्द्व र अस्थिरताको जोखिमलाई न्यूनीकरण गर्न शान्तिको रक्षक र जिम्मेवार राष्ट्रको रूपमा आफूलाई स्थापित गर्न विशेषगरी पछिल्लो दशकमा धेरै कदमहरू चालेको छ । यसका कैयौँ उदाहरणहरू छन् : अफगानिस्तान, म्यानमार र अफ्रिकी देशहरूमा द्वन्द्व मध्यस्थता प्रयासहरूमा संलग्न; २ अर्ब डलरको संयुक्त राष्ट्र शान्ति विकास ट्रस्ट कोष सिर्जना गर्दै; साउदी अरेबिया र इरानबिचको वार्ताको मेजबानी (मध्यस्थता) जुन दुई देशहरूबिचको कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने घोषणा गर्दै संयुक्त वक्तव्यमा टुङ्गोमा पु¥याउनसक्नु र प्यालेस्टिनी गुटहरूलाई पेइचिङमा एकसाथ ल्याएर विभाजनको अन्त्य र प्यालेस्टिनी राष्ट्रिय एकतालाई सुदृढ पार्ने उद्देश्यले पेइचिङ घोषणापत्रमा हस्ताक्षर गराउन सफल हुनु ।
द्वन्द्व रोकथाम र व्यवस्थापनमा चीनको बढ्दो सहभागिताले विश्वव्यापी प्रणालीमा विभिन्न प्रभाव पारेको छ । राज्यको सार्वभौमसत्ता, गैरहस्तक्षेप र स्थिरता हासिल गर्ने माध्यमको रूपमा आर्थिक वृद्धिको वकालत गर्ने मापदण्डहरूमा संलग्न भएर, चीनले प्रभावकारीरूपमा लोकतन्त्रको पश्चिमी ‘उदारवादी’ मोडेल र शान्ति निर्माणमा नागरिक समाजको संलग्नताको विकल्प प्रस्ताव गरिरहेको छ ।
(लेखक यूएईको अबु धाबीमा रहेको स्वतन्त्र र प्रगतिशील थिङ्क ट्याङ्क– ट्रेन्ड (TRENDS) रिसर्च एन्ड एडभाइजरीका शोधकर्ता हुनुहुन्छ ।)
– ग्लोबल टाइम्स
अनुवाद : प्रकाश
Leave a Reply