भर्खरै :

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा चीनको प्राथमिक भारी उद्योगका कामदार प्रतिनिधिहरूलाई प्रोत्साहित गर्न चिट्ठी पठाउँदै

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा चीनको प्राथमिक भारी उद्योगका कामदार प्रतिनिधिहरूलाई प्रोत्साहित गर्न चिट्ठी पठाउँदै

पेइचिङ, २८ सेप्टेम्बर । हालै चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चीनका प्राथमिक भारी उद्योगका कामदारको प्रतिनिधिलाई चिट्ठी जवाफ पठाउँदै हार्दिकतापूर्वक प्रोत्साहन गर्नुभएको छ र प्रगाढ आशा जगाउनुभएको छ ।
सीले जोड दिनुभएअनुसार उत्पादन उद्योग देशको जग र बलियो आधार हो । नयाँ युग र नयाँ यात्रामा देशका लागि सेवा गर्दै आफ्नो मौलिक आकाङ्क्षामा अडिग हुनुपर्ने, श्रमको भावनालाई अगाडि बढाउनुपर्ने र बलियो उत्पादनशील देश निर्माण गर्नुपर्नेछ ।
उहाँले व्यापक पुनरुत्थानको प्रवद्र्धन गर्न आफ्नो बुद्धि र शक्तिको योगदान जारी राख्ने आशा पनि गर्नुभयो । केन्द्रीय उद्यमहरूले सुधार र नवप्रवर्तनलाई गहन पार्न, मुख्य कार्यहरू बढाउन, मुख्य प्रतिस्पर्धात्मक क्षमता बढाउने, चिनियाँ शैलीको आधुनिकीकरणको साथ बलियो देशको निर्माण र राष्ट्रिय कायाकल्पलाई व्यापकरूपमा प्रवद्र्धन गर्न थप योगदान दिनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *