भर्खरै :

अध्यक्ष बिजुक्छेंसँग प्रजग कोरियाका राजदूत किमको भेट

भक्तपुर, ४ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग नेपालको निम्ति प्रजग कोरियाका राजदूत किम योङ्ग हकले बिहीबार भेट गर्नुभयो ।
अध्यक्ष बिजुक्छेंको निवासमा भएको भेटघाटमा राजदूत किमले नेपालमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको हुँदा अब राजनीतिक स्थिरता र विकास अघि बढ्ने अपेक्षा गर्नुभयो ।
राजदूत किमले अध्यक्ष बिजुक्छेंलाई कोरियाली जनताका नेता किम जङ्ग उनले नयाँ वर्ष २०१८ को अवसरमा दिनुभएको वक्तव्यको सारसङ्क्षेप जानकारी गराउनुभयो ।
अध्यक्ष बिजुक्छेंले प्रजग कोरियाले आफ्नो सार्वभौमिकता र स्वाधीनता रक्षाको लागि अणु वम, हाइड्रोजन वम र क्षेप्यास्त्रहरूको सफल परीक्षणको निम्ति नेमकिपाले कोरियाली मजदुर पार्टीलाई बधाई र समर्थन गरेको दोहो¥याउनुभयो ।
उहाँले सशस्त्र आन्दोलन गर्ने सबै कम्युनिष्ट नहुने उल्लेख गर्दै कम्युनिष्ट नामले नहुने  बताउनुभयो ।  अध्यक्ष बिजुक्छेंले थप्नुभयो, अगाडि युरोपमा सबै पार्टीले समाजवादी नाम राख्थे । त्यसबेला समाजवादी टोपीको आकार बिग्रेको कहावत बनेको बताउनुभयो ।
उहाँले प्रजग कोरियाका नेता किम जङ्ग उनसम्म नेमकिपाको बधाई एवं धन्यवाद अवगत गराउन हुन राजदूत किमलाई अनुरोध गर्नुभयो ।
भेटघाटमा नेमकिपाका सचिव प्रेम सुवाल र प्रजग कोरियाको राजदूतावासका उपप्रमुख किम जङ्ग ह्योक र कर्मचारी रो क्वाङ्ग ह्वानको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *