रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भक्तपुर, १० असोज । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको आयोजनामा त्यहाँ अध्ययनरत विद्यार्थीबिच ‘संविधान कार्यान्वयनमा कानुन मन्त्रालयको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन सत्रमा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधान र कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही भक्तपुर नगरपालिकाले नीति निर्माण गर्ने, त्यसको कार्यान्वयन गर्नुका साथै व्यापक जनताको हितको निम्ति शिक्षा र स्वास्थ्यजस्ता विषयहरू न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको प्रस्ट पार्नुभयो ।
संविधानले दिएको एकल अधिकारको प्रयोग गर्दै भक्तपुर नपाले ६७ वटा कानुन निर्माण गरिसकेको अवगत गराउँदै प्रदेश कानुन निर्माणमा ढिलाइ हुँदा स्थानीय तहलाई आफ्नो कार्य सम्पादनमा बाधा पुगिरहेको छ भन्नुभयो ।
संविधानमा धेरै वटा विषयमा ‘प्रदेश कानुनबमोजिम’ भन्ने उल्लेख गरिएको हुँदा स्थानीय तहले कानुन निर्माणको समस्या भोगिरहेको बताउँदै उहाँले कतिपय विषयहरू सङ्घ र प्रदेशहरूले कानुन नबनाएसम्म स्थानीय तह अगाडि बढ्न नसक्ने अवस्थामा पनि रहेको उहाँले प्रस्ट पार्नुभयो ।
कानुन मन्त्रालय नेपालको कानुन तर्जुमा, कानुन संशोधनलगायत न्याय प्रशासनसँग सम्बन्धित कार्यहरू सम्पादन गर्ने महŒवपूर्ण निकाय भएको बताउँदै उहाँले शासकले शासन गर्ने सशक्त हतियारको रूपमा कानुनलाई व्याख्या गर्नुभयो ।
प्रमुख प्रजापतिले शासन सत्ताले आफ्नो अनुकूल कानुन निर्माण गर्ने थलो नै संसद् हो र पुँजीवादी व्यवस्थामा अवैध कामलाई वैध बनाउने सामथ्र्य राख्ने थलोको रूपमा संसद्लाई लिन सकिन्छ भन्नुभयो ।
राम्रो कानुन निर्माण गर्नेभन्दा पनि कानुनको सफल कार्यान्वयनतर्फ कानुन मन्त्रालयले जोड दिनुपर्ने भन्दै उहाँले देशको सिमाना रक्षाको निम्ति बहस गर्ने अधिवक्ताहरू आवश्यक भएको बताउनुभयो ।
कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले कानुनको उल्लङ्घन दण्डनीय हुने बताउँदै कानुन विषयमा विशेषता हासिल गर्ने उद्देश्यले विद्यार्थीले अध्ययन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले कानुन शिक्षालाई विद्यार्थी जीवनदेखि अध्ययन अध्यापन गर्ने व्यवस्था हुनु जरुरी रहेको बताउँदै खेतीयोग्य जमिन संरक्षणतर्फ भक्तपुर नगरपालिकाले पहल गर्न आवश्यक भएको बताउनुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले कानुन अध्ययरत विद्यार्थीलाई नेपालको महŒवपूर्ण अङ्ग कानुन मन्त्रालयसँग साक्षात्कार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना भएको बताउँदै कानुन मन्त्रालयको महŒव र चुनौतीबारे विद्यार्थीलाई अवगत गराउन उक्त कार्यक्रम फलदायी सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा कलेजका शिक्षक मनज ज्याख्वले पनि कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा कानुन मन्त्रालयका उपसचिव, सहसचिव र शाखा अधिकृतले संविधान निर्माणमा कानुन मन्त्रालयको अनुभवबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
Leave a Reply