अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कैलाली, १३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घको ३४ औँ स्थापना दिवसको अवसरमा नेक्रायुसङ्घ लम्कीचुहा नगरपालिका वडा नं. ५ तिलकपुर एकाइ समिति तथा युथ ग्रुपको आयोजनामा सार्वभौमिकता र भू–अखण्डता रक्षार्थ युवा आन्दोलन ‘वातावरणीय संरक्षण र हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सरसफाइ अभियान सुरु गरेको नेक्रायुसङ्घ एकाइ लचुनपा वडा नं. ५ तिलकपुर एकाइ समितिका अध्यक्ष नरेश भुलले बताउनुभयो ।
सरसफाइ अभियानको उद्घाटनमा नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावलले सरसफाइ अभियान चलाएकोमा धेरै धन्यवाद दिँदै युवाले सामाजिक क्रियाकलापमा भाग लिन अग्रसर भएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले युवा देशको मेरुदण्ड भएको कुरा बताउँदै युवा विदेशीको भरमा नभई आफ्नै देशमा उत्पादन बढाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
आफ्नै गाउँ ठाउँमा सरसफाइ गर्नु उदाहरणीय कार्य भएको बताउँदै युवाहरू बौद्धिकरूपमा अगाडि बढेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
अभियानमा किशोर रावल, मनोज बटाला र कमल नेपालीले सरसफाइ अभियान निरन्तर अगाडि बढ्ने र सरसफाइमात्र नभई असल समाजका लागि सधैँ खटिने वाचासँगै अभियान सफल पार्न सामाजिक अभिभावक, युवा, विद्यार्थी, समाजसेवीसँग हातेमालो गरी अघि बढ्ने कुरा बताउनुभयो ।
Leave a Reply