पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
भक्तपुर, १३ असोज । चवालीसौँ नेपालभाषा साहित्य तःमुंज्या सांस्कृतिक समितिको आयोजनामा आइतबार स्थानीय सांस्कृतिकर्मीहरूको भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले तःमुंज्याको निरन्तरतामा अग्रज सांस्कृतिककर्मीहरूको योगदान सराहनीय रहेको चर्चा गर्दै यसपालिको कार्यक्रममा पनि सहयोगको अपेक्षा गर्नुभयो ।
तःमुंज्या डबलीमा विभिन्न विषयका विशेषज्ञ एवं ज्ञाताहरूबाट प्रवचन दिइने, उहाँहरूको प्रवचनबाट विश्वविद्यालयमा दिइने ज्ञान हासिल गर्न सकिने हुँदा तःमुंज्या कामदार जनताको विश्वविद्यालयजस्तै भएको उहाँले बताउनुभयो ।
तःमुंज्या आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखा, सांस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापति, सांस्कृतिक गुरू पञ्चलाल लाछिमस्यू, गङ्गाराम ज्याख्वलगायतले बोल्नुभएको थियो ।
Leave a Reply