भर्खरै :

प्रभात स्कूलका विद्यार्थीहरू आदर निकेतनमा अध्ययन भ्रमण

प्रभात स्कूलका विद्यार्थीहरू आदर निकेतनमा अध्ययन भ्रमण

भक्तपुर, १६ असोज । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा प्रभात इङ्गलिश सेकेन्डरी स्कूलको कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरूले ज्येष्ठ नागरिकहरूसँग भेटघाट गरेका छन् । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित आदर निकेतनमा मङ्गलबार विद्यार्थीहरूको भेटघाट भएको हो ।
विद्यार्थीहरूले स्काउट तालीद्वारा ज्येष्ठ नागरिकहरूको सम्मान गरेका थिए । म हिँड्छु, मन बचन कर्म साथ लिई भन्ने बोलको स्काउट गीतका साथै प्रभातको आँगनमा फुलेका हामी फूल हौँ बोलको गीत सुनाएर विद्यार्थीहरूले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेका थिए ।
आदर निकेतन सञ्चालन समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीले आदर निकेतन स्थापनाको सङ्क्षिप्तरूपमा विद्यार्थीहरूलाई बताउनुभयो ।
विद्यालयको तर्फबाट विद्यार्थीहरूले ज्येष्ठ नागरिकहरूका लागि बिस्कुट र स्याउ वितरण गरेका थिए । ज्येष्ठ नागरिकहरूले विद्यार्थीहरूलाई राम्रोसँग पढी असल नागरिक बनी ज्येष्ठ नागरिकहरूलाई आदर सम्मान र देशको सेवा गर्न आशीर्वाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *