भर्खरै :

भक्तपुर बचतमा एकमहिने नाटक लेखन तथा अभिनयकलाको समापन

भक्तपुर बचतमा एकमहिने नाटक लेखन तथा अभिनयकलाको समापन

भक्तपुर, ५ असोज । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उपसमितिको आयोजनामा नाट्यकर्मी समाज नेपालको प्राविधिक सहयोगमा भएको एकमहिने नाटक लेखन तथा अभिनयकलाको शनिबार समापन भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देश र समाजको क्षेत्रमा यस तालिमले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
उहाँले अभिनयसँगै जीवन सार्थक बनाउन निरन्तर अध्ययन गर्नुपर्नेमा जोड दिँदै नियमित अन्तरक्रिया र गोष्ठी भएमा त्यसले जीवन्तता प्रदान गर्ने बताउनुभयो ।
विषय छनोटमा बुद्धि र विवेक पु¥याउनुपर्ने बताउँदै उहाँले पँुजीवादको जग भ्रष्टाचार भएकाले त्यस व्यवस्थाविरुद्ध कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका अन्याय अत्याचार, दमन र उत्पीडनलाई कथाको विषयवस्तु बनाएमा नाटकले देश र समाजको सेवा गर्ने बताउनुभयो ।
साहित्य र विचार पक्षमा जोड दिँदै उहाँले सुन्दर समाज निर्माणका लागि नाटक क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले यस तालिम सामाजिक उत्तरदायित्वकै सिलसिला भएको चर्चा गर्दै संस्थाले समाज र सदस्यका लागि सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, खेलकुद र अन्य सामाजिक महत्वका विविध क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो ।
उहाँले संस्थामा वित्तीय अनुशासनलाई कडाइ गरिरहेको बताउँदै संस्थाका पदाधिकारीहरु व्यक्तिगत आर्थिक प्रलोभनमा परी काम नगरेको स्पष्ट पार्नुभयो ।
उहाँले प्राप्त सीप र ज्ञान समाज र सदस्यको लागि उपयोग गर्न जोड दिनुभयो ।
प्रशिक्षक लक्ष्मीनारायण चवालले हरेक कलाकारले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्दाभित्र र बाहिरको भूमिकाबारे स्पष्ट पार्दै नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) को नाटकीय क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्न यस तालिमको विशेष भूमिका हुने बताउनुभयो ।
आयोजक समितिका संयोजक नारायणी खोंजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रशिक्षार्थीहरुको तर्फबाट ‘से नो टु ड्रग्स’, ‘नातावाद स्वाहा’ र ‘ड्रग्स एडिग्सन’ नाटक मञ्चन भएको उक्त कार्यक्रममा आयोजक समितिका सदस्य प्रज्वल प्रजापति, उज्वल ह्योंगजुले पनि बोल्नुभएको थियो । लक्ष्मीनारायण चवाल र जय प्रजापतिले दिएको उक्त तालिममा ३१ जना सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *