विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
हरेक मानिसले एक दिन ज्येष्ठ बन्नुपर्ने हुन्छ अर्थात् ज्येष्ठ अवस्थामा पुग्नैपर्छ । एक किसिमले जीवनको उत्तराद्र्ध पनि हो । उमेरले पाका देखिने, ज्ञान, सीप र अनुभवले खारिएका परिपक्व व्यक्ति नै ज्येष्ठ नागरिक हुन् । मानिसले जीवनका आरोह अवरोहमा भोगेका र सिकेका विभिन्न ज्ञान र अनुभवहरू ज्येष्ठ नागरिकसँग हुने अमूल्य सम्पत्ति हुन् । यसको उचित उपयोग र सम्मान व्यक्तिले मात्र नभई सिङ्गो परिवार र समाजका लागि पनि मार्गदर्शन बन्ने गर्दछ । ज्येष्ठ नागरिक समाजका मार्गदर्शक र अग्रजहरू हुन् ।
प्राकृतिक नियमअनुसार ज्येष्ठ अवस्थामा पुगेपछि स्वास्थ्यमा देखिने विभिन्न समस्या र परिवार अनि समाजबाट पाउने फरक व्यवहार यस अवस्थाका स्वाभाविक तर संवेदनशील चुनौतीहरू हुन् । यसको सामना र उचित व्यवस्थापन हरेक ज्येष्ठ नागरिकका अधिकार र चाहना हुन् । समग्रमा, यो जीवनको एक निकै महत्वपूर्ण र जोखिमपूर्ण चरण पनि हो । सभ्य समाजमा ज्येष्ठ नागरिकलाई उच्च सम्मान गर्दै परिवार, समाज र राष्ट्रले सेवा सुविधाहरू पु¥याउनु जरुरी छ ।
राष्ट्रको सामाजिक र राष्ट्रिय एवम् सामाजिक मूल्यमान्यता स्थापित गराउन ज्येष्ठ नागरिकले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपले नयाँ पुस्तालाई मार्गनिर्देश गर्दछ । उहाँहरूको अनुभव, ज्ञान र सीप भावी पुस्ताका लागि अनुकरणीय हुन्छ । उनीहरूले भविष्यको बाटो देखाउने काम गर्छन् । त्यसैले, उहाँहरूप्रति हाम्रो कर्तव्य र दायित्व धेरै छ । संविधानमा शिक्षा र स्वास्थ्य जनताको नैसर्गिक अधिकार उल्लेख गरिए तापनि कार्यान्वयनमा छैन । यसैले, ऐन कानुनमा अधिकार दिएर मात्र पुग्दैन । त्यसलाई कार्यान्वयन गर्नु पनि आवश्यक छ । राज्यबाट प्राप्त हुने सुविधाहरू पर्याप्त छैन । ज्येष्ठ नागरिकलाई भत्ता, निःशुल्क स्वास्थ्य उपचार, यातायातमा पर्याप्त छुटको व्यवस्था उचित स्याहार सुसारको बन्दोबस्त राज्यका निकायहरूले गर्नु जरुरी छ ।
राष्ट्रले हरेक वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाई औपचारिक कार्यक्रमहरू गरिरहँदा हाम्रा अग्रज ज्येष्ठ नागरिकहरू उचित स्याहार सुसार, खानपिन, लालनपालनको आभाष, माया, सद्भाव, स्नेह र आत्मीय व्यवहारबाट वञ्चित भइरहेका छन् ।
आन्तरिक बसाइँसराइ एवम् रोजगारका लागि अधिक युवा पिँढी बिदेसिएसँगै कैयौँ ज्येष्ठ नागरिहरूको हेरविचार गर्ने परिवारका सदस्यहरू नभएर परिवारमा बिचल्ली भइरहनुका साथै परदेसिएका आफन्त छोराछोरीको अनुहार देख्न नपाई मृत्यु भइरहेको अवस्था छ ।
युवाहरू पलायन भए सँगसँगै सुखमा साथ दिने, दुःखमा आँसु झार्ने र मृत्युमा मलामी जाने मानिसहरूको अभावको अवस्था भोग्नुपर्ने बाध्यता छ । विगतमा जसले आ–आफ्ना परिवार र आफन्तसँगै बसी चाडपर्व मनाउने अवस्था छैनन् । अहिले आधुनिक प्रविधिको प्रयोग गर्दै अडियो, भिडियोको सहायताद्वारा भिन्नभिन्न स्थानमा बसेका आफन्त, परिवारका सदस्यहरूसँग कुराकानी गर्दै चाडपर्व मनाउनुपर्ने परिस्थिति आइरहेको छ । यस्तो अवस्थामा परिवारको सदस्यहरू ज्येष्ठ नागरिकप्रति गर्नुपर्ने काम र जिम्मेवारीबाट टाढिँदै छन् । बुढेसकालको सहारा र भरोसा हुने परिवारको एकातिर सदस्यहरूबाट ज्येष्ठ नागरिकहरूले उचित स्याहारसुसार नपाइरहेको अवस्था छ भने अर्काेतिर असहाय वृद्धवृद्धाका लागि भनी खोलिएका आदर निकेतनहरूमा पनि भौतिक अवस्थालाई सुधार गर्दै ज्येष्ठ नागरिक मैत्री बनाई सुधार गरिनु समाज र राष्ट्रको दायित्व हो ।
आजभोलि समाजमा ज्येष्ठ नागरिकप्रति गरिने व्यवहारमा धेरै विभेद देखिन्छ । टोल छिमेकमा वृद्धवृद्धाहरू आफ्नो परिवारका सदस्यले गरिने व्यवहार र असन्तुष्टिबारे दुःख व्यक्त गर्छन् । जीवनको सङ्घर्ष र भोगाई सम्झँदै उत्तराद्र्धमा दुःख पाएका कुराहरू व्यक्त गर्दै निरास हुन्छन् । ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन् । समयसमयमा ज्येष्ठ नागरिकहरूलाई भेला गराउने, उहाँहरूका ज्ञानबर्धक कुरा सुन्ने, जीवनका सङ्घर्षहरूबारे चर्चा गर्ने, मनारेञ्जन गर्नेजस्ता कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ । उहाँहरूको खुसी जीवनयापन गर्ने वातावरण तयार गर्नुपर्दछ । उहाँहरूको स्वास्थ्य सेवा, मनोरञ्जन, खानपिन, उचित स्याहारसुसारजस्ता आवश्यक कुराहरूको उचित बन्दोबस्त मिलाउनु हाम्रो दायित्व हो ।
हरेक घर परिवारले ज्येष्ठ नागरिकप्रति सम्मान र आदर गर्नुपर्दछ । समाजले ज्येष्ठ नागरिकका हक र अधिकारबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । स्थानीय तहबाट ज्येष्ठ नागरिकको आनन्दपूर्ण जीवनका लागि विभिन्न किसिमका योजनासहित कार्यान्वयन पक्षमा ध्यान दिनु जरुरी छ । ज्येष्ठ नागरिकहरूलाई उचित खानपान, स्वास्थ्य सेवा, सुविधालगायत शारीरिक र मानसिकहरूमा स्वस्थ रहन मनोरञ्जन गर्ने वातावरणसहितको आदर निकेतनको व्यवस्था आजको आवश्यकता हो । ज्येष्ठ नागरिकलाई सम्मान गरौँ, सभ्य समाजको पहिचान दिँदै आदरपूर्वक बाँच्ने अवस्थाको सृजना गरौँ !
Leave a Reply