भर्खरै :

पूर्वरक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्ने

पूर्वरक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्ने

टोक्यो, ११ असोज (एएफपी)। सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षामन्त्री शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्नुहुने आधिकारिक मतगणनाले देखाएको छ ।
सतसठ्ठी वर्षीय रेलप्रेमी इशिबाले मुलुकको पहिलो महिला नेता बन्ने दौडमा रहनुभएकी कट्टर राष्ट्रवादी सनाए ताकाइचीलाई एक सय ९४ विरुद्ध दुई सय १५ मत ल्याएर पराजित गर्नुभयो ।
टोक्योमा लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को मुख्यालयमा आफ्नो विजय घोषणा भएपछि इशिबाले मुस्कुराउँदै आफ्नो चस्मा फुकालेर आँसुले भरिएका आँखा पुछ्नुभयो र आफ्ना सहयोगीहरूले बधाई दिँदा बारम्बार शिर झुकाउनुभयो ।
“म जनतामा विश्वास गर्न, साहस र इमानदारीका साथ सत्य बोल्न र यस मुलुकलाई पुनः एकपटक सबैजना मुस्कानसहित बस्न सक्ने सुरक्षित स्थान बनाउन पूरा कोसिस गर्नेछु”, आफ्नो संक्षिप्त सम्बोधनमा उहाँले भन्नुभयो ।
इशिबा पहिले पनि शीर्ष पदको नजिक पुग्नुभएको थियो । सन् २०१२ मा उहाँ राष्ट्रवादी शिन्जो आबेसँग पराजित हुनुभएको थियो । आबे जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने नेता हुनुहुन्थ्यो र पछि उहाँको हत्या गरिएको थियो ।
जापानमा एलडिपीले दशकौँदेखि करिब निरन्तर शासन गरेको छ र बहुमत कायम राखेको छ । यसको अर्थ इशिबालाई मङ्गलबारसम्म संसद्ले प्रधानमन्त्री चुन्नेछ ।
सन् १९७० को दशकमा पप आइडलहरूप्रति झुकाव राख्ने सैन्य मोडल निर्माता इशिबाले कृषि सुधारजस्ता कठिन मुद्दाहरू सम्हाल्ने आफ्नो अनुभवले आफूलाई यो पदका लागि योग्य बनाएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *