भर्खरै :

इजरायली नेतन्याहु ‘युद्ध अपराधी’ हुन् : कोलम्बियाली राष्ट्रपति पेट्रो

इजरायली नेतन्याहु ‘युद्ध अपराधी’ हुन् : कोलम्बियाली राष्ट्रपति पेट्रो

संयुक्त राष्ट्र सङ्घ, २५ सेप्टेम्बर (प्रेस टीभी) । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले घेराबन्दी गरिएको गाजापट्टीमा जारी इजरायली नरसंहारको अन्त्य गर्न आह्वान गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई ‘युद्ध अपराधी’ को संज्ञा दिनुभएको छ ।
गाजामा लगातार बमबारी गरेकोमा नेतन्याहुको आलोचना गर्दा पेट्रोले मङ्गलबार संयुक्त राष्ट्र महासभामा आफ्नो भाषणको क्रममा टिप्पणी गर्नुभयो ।
“यस असमानतामा हामीले जलवायु सङ्कटबाट फैलिएको सामूहिक विनासको तर्क र गाजामा नेतन्याहुजस्ता अपराधीले खसालेको बमको तर्क फेला पार्छौं”, पेट्रोले भन्नुभयो ।
“जब गाजा मर्छ, सम्पूर्ण मानवता मर्नेछ । आज हामीसँग २०,००० मरेका बच्चाहरू छन्”, उहाँले अगाडि भन्नुभयो ।
पेट्रोले हालको विश्व व्यवस्थामाथि प्रहार गर्दै यही विश्व व्यवस्थाले इजरायललाई गाजा र लेबनानमा बमबारी गर्न र संरा अमेरिकालाई अरूमाथि एकतर्फी प्रतिबन्धहरू लगाउन अनुमति दिएको उहाँले बताउनुभयो ।
“शक्तिशाली विश्वव्यापी कुलीनताले गाजा, लेबनान र सुडानमा बम खसाल्न अनुमति दिन्छ वा क्युवा र भेनेजुयलाजस्ता आफ्नो डोमेनमा फिट नहुने असहमत देशहरूमाथिको आर्थिक नाकाबन्दीलाई अनुमति दिन्छ”, उहाँले भन्नुभयो ।
उहाँले विश्वमा कुनै पनि राष्ट्र मानवतालाई नष्ट गरेर राजनीतिक र आर्थिक शक्ति बन्न नसक्ने बताउनुभयो ।
“हामीमध्ये जो जीवनलाई धान्न सक्ने शक्ति छ, तिनीहरू मानवतालाई ध्यान नदिई बोल्छन् । त्यसकारण, गाजामा नरसंहार रोक्न मतदान गर्दा उनीहरूले हाम्रो कुरा सुन्दैनन् । मानवता नष्ट गर्न सक्ने राष्ट्रपतिहरूले हाम्रो कुरा सुन्दैनन्”, उहाँले प्रस्ट पार्नुभयो ।
आइतबार, पेट्रोले आफ्नो प्यालेस्टाइन समर्थक अडानमा यहुदीविरोधी भएको आरोपलाई अस्वीकार गर्नुभयो र वास्तविक यहुदीविरोधीपन गाजाका बच्चाहरूको हत्यामा प्रकट भएको छ र इजरायलको चलिरहेको नरसंहारको विरूद्ध बोलेकोे छैन भन्नुभयो ।
गाजामा इजरायली हमलाको बारेमा पेट्रोको आलोचना ‘हानिकारक’ भएकोले सेमिटिज्मलाई ‘सामान्य बनाउँछ’ भनेर निगरानी र लडाइँका लागि अमेरिकी विशेष दूत डेबोरा लिपस्टाडले दाबी गरेपछि उहाँले यो टिप्पणी गर्नुभएको हो ।
प्यालेस्टिनी प्रतिरोधी आन्दोलन हमासले प्यालेस्टिनी जनताविरूद्धको तीव्र अत्याचारको बदलास्वरूप कब्जा गर्ने निकायविरूद्ध अपरेसन अल–अक्सा तुफान सञ्चालन गरेपछि इजरायलले गत वर्ष अक्टोबर ७ मा गाजामा युद्ध सुरू गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *