रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भक्तपुर, १० असोज । भक्तपुर नगरपालिकाको सहकार्य र भक्तपुर पर्यटन विकास समितिको आयोजनामा विश्व पर्यटन दिवसको अवसरमा ‘भक्तपुरको पर्यटन : विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पर्यटनसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधिहरूले भक्तपुरको पर्यटन प्रवद्र्धनबारे आ–आफ्नो राय—सुझाव तथा धारणाहरू व्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देशको आर्थिक समृद्धिमा पर्यटनको भूमिका उल्लेखनीय रहेको बताउँदै विभिन्न देशको पर्यटनबारे पनि नेपालले अध्ययन गर्दै अगाडि बढ्नु प्रभावकारी हुने बताउनुभयो ।
देशको भूगोल र राजनीतिक घटनाक्रमले पनि पर्यटन क्षेत्रमा पार्ने प्रभावबारे प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेँले शासकको अदूरदर्शी सोचले देश दुर्घटनाग्रस्त हुनसक्नेतर्फ सबै सचेत हुन जरुरी रहेको बताउनुभयो ।
देशका शासकहरूले विदेशीसँग सम्झौता गर्दा त्यसको प्रभावबारे आवश्यक छलफल गरेर मात्र अगाडि बढ्नु उपयुक्त हुने विचार व्यक्त गर्दै अध्यक्ष बिजुक्छेँले देशलाई दीर्घकालीन असर पार्ने सन्धि सम्झौताको विरोध न्यायप्रेमी जनताबाट हुनुपर्छ भन्नुभयो ।
आर्थिक दरिद्रताभन्दा वैचारिक दरिद्रता खतरनाक हुने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले पर्यटनबाट मात्र देशको अर्थतन्त्र उकास्न सम्भव नभएको बताउनुभयो । उहाँले जनताको चेतनास्तर र आर्थिक स्तर उकास्न सरकारले नै योजनाहरू अगाडि ल्याउनुपर्नेमा जोड दिँदै नेपालमा पर्यटनको सम्भावनालाई राम्रोसँग अध्ययन गरी त्यसको विकासतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
पर्यटन विकासमा संस्कृति, पर्यटन मन्त्रालय र पुरातŒव विभागको प्रभावकारी भूमिका रहने बताउँदै उहाँले पर्यटन उद्योगीहरूले विदेशबाट सिकेर नेपालको विकासमा योगदान पु¥याउन जरुरी रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका फरकफरक विशेषता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरूले भक्तपुर भ्रमण गर्ने गरेको बताउँदै नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई भक्तपुर एकपटक पुग्नैपर्ने गन्तव्य स्थलको रूपमा विकास गर्न भक्तपुर नपाले विविध प्रयासहरू गर्दै आएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय परिस्थितिले पनि पर्यटन क्षेत्रमा धेरै ठुलो प्रभाव पार्ने बताउँदै उहाँले भक्तपुर नपाले आन्तरिक पर्यटन प्रवद्र्धनतर्फ जोड दिँदै आएको प्रस्ट पार्नुभयो ।
भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्य स्थल र सांस्कृतिक नगर घोषणा गर्ने योजनासहित भक्तपुर नगरपालिका अघि बढिरहेको धारणा राख्दै प्रमुख प्रजापतिले भक्तपुर प्रवेश गर्ने पर्यटकबाट उठेको पर्यटन शुल्कबाट भक्तपुरको विकास गर्न र नगरलाई आत्मनिर्भर बनाउन धेरै भूमिका खेलेको बताउनुभयो ।
भक्तपुर नपाले अरू स्थानीय तहले भन्दा फरक र पृथक शैलीले काम गर्न सफल भएकै कारण भक्तपुर आज देशकै उत्कृष्ट गन्तव्यस्थलको रूपमा विकास भएको छ भन्दै उहाँले भक्तपुरलाई संसारकै हेर्नलायक सहरको रूपमा विकास गर्ने लक्ष्यसहित अगाडि बढिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले सय वर्षपछिको भक्तपुरको दीर्घकालीन योजनाको आाधार तयार गर्न भक्तपुर नगरपालिकाले पुरानो नगरभित्र घर निर्माण गर्ने घरधनीलाई इँटा, झिँगटी र काठको लागि अनुदान दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपा वातावरण तथा पर्यटन समिति एवम् भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरको मौलिक रूप नयाँ पुस्तामा पुस्तान्तरण गर्दै संरक्षण र जगेर्ना गर्ने नगरपालिकाको दीर्घकालीन लक्ष्य रहेको बताउँदै भक्तपुरको पुरानो क्षेत्रलाई सांस्कृतिक क्षेत्रको रूपमा संरक्षण गर्दै आइरहेको र भक्तपुरलाई सांस्कृतिक नगर घोषणाको लागि नपाले पहल गर्दै आइरहेको विचार व्यक्त गर्नुभयो ।
सामाजिक अभियन्ता अनिल चित्रकारले नेपालमा पर्यटनको सम्भावना आशालाग्दो रहेको बताउँदै पर्यटन प्रवद्र्धनबारे भावी योजनाहरू बनाइ अझ व्यवस्थित गर्नुपर्नेतर्फ जोड दिनुभयो । उहाँले भक्तपुर भ्रमणमा आउने पर्यटकहरूलाई भक्तपुरबारे अविष्मरणीय प्रभाव पार्ने किसिमका गतिविधिहरू अगाडि सार्न जरुरी रहेको बताउँदै पर्यटक सङ्ख्याको गुणात्मकतासँगसँगै गुणस्तरीयतामा पनि जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुरको पर्यटन विकासलाई अझ प्रभावकारी बनाउन आवश्यक आधारहरू तयार गर्न कार्यक्रमको आयोजना भएको उल्लेख गर्दै भक्तपुर नपाले २०५० सालबाट पर्यटन शुल्क उठाउँदै नगरको विकास, सरसफाइ, सम्पदा पुनःनिर्माण आदि कार्यलाई व्यवस्थित ढङ्गले अगाडि बढाउँदै आएको धारणा राख्नुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा, निवर्तमान अध्यक्ष रामसुन्दर भेले, पूर्वअध्यक्ष नवलकिशोर राजभण्डारी, संस्थापक अध्यक्ष निलकृष्ण ताम्राकार, टुर्गानका प्रतिनिधि थानेश्वर देवकोटालगायतले भक्तपुरको पर्यटन प्रवद्र्धनमा भक्तपुर नपा र पर्यटन विकास समितिले समन्वयकारी भूमिका निभाउँदै आइरहेको, नगरभित्र पुरानो शैलीमा घर निर्माण गर्न नगरवासीहरूलाई प्रोत्साहन गर्नुपर्ने, नेपाल भ्रमण गर्ने पर्यटकहरूको बसाइँ लम्ब्याउन योजनाहरू आवश्यक भएको र भक्तपुरको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न भक्तपुर पर्यटन विकास समितिको भूमिकाबारे थप प्रस्ट पार्नुभयो ।
Leave a Reply