यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
ललितपुर, १७ असोज । नेपाल क्रान्तिकारी महिला सङ्घ महालक्ष्मी नगर समिति ललितपुरको आयोजनामा नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिद्वारा प्रकाशित ‘केटीहरू’ बुलेटिन नं १७ (भक्तपुर काण्ड विशेष) को मङ्गलबार अध्ययन तथा अन्तरक्रिया कार्यक्रम महालक्ष्मी ६ मा भयो ।
कार्यक्रममा नेमकिपा ललितपुरका जिल्ला सदस्य महन्त महर्जनले तत्कालीन पञ्चायती नेमकिपाले देश र जनताबिचमा इमानदारीपूर्वक सेवा गर्ने, गरिब किसानहरूलाई सचेत पार्ने, भ्रष्टाचारीहरूलाई जनकारबाही गर्ने, नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूले महिलाहरूको साक्षरता कक्षा चलाउने, सुस्तामाथि भारतीय अतिक्रमणको विरोध गर्ने, भियतनाममाथि अमेरिकी साम्राज्यवादले गरेको आक्रमणको विरुद्ध सङ्घर्ष र अभियान चलाई देशको हितमा काम गरेको कारण २०४५ सालमा ‘भक्तपुर काण्ड’ गरी पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पञ्चायती राज्यले फसाएको विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले सैद्धान्तिकरूपले सुरुदेखि नै ‘व्यक्तिहत्या’ र ‘अराजकतावादी’ दृष्टिकोणको खण्डन गर्दै आएको हो । यसबारे नेमकिपाका नेता तथा कार्यकर्तालाई कुनै दुविधा छैन । दुष्टहरूबाट राम्रो र स्वस्थ विषयको आशा गर्न सकिन्न ।”
नेपाल क्रान्तिकारी महिला सङ्घ ललितपुर जिल्ला सदस्य रूपना महर्जनले २०४५ साल ९ भदौको ‘भक्तपुर काण्ड’ बारे विशेषाङ्कको रूपमा प्रकाशित यो बुलेटिन अध्ययन गरेपछि दोस्रो विश्वयुद्ध हुनेबेला इटालीमा मुसोलिनीले त्यहाँका वामपन्थी र प्रजातन्त्रवादीहरूलाई छानीछानी घरघरमा छापा मारी अनेक यातना दिएर कारागारहरूमा कोचेको कथा सुनेको अनुभव स्मरण गराउनुभयो ।
उहाँले भन्नुभयो, “भदौ ९ को ‘भक्तपुुर काण्ड’ पार्टी नै अन्त्य गर्नेतर्फ लक्षित थियो । तर, समयमै सबै कानुनविद्, पत्रकार, राजनैतिक दल र देशका जनताको आवाज र सङ्घर्षले पञ्चायती व्यवस्था ढल्यो ।”
नेपाल क्रान्तिकारी महिला सङ्घ महालक्ष्मी नगर समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति सुनिता महर्जनले ‘सर्प मर्छ त्यसको पुच्छर चलिरहन्छ’ र ‘माछा मर्छ तर त्यसको आँखा खुलिरहन्छ’ भन्ने उखानलाई नबिर्साैँ भनी जनतालाई सचेत पार्ने काम गरिरहनु जरुरी छ भन्नुभयो ।
‘जो आगोसँग खेल्छ त्यो आगोमै मर्छ, जो पानीसँग खेल्छ त्यो पानीमै मर्छ’ भनेझैँ पञ्चायती शासकहरू विभिन्न जालझेल र षड्यन्त्र गरेकै कारणले अन्त्य भयो, उहाँले भन्नुभयो ।
उक्त कार्यक्रममा कृष्णा महर्जन, आशाराम महर्जन, अनिष महर्जन, चन्द्रमान महर्जन, एस. श्रेष्ठ, एम. महर्जनले पनि आ–आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply