हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
पेइचिङ, २८ सेप्टेम्बर । स्थानीय समयअनुसार सेप्टेम्बर २७ का दिन चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरोका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग न्यूयोर्कमा संयुक्त राष्ट्र सङ्घको महासभाको अवसरमा भेटवार्ता गर्नुभयो ।
वाङ यीले विश्व शान्ति र विकासको प्रवद्र्धन गर्न, ‘भविष्य सम्झौता’ को परिकल्पनालाई वास्तविकतामा परिणत गर्न र मानव जातिको लागि राम्रो भविष्य खोल्न संयुक्त राष्ट्र सङ्घसँगको सहकार्यलाई सुदृढ गर्न चीन इच्छुक रहेको बताउनुभयो । वाङ यीले अन्तर्राष्ट्रिय परिस्थिति जति जटिल बन्दै गएको र विश्वव्यापी जोखिम र चुनौतीहरू जति बढ्दै गइरहेका छन्, त्यति नै महत्वपूर्ण राष्ट्रसङ्घको अख्तियारको रक्षा गर्नु र संयुक्त राष्ट्र सङ्घको मुख्य भूमिकालाई पूर्णरूपमा निर्वाह गर्नु आवश्यक रहेको बताउनुभयो ।
गुटेर्रेसले संयुक्त राष्ट्र सङ्घलाई दीर्घकालीन सहयोगका लागि विशेषगरी भावी शिखर सम्मेलनको सफलतामा सकारात्मक योगदान गरेकोमा चीनप्रति कृतज्ञता व्यक्त गर्नुभयो । विश्वमा रहेका जोखिम र चुनौतीहरूको सामना गर्दै संयुक्त राष्ट्रसङ्घले शान्तिका लागि सक्दो प्रयास गर्नेछ र विकासका लागि आफ्नो जिम्मेवारी पूरा गर्नेछ भन्ने आशा र विश्वास छ ।
सोही दिन वाङ यीले क्युबा, इजिप्ट र पेरुका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटघाट पनि गर्नुभयो भने खाडी सहयोग परिषद् देशका विदेशमन्त्रीहरूसँग पनि सामूहिक भेट गर्नुभयो । अफगानिस्तान मुद्दा सम्बन्धित चीन, रुस, पाकिस्तान र इरानको विदेशमन्त्रीहरूको तेस्रो अनौपचारिक बैठकमा भाग समेत लिनुभयो ।
वाङ यीद्वारा ब्लिन्केनसँग भेटवार्ता
यसैबिच स्थानीय समयअनुसार सेप्टेम्बर २७ का दिन चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले संयुक्त राष्ट्र सङ्घको महासभाको अवसरमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग भेटवार्ता गर्नुभयो ।
वाङ यीले दुई राष्ट्र प्रमुखको रणनीतिक निर्देशनमा चीन–अमेरिका सम्बन्धमा भएको प्रगतिमा कठिन जित भएकोले त्यसको कदर गर्नुपर्ने बताउनुभयो । अमेरिकाले सधैँ चीनसँग ‘दुई अनुहार’ बाट व्यवहार गर्न सक्दैन भन्दै उहाँले भन्नुभयो, “यसले अनैतिकरूपमा चीनलाई रोक्छ र दबाइरहन्छ । अर्कोतिर चीनसँग वार्ता र सहयोग गर्दछ ।”
वाङ यीले अमेरिकाले थाइवान जलडमरूमा शान्ति र स्थायित्वको इमानदारीपूर्वक आशा राखेको खण्डमा ‘एक चीन’ सिद्धान्तको पालना गर्ने, ‘तीन संयुक्त विज्ञप्ति’ कार्यान्वयन गर्ने, थाइवानलाई हतियार दिन बन्द गर्ने, थाइवानको स्वतन्त्रताको खुलेर विरोध गर्ने र चीनको शान्तिपूर्ण समर्थन गर्ने कुरामा जोड दिनुपर्ने बताउनुभयो । वाङ यीले चीनको अर्थतन्त्र, व्यापार र विज्ञान तथा प्रविधिमा अमेरिकाले गरेको दमनप्रति चीनले दृढतापूर्वक विरोध गर्ने बताउनुभयो । वाङ यीले भन्नुभयो, “दुई देशबिचको जनता र सांस्कृतिक आदानप्रदान अत्यावश्यक छ र अमेरिकाले अवरोध हटाउन व्यावहारिक कदम चाल्नुपर्छ ।”
दक्षिण चीन सागरको मुद्दामा चीनको गम्भीर अडान स्पष्ट पार्दै चीनले प्रत्यक्ष सरोकारवाला देशहरूसँग वार्ता र परामर्शको माध्यमबाट मतभेदको समाधान गर्नुपर्नेमा पनि वाङ यीको जोड थियो । अमेरिकाले दक्षिण चीन सागरमा शान्ति र स्थायित्व कायम गर्न क्षेत्रीय देशहरूको प्रयासलाई कमजोर पार्न नहुने उहाँको ठहर थियो ।
दुवै पक्षले बैठक स्पष्ट र ठोस भएकोमा सहमति जनाए भने चीन र अमेरिकाले दीर्घकालीन शान्तिपूर्ण सहअस्तित्व खोज्नुपर्नेमा सहमति जनाएका छन् ।
Leave a Reply