सामाजिक सञ्जालमा नेमकिपाविरूद्ध प्रकाशित झूटा समाचारको खण्डन
- आश्विन २८, २०८१
भक्तपुर, ५ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा समय बचत तथा ऋण सहकारी संस्था लि.को १४ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभाको उद्घाटन गर्दै अध्यक्ष रोहितले सहकारी र पुँजीवादको भिन्नताबारे जनतालाई स्पष्ट पार्नुपर्ने उल्लेख गर्दै नेपालको प्राकृतिक स्रोत र साधन शासक पार्टीहरूले विदेशीलाई सुम्पी देशघाती कार्य गरिरहेको उल्लेख गर्नुभयो ।
सहकारीले कृषि उत्पादनलाई टेवा दिनुपर्ने र सीपमूलक तालिमहरू सञ्चालन गरी सदस्यहरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्थालाई निजी फाइनान्स कम्पनी वा निजी बैङ्क बनाउन दिएर बहुमत गरिब किसानहरूलाई विश्वासघात गरिरहेको छ । सहकारीले सदस्यहरूलाई फाइदा हुने कामभन्दा बैङ्कहरूलाई पुँजी सङ्कलन गर्न दिने काम गर्नु गलत हो ।”
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सहकारी व्यवस्थापन विषयमा पढाइ हुने व्यवस्था गर्न सहकारी क्षेत्रले सहयोग गर्नुपर्ने, कक्षा १२ पास हुने बित्तिकै विदेशमा पढ्न तथा कामको लागि जाने प्रवृत्तिले स्नातक र स्नातकोत्तर कक्षामा विद्यार्थी नहुनु चिन्ताजनक विषय रहेको बताउनुभयो ।
भनपा ८ नं वडाका वडाध्यक्ष कृष्णप्रसाद कोजुले युवाहरू दुव्र्यसनीमा फस्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै युवा तथा महिलाहरूलाई जनचेतनामूलक कार्यक्रममार्फत सचेत गराउनु जरूरी छ भन्नुभयो ।
नेस्फ्कुनका सञ्चालक सदस्य मन्दरा मिश्रले विश्वासिलो सहकारी संस्थामा मात्र रकम जम्मा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का सञ्चालक काजीबहादुर पञ्च र सिद्धि गणेश साकोसका उपाध्यक्ष विश्वराम दुमरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष श्यामसुन्दर बेकोजुको अध्यक्षतामा सम्पन्न भएको बन्दसत्रमा संस्थाका पदाधिकारीहरूले आ–आफ्नो समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply