हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
पेइचिङ, सेप्टेम्बर २९ । जनगणतन्त्र चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोह जन बृहत् सभाभवनमा आयोजना गरिएको छ । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त समारोमा महत्वपूर्ण सम्बोधन गर्नुभयो ।
राष्ट्राध्यक्ष सी चिनफिङले हाल चीन चिनियाँ शैलीको आधुनिकीकरणमार्फत शक्तिशाली देशको निर्माण तथा जातीय पुनरूत्थान महान् कार्यका लागि महत्वपूर्ण अवधिमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाल चीन चिनियाँ शैलीको आधुनिकीकरणमार्फत शक्तिशाली देशको निर्माण तथा जातीय पुनरूत्थानका लागि महत्वपूर्ण अवधिमा छ । यसका लागि सम्पूर्ण जनताले बहादुरीलाई आफ्नो नमुना बनाएर एकीकृतरूपमा मेहनत गरी विशाल शक्तिको विकास गरिरहेको छ ।”
बितेका ७५ वर्षयता विश्वमा चिनियाँ जनतासित अभिलाषापूर्वक सँगसँगै हिँडेर कठिनाइको सामना गरेका पुराना र असल साथीहरू भएको स्मरण गर्दै सीले भन्नुभयो, “आज ‘मैत्री पदक’ बाट सम्मानित दिल्मा रोसेफ तीमध्येका एक प्रतिनिधि हुनुहुन्छ । चिनियाँ जनताले चीनको विकास तथा चिनियाँ जनता र विभिन्न देशका जनताबिचको मित्रता बढाउनका लागि महत्वपूर्ण योगदान दिएका अन्तर्राष्ट्रिय मित्रलाई बिर्सने छैन । चिनियाँ जनता र विश्वका विभिन्न देशका जनतासित हातमा हात मिलाएर विश्व शान्ति, संयुक्त विकास प्रवद्र्धन, मानव जाति भाग्य समुदायको निर्माण तथा मानव जातिको अझ उज्ज्वल भविष्यको सिर्जना गर्न चीन इच्छुक छ ।”
राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ, यी ७५ वर्षमा, विश्वमा चिनियाँ जनतासँग अघि बढ्ने धेरै पुराना र नयाँ मित्र तथा साथीहरू छन् । यसै क्रममा आज ‘मित्रता पदक’ बाट सम्मानित दिल्मा रोसेफ एक उत्कृष्ट प्रतिनिधि हुनुहुन्छ । चिनियाँ मानिसहरूले चीनको विकास र चीन तथा अरू देशहरूसँगको मित्रता बढाउन ठुलो योगदान दिएका अन्तर्राष्ट्रिय साथीहरूलाई कहिले पनि बिर्सन सक्दैनन् । चिनियाँ मानिसहरू विश्वका विभिन्न देशहरूका जनतासँग मिलेर विश्वको शान्ति, संयुक्त विकास, मानव जातिको साझा भविष्य भएको समुदाय र थप उज्ज्वल भविष्यको सिर्जना गर्न इच्छुक छ ।
Leave a Reply