पत्रकार, लेखक र साहित्यकारको लेखले जनताको सेवा गर्नमा थप हौसला प्रदान
- भाद्र १३, २०८३
भक्तपुर, ६ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी परिसर, भक्तपुर र सरोकारवाला निकायको सहभागितामा लागूऔषध ओसारपसार तथा दुव्र्यसन नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम टौमढी क्षेत्रमा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले लागूपदार्थले मानिसको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले यसको कुलतबाट जोगाउन युवा पुस्तालाई विभिन्न गतिविधिहरूमा लाग्न आग्रह गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य सँगसँगै संस्कृति संरक्षणलाई महत्व दिंदै विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिँदै भक्तपुरलाई जीवन्त सहर बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमका सभापति एवं प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले लागूऔषध ओसारपसार तथा दुव्र्यसन नियन्त्रणको लागि आयोजना गरिएको जनचेतनामूलक कार्यक्रमले भक्तपुरवासीलाई सकारात्मक सन्देश दिने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर जिल्लास्तरीय अन्तर विद्यालय कविता लेखन प्रतियोगितामा कविता वाचनका लागि छानिएका उत्कृष्ट १० जना विद्यार्थीहरूमध्ये मेरिगोल्ड ई.से. स्कूलका आन्भी पाण्डे प्रथम, मेरिगोल्ड ई. से. स्कूलकै आसुतोष पोखरेल द्वितीय, राजर्षी गुरूकुलका प्रनिसा खड्का तृतीय र गणेश मावि, सूर्यविनायकका संजिता थापामगर सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रशंसा पत्रका साथै अन्य उपहार प्रदान गर्नुभएको थियो ।
प्रहरी निरीक्षक सानु श्रेष्ठले लागूऔषध न्यूनीकरण कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
Leave a Reply