भर्खरै :

चीन स्थापनाको ७५ वर्षको अवसरमा समारोह

चीन स्थापनाको ७५ वर्षको अवसरमा समारोह

काठमाडौँ, १२ असोज । जनवादी गणतन्त्र चीनको ७५ औँ स्थापना दिवसको अवसरमा नेपालस्थित चीनका महामहिम राजदूत छेन सङ र उहाँकी श्रीमतीले संयुक्तरूपमा याक एन्ड यती होटलमा एक समारोहको आयोजना गर्नुभयो ।
समारोहका प्रमुख अतिथि उपराष्ट्रपति रामसहायप्रसाद यादव हुनुहुन्थ्यो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को शुभकामना सन्देशसहित पार्टीको तर्फबाट प्रेम सुवाल र सुरेन्द्रराज गोसाई सहभागी हुनुभएको थियो ।
दुई देशको राष्ट्रिय गानबाट सुरु भएको समारोहमा महामहिम राजदूतले स्वागत गर्दै बितेका ७५ वर्ष मानव जातिको इतिहासमा एक झट्कामात्र भए पनि चिनियाँ जनताको लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
यो अवधिमा चिनियाँ कम्युनिस्ट पार्टीले सही राजनीतिको नेतृत्व गरी करोडौँ जनतालाई एकताको गाँठोमा बाँधेको उल्लेख गर्दै महामहिम राजदूतले वैज्ञानिक अन्वेषणमा चीनलाई सफलता प्राप्त भएको बताउनुभयो ।
नेपाल र चीनको सांस्कृतिक प्रस्तुतिसमेत रहेको समारोहमा चिनियाँ उद्घोषकले ७५ वर्ष यता चीनले विश्वमा तहल्का ल्याएको, नेपाल र चीनको सम्बन्ध हिमालझैँ अटल र सगरमाथाझैँ उचाइमा रहेको, २५०० नेपाली चीनमा उच्च शिक्षा अध्ययनरत रहेको, १४ वटा नाकाबाट सीमा व्यापार भइरहेको चर्चा गर्दै नेपाल र चीन मिलेर काम गर्ने उल्लेख गर्नुभयो ।
उद्घोषिका प्रमिला तामाङले चिनियाँ भाषालाई नेपालीमा अनुवाद गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *