भर्खरै :

व्यक्तिवादी सोचले ग्रस्त पश्चिमाहरू पूर्वबाट सिक्दै छन्

व्यक्तिवादी सोचले ग्रस्त पश्चिमाहरू पूर्वबाट सिक्दै छन्

भक्तपुर, ५ असोज । नेपाली लेखकहरुद्वारा लेखिएका दर्शनशास्त्रका पुस्तकहरु थोरै छन् भन्दा फरक नपर्ला । तर, वरिष्ठ पत्रकार एवं मनोविज्ञ घनश्याम खडकाद्वारा लिखित ‘आनन्दसंहिता’ नामक पुस्तक भर्खरै प्रकाशित भयो । लेखकसँगको अन्तरसम्बाद कार्यक्रमका बीच लेखक खड्काले व्यक्तिवादी सोच र सस्कार, भौतिक वस्तुको पछाडि दौडिँदै गरेका नयाँ पुस्तामा पलाएको अति महत्वकाक्षाले उनीहरु विस्तारै अवसाद (डिप्रेसन) र मानसिक रोगका सिकार हुँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । स्वयंलाई नियन्त्रण गर्दै अरुको दुुःखलाई आत्मसाथ गर्ने करुणाभावको विकास गर्ने कलाको अभ्यासगर्नसके समाजमा देखिएको यस समस्याबाट पार लगाउन सकिने विश्वास लेखकले अभिव्यक्त गरे । यहि कुरालाई मनन गरी आधुनिक मनोविज्ञानले खुट्याएका र हाम्रै पूर्वीय दर्शन विशेषगरी बौद्ध दर्शनमा निहित सम्यक दृष्टि र सम्यक आचरणका बारेमा जागरण ल्याउने उद्देश्यले पुस्तक लेख्नुपरेको दाबी लेखक खड्काले गर्नुभयो ।
देकोचास्थित जेन्यूइन स्कूलको सभाहलमा सम्पन्न सो पुस्तक संवाद कार्यक्रममा लेखक अभय श्रेष्ठले संसारका महान् साहित्यकारहरु नै अवसादको सिकारमा परेर आफ्नो जीवनलाई आफैले समाप्त पारेका धेरै उदाहरण भएकोले आध्यात्मिक चिन्तनको पनि आवश्यकता रहेको विज्ञानले सुझाएको बताउनुभयो । अर्का लेखक तथा साहित्यकार हरिहर तिमल्सिनाले पुस्तक चर्चा र संवादको महत्वबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा लेखकसँग संवादको सहजिकरण शिक्षक योगेन्द्रमान बिजुक्छेँले गर्नुभएको थियो भने स्वागत विद्यालयका प्रिन्सिपल अनन्त घिमिरेले गर्नुभएको थियो ।
पुस्तकका विविध पक्षका बारेमा सौगात गेलाल, राजेश जुश्रेष्ठ, ज्योती राजभण्डारीलगायतले आफ्नो जिज्ञासा लेखकसँग रोखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *