भर्खरै :

वागीश्वरीको सम्पदामा सफाइ कार्यक्रम

वागीश्वरीको सम्पदामा सफाइ कार्यक्रम

भक्तपुर, १६ असोज । दसैँको सुअसरमा भक्तपुर नगरपालिकाको एक विद्यालय एक सम्पदा सरसफाइ गर्ने नीतिअन्तर्गत भक्तपुर नगरका सम्पदा क्षेत्रहरू सफा र सुन्दर बनाउन वागीश्वरी माध्यमिक विद्यालयले असोज १६ गते सम्पदा सफाइ कार्यक्रम गरेको छ ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यका अनुसार कक्षा १० का विद्यार्थीहरूले च्याम्हासिंह पोखरी परिसर, कक्षा ९ का विद्यार्थीहरूले वाचुहिटी र गःमहाद्यो परिसर, कक्षा ८ का विद्यार्थीहरूले कमलविनायक पोखरी र गणेश मन्दिर परिसर, कक्षा ७ का विद्यार्थीहरूले ऐतिहासिक तथा सांस्कृतिक सम्पदा गरुड कुण्ड परिसर र कक्षा ६ का विद्यार्थीहरूले तुमचो कमलविनायक विद्यालय परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् ।
उक्त सरसफाइ कार्यक्रम सम्बन्धित कक्षाका वर्ग शिक्षकहरूको नेतृत्वमा भएको थियो ।
विजया दशमीको पावन अवसरमा शिक्षकबिच शुभकामना आदानप्रदान कार्यक्रम पनि भएको छ । विद्यालयका प्रअ कृष्णप्रसाद कर्माचार्यको सभापतित्वमा सम्पन्न शुभकामना आदानप्र्रदान कार्यक्रममा विद्यालय आधारभूतका इन्चार्ज शिक्षक विश्वराम प्रजापति, प्रा.वि. इन्चार्ज कृष्णमान मलेपति, शिक्षकहरू राजन लोहला, मीना प्रजापति र रामलक्ष्मी कोजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *