विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
सबै कुरामा कोही पूर्ण हुँदैन, एकको सहयोग अर्कोलाई चाहिन्छ र काम गर्दा एकको सल्लाह अर्कोलाई आवश्यक हुन्छ । जिम्मेवारी वहन गर्नेहरूले सबै कुरामा ध्यान दिनुपर्ने हुन्छ । जिम्मेवारी लिने र सम्हाल्ने व्यक्तिसँग चित्त बुझाउन सक्ने क्षमता हुनुका साथै काम फत्ते गर्ने सक्ने खुबी चाहिन्छ । ऊसँग इमानदारिता, नैतिकता, अनुशासन, सहनशीलता, अध्ययन र अनुभव, कूटनीतिक कार्य, सकारात्मक सोचका साथ मानवीय भावना हुनुपर्छ । यसको लागि दूरदृष्टि र निःस्वार्थी भावना जरुरी हुन्छ । लोभलालचमा फस्नु हुँदैन† छलकपट गर्नुहुँदैन । मान्छेलाई स्वतन्त्रता चाहिन्छ । स्वतन्त्र र सार्वभौम भूमि रक्षा गर्न अघि बढ्नुपर्छ । आफ्नो राष्ट्र तथा मातृभूमिको रक्षा गर्ने, राष्ट्रप्रेमी र देशभक्तिपूर्ण भावना हुनुपर्छ । देश र जनतालाई माया गर्ने राजनीतिकरूपले खारिएका नेता चाहिन्छ । सत्ता, शक्ति र पैसाका लागि जिम्मेवारी सम्हालेको हुनुहुँदैन ।
नेपाल लामो समयदेखि विविध विषयमा समस्या र अप्ठ्याराहरू झेल्दै आएको मुलुक हो । जनताले बेला बेलामा पाउनुसम्मका दुःखकष्ट सहँदै आएका छन् । कतिपय प्राकृतिक विपत्तिहरू भूकम्प, बाढीपहिरो, डुवान, आगलागी, चट्याङ, खडेरी, अनावृष्टि, अतिवृष्टि, हिमताल बिस्फोटन, जङ्गली जनावरहरूको आतङ्कको समस्यालगायतका घटनाक्रमले सर्वसाधारणलाई आक्रान्त र भयभित बनाइरहेको छ भने अर्कोतिर हत्याहिंसा, चोरी डकैती, बलात्कार, कालोबजारी, जालझेल, ठगीलगायतका समस्या छन् । जनताको अभिभावक भनेको सरकार हुन्छ । तर, ‘रोम जलिरहेको छ निरो मुरेली बजाइरहेको छ’ भन्ने कुरा नेपालमा चरितार्थ हुँदै छ । दैनिकजसो एउटा न एउटा प्राकृतिक विपत्तिका घटनाले जनतालाई सास्ती भइराखेको कुरा आजको अवस्थामा बुझ्न, हेर्न र देख्न गा¥हो छैन । अहिले कतिपय प्राकृतिक विपत्तिका घटनाहरूको पूर्वानुमानसमेत हुने गर्छ । पूर्वसावधानी अपनाउनुपर्ने बेला हाम्रा प्रधानमन्त्री र मन्त्रीहरू विदेश भ्रमणमा छन् । प्रधानमन्त्रीले अमेरिकाको न्युयोर्कमा अङ्ग्रेजी बोलेको कुराले खुबै चर्चा पायो तर खिल्ली उडाउने गरी । यसकारण, नेता र नेतृत्व सुझबुझ र दूरदृष्टि भएको हुनुपर्छ । गत हप्ता परेको अविरल वर्षाका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यति क्षति नभए पनि अन्य प्रदेशहरू र राजधानीमा ठुलो जनधनको क्षति भयो । तर, सरकारको सक्रियता न्यून रहेकै कारण धेरैले जन र धन गुमाउनुप¥यो । यस्ता कैयौँ कृतिम र प्राकृतिक घटना विगतमा पनि घटे । जुनसुकै शासक दलको सरकार भए पनि उनीहरू अझसम्म पीडामा नै छन् । बरु उल्टै पीडितहरूका लागि सङ्कलन भएको राहतका भागीदारहरू टाठाबाठाहरू नै बने । छलछाम र ठगीले प्राथमिकता पायो ।
२०७८ सालको अन्तिम नतिजाअनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जनसङ्ख्याको थोरै भाग बिदेसिएको मानिए पनि १५ वर्ष उमेरदेखि ५९ उमेर समूहका युवाहरू स्वदेशभन्दा विदेशमा बढी नै भएको विभिन्न प्रक्षेपणले साबित गरेको छ । अझ २० देखि ४० उमेर समूह जो देशको लागि मानव पुँजी नै मानिन्छ जसमा डाक्टर, इन्जिनियर, मेकानिकल समग्रमा भन्दा दक्ष समूह, स्वदेशभन्दा विदेश जानमा लालायित छन् । सरकारले बौद्धिक जनशक्तिलाई रोक्ने कुनै नीति बनाएको छैन । उनीहरूका लागि बस्ने व्यवस्था पनि बनाएको छैन । उल्टै सर्वसाधारण समेतलाई पनि विदेश पठाउने काममा तल्लीन छ सरकार । आगामी दिनमा सरकार चिन्तित नहुने हो र आफ्नै मस्तीमा रमाउने हो भने देश युवाविहीन हुने खतरा बढी छ ।
आर्थिक वर्ष २०७५/७६ देखि २०८०/८१ को अन्त्यसम्ममा ४ लाख ६४ हजार ७ सय ७७ जना विद्यार्थी अध्ययन अनुमति लिएर बिदेसिएका थिए । (ग्लोबल आवाज, १६ साउन, २०८१) जसमा १ लाख १२ हजार, २६९ जना २०८०/८१ साउनसम्म बिदेसिएका छन् । आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या ७ लाख ७१ हजारभन्दा बढी छ । जसमा १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएका थिए । (राजधानी दैनिक, मङ्सिर २६, २०८०)
यस्तै २०८०/८१ को वैशाखसम्ममा वैदेशिक रोजगारीमा ६ लाख ९ हजार ७०५ बिदेसिएका थिए । यो सङ्ख्या नयाँ र पुनः श्रम स्वीकृति लिएर जानेको हो । वैदेशिक रोजगार तथा श्रम विभागका अनुसार २०८०/८१ को वैशाख महिनामा मात्र ७० हजार ६३७ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारमा गएको तथ्याङ्क छ । जसमा ६४ हजार १० जना पुरुष र ६ हजार ६२७ जना महिला रहेका छन् । (शिलापत्र, जेठ २८, २०८१) यकिन तथ्याङ्क उल्लेख गर्न नसके पनि विभिन्न उद्देश्य लिएर बिदेसिनेको सङ्ख्या ५०/६० लाखभन्दा बढीको अनुमान गर्न सकिन्छ । विगतभन्दा अहिले विदेश जानेको सङ्ख्या तीव्रगतिमा वृद्धि भइरहेको छ । दैनिक २५ सयको हाराहारीमा नेपालीहरू स्वदेश छाडेर बाहिरिने गरेका छन् । जसमा ६ सय जना युवा विद्यार्थी छन् भने बाँकी रोजगार तथा श्रमका लागि जाने गरेको तथ्याङ्क छ । यही गतिलाई आधार मान्ने हो भने मासिक ६० देखि ७० हजार र एक वर्षमा ८ देखि ९ लाखको हाराहारीमा नेपालीहरू पराइ मुलुकमा जाने पक्का छ । आर्थिक वर्ष २०७९/८० मा कुल जनसङ्ख्यामा २.६४ प्रतिशत जनसङ्ख्या २०८०/८१ को अन्त्यसम्ममा उक्त प्रतिशत बढेर ३.०८ को उचाइमा पुग्नेछ । कुल जनसङ्ख्यामा यो थोरै मानिए पनि, महिला, केटाकेटी, बुढाबुढी, अशक्त, अपाङ्गजस्ताको सङ्ख्यामात्र स्वदेशमा रहने र मानव संशोधनको कुल जनसङ्ख्यामा ३०/३५ प्रतिशतभन्दा बढी बाहिरिने सम्भावना छ । विगतका दिनमा सहर बजारको बस्तीका नागरिकहरू बढी विदेश जाने गरेकोमा हाल यो रोग दुर्गम गाउँमा पनि सरेको छ ।
दैलेख जिल्लाको आठविस नगरपालिकामा ९ वटा वडामा पुरुषभन्दा महिलाको सङ्ख्या कम भएको वडा हो ९ नं वडा । ११६७ महिला र १२९५ पुरुष गरी जम्मा जनसङ्ख्या २,४६२ जना रहेको छ । (राष्ट्रिय जनगणना २०७९) जहाँ सोही वडामा अवस्थित पशुपति मावि कक्षा १२ मा अध्ययनरत छात्रछात्राको प्रत्यक्ष संलग्नतामा करिब २६७ वटा घरधुरीमा गरिएको सर्वेक्षणमा १९२६ जनसङ्ख्यामा हालसालै २५ जना बिदेसिएको तथ्याङ्क तयार भएको छ । जनसङ्ख्यामा ३६६ जना भारतमा गएर मजदुर गर्नेको रहेको छ भने ३३१ जना व्यापार, व्यवसाय, अध्ययन, जागिरलगायत विभिन्न उद्देश्य लिएर जिल्ला बाहिर नै रहेका छन् । प्राप्त कुल जनसङ्ख्याको १९ प्रतिशत भारत, १.२९ प्रतिशत अन्य मुलुक र १७.१८ प्रतिशत जिल्ला (वडामा नरहेको) भन्दा बाहिर छ । महिलाको सङ्ख्याभन्दा पुरुष बढी भए पनि स्थायीरूपमा बसोबास गर्ने पुरुषको सङ्ख्या कम देखिएको छ । माथिल्ला कक्षाहरूमा प्रायः छात्रको उपस्थिति सङ्ख्या शून्य नै छ । पशुपति मावि छेपाडीको कक्षा १२ मा ७४ जना छात्रछात्रा भर्ना भएकोमा अहिलेसम्म कक्षामा बढीमा २५ जना उपस्थिति देखिएको छ ।
अड्कल र अनुमान गर्दा विभिन्न देशको तयारीका लागि भाषा अध्ययनमा लागेको पाइएको छ भने केही आफ्नो खर्च धान्न भारतमा ज्यालादारी गर्न गएको बुझिएको छ ।
अहिले प्रायःजसो विद्यालयमा पढाउने शिक्षक पाउन गा¥हो भएको स्थिति छ । कहीँकतै रिक्त दरबन्दीमा गरिएको विज्ञापनमा सातौँ आठौँ पटकसम्म पनि आवेदन नपरेर विद्यार्थीको पढाइलेखाइ अस्तव्यस्त रहेको अवस्था छ ।
आजभोलि अध्ययनका लागि जापान, क्यानाडा, अस्ट्रेलिया, बेलायत, अमेरिकालगायतका देशमा जाने लहर चलेको देखिन्छ भने उता श्रम र ज्यालादारीमा काम गर्न भनी अरब एमिरेट्स (यूएई) मलेसिया, साउदी, कतार, कुवेत दुवै, रोमानिया, दक्षिण कोरियालगायतका देशमा काम नपाएर बाध्य भएर जानुका साथै आफ्नो देशको जागिर छोडेर जानेको लहर पनि त्यत्तिकै छ ।
नेपालमा सञ्चालित दर्जनौँ विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्वहरूले गम्भीररूपमा मन्थन गरी पाठ्यक्रम र कार्यशैलीमा सुधार नल्याएसम्म र सरकार अनि तिनका कार्यकर्ताहरूले नेपालीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगार र बौद्धिक स्तरका नागरिकको व्यवस्थामा गहिरिएर ध्यान नदिने हो भने समस्या र खतरा निम्तिने कुरामा शङ्का छैन । अतः जिम्मेवार सबैले अब आ–आफ्नो ठाउँबाट व्यक्तिगत स्वार्थ त्यागी देश र जनताको काम गर्न र सुधारका पक्षमा लाग्न आजको तात्पर्य रहेको छ ।
Leave a Reply